दोहा । “प्रवासी रामेछापको आवाज सव्य समाज निमार्णको प्रयास” भन्ने मूल नाराका साथ मिति २०२०/०२/२१ का दिन रामेछाप दोहा सम्पर्क समाजले पाँचौं अधिवेशन समाजको नयाँ नामाङ्गरण (रामेछाप सेवा समाज कतार २०२०) शंसोधन गर्दै अधिवेशन सु–सम्पन्न गरेको छ ।
यस कार्यक्रमका सभाध्यक्ष समाजको अध्यक्ष ललित कुमार तामाङ्गको रहेको थियो भने प्रमुख अतिथी प्रदेश नं. ३ समन्वय समितिका अध्यक्ष समीर खत्री, विशेष अतिथी गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष उत्तम गुरुङ्ग अतिथी कतार नेपाली एकात समाजका सचीव विष्णु थापा, महीला समाजका का.बा अध्यक्ष अमिना खान, बाग्लुङ्ग सेवा समाज अध्यक्ष सन्तोष पौडेल, नुवाकोट सेवा समाज का.बा अध्यक्ष रामहरी अधिकारी, सिन्धुली सेवा समाजका अध्यक्ष नरेश सिंजाली मगर, मगर संघ कतारका अध्यक्ष विजय कुमार मगर, नेपाल प्रवासी तामाङ्ग समाज कतारका द्धितीय उपाध्यक्ष कमारी बम्जोन तामाङ्ग , मेन्दोमाया समाज कतारका का.बा अध्यक्ष गौतम तामाङ्ग, मुगलानी खबर डटकमका सन्तोष के.सी, नुवाकोट टाईमसका, मनी लामा, तामसालिङ्ग टिभीका प्रदीप तामाङ्ग, उपस्थिती रहेको कार्यक्रममा यसै समाजका महासचिव नर बहादुर तामाङ्गको सञ्चालनमा रहेको पहिलो शेसनको कार्यक्रम विधिवदरुपमा उदघाटन समारोहका प्रमुख अतिथी समीर खत्रीज्युबाट व्यानर तथा द्धिप प्रज्वलन गर्दै औपचारीकता दिए ।
कार्यक्रम नेपालको राष्ट्रिय गान तथा ज्ञात अज्ञात शहीदहरु प्रती १ मिनेट मौनधारण गर्दै अगाडी बढेको कार्यक्रमलाई हलमा उपस्थित सम्पूस्र्णलाई यसै समाजका सदस्य एवं विधान शंसोधन समितिका आशीस मोक्तानले स्वागत गरिएको थियो ।
त्यस्तै यस समाजलाई आफुले सकेको र समाजप्रति निकै चासो राख्दै आएका भएका पुलस स्कोपका प्रबन्धक आषिश तिवारी, समाजसेवी सुर्य भण्डारी, सगरमाथा मो.मो सेन्टरका प्रबन्धक राज विक्रम श्रेष्ठ, र बुद्धिराज तामाङ्गलाई रामेछाप दोहा सम्पर्क समाजले उनीहरुलाई सम्मान तथा कदरपत्र समीर खत्रीले प्रदान गरीएको थियो ।
यस समाजका प्रथम उपाध्यक्ष उद्धव मगरबाट जिल्लाको विशेषता र रामेछाप दोहा सम्पर्कमा लाग्दा के फाईदा हुने र के घाटा हुने किन लाग्ने संस्थामा भन्ने विषयमा आफ्ना कुाराहरु राखेका थिए । यसै क्रममा संस्थाको कार्यप्रगति प्रतिवेदन सचिव निर्मल नेवा खडगीले प्रस्तुत गरेको थियो । आर्थिक प्रगती प्रतिवेदन संस्थाका कोषाध्यक्ष निर बहादुर मगरले प्रस्तुत गरेका थिए ।
अन्तमा, यस कार्यक्रमका सभाअध्यक्ष ललित कुमार तामाङ्गले आफ्ना शब्दहरु राख्दै पहिलो सेसनको कार्यक्रम यही समाप्त भएको घोषणा गर्दै पुरानो समिति विघटन भएको उदघोष पश्चात नयाँ समितिमा २ सदस्यको पदपुर्ती गर्नेगरी १५ जनाको नयाँ पूर्ण समिति गठन भएको छ । जसमा ः– अध्यक्ष –ललित कुमार तामाङ्ग, प्रथम उपाध्यक्ष–निर बहादुर मगर, द्धितीय उपाध्यक्ष– रविचन्द्र कार्की, महासचिव–नर बहादर तामाङ्ग, सचिव–निर्मल नेवा खडगी, कोषाध्यक्ष–आशीस मोक्तान घिसिङ्ग, सह–कोषाध्यक्ष–शुभराज सुनुवार, सदस्य– विन्दा खत्री पौडयाल, रेणुका लामा, विनिता घिसिङ्ग, अञ्जु मोक्तान, अशोक बल तामाङ्ग, अजय लामा तामाङ्ग, रहेको छ ।
नव निर्वाचित नयाँ टिमलाई संस्थाका युवा पुस्ताका आङ्गे तामाङ्गले अबको दिनहरुमा काँही कतै जस्तोसुकै आरोह अवरोह आइपरेपनि संस्थाप्रति लगनशील र वफादार सिपाही भएर अटल एकरुपताका साथ निरन्तर आगाडी बढ्नको लागि शुभकामना दिए । द्धितीय उपाध्यक्ष सामुयल सुनुवारले निर्वाचित टिमलाई शुभकामना दिएका थिए ।







