सिंजा राजाको हिउँदे राजधानी पुनर्निर्माणको पर्खाइमा

दैलेख, दुल्लू । जुम्लाका सिंजा राजाको हिउँदे राजधानीका रूपमा चिनिएको दुल्लू दरबार पुनर्निर्माणको पर्खाइमा छ । तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाइएको दरबार अझै पुनर्निर्माण हुन सकेको छैन । २०६० वैशाख ८ गते दरबारमा बम पड्काइएको थियो । तीन ओटा भ-याङ र ५२ ओटा झ्याल ढोका भएको दरबार प्यागोडा परम्परागत शैलीमा निर्माण गरिएको थियो ।

दुल्लू राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको थियो । बाइसे, चौबिसे राज्यमा यो राज्य सानो राज्यका रूपमा रह्यो । नेपालबाट अरनिको समूहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । तत्कालीन दुल्लूका राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको पुनर्निर्माण गरेकाे इतिहासका विद्यार्थी भुपाल विक्रम शाहले बताए । दरबारमा दुल्लूका अन्तिम राजा जंगबहादुर शाहले वीरशमशेर राणाकी नातिनी तेजशमशेर छोरीसँग विवाह गरेपछि दुल्लूमा राजकाज चलाएका थिए ।

खस जातीको साझा सम्पत्तिको धरोहरमा रहेको यो दरबारको पुनर्निर्माण गरी खस जातीय संग्राहलय बनाउनुपर्ने दुल्लू नगरपालिका–२ खमबहादुर थापाले बताए । व्याक्तिका नाममा दरबार भएकाले पुनर्निर्माण नपरेको उनको भनाइ छ ।

दुल्लू दरबार जंगबहादुर शाहका कान्छा छोरा दिप्तप्रकाश शाहको नाममा भएकाले पुनर्निर्माणमा ढिलाइ भएको पुरातात्विक विभागले जनाएको छ । यदि व्यक्तिले राज्यका नाममा नामसारी गरे छिटो पुनर्निर्माण गरिने एक कर्मचारीले बताए । ‘दरबार संरक्षणका लागि बर्सेनि रकम विनियोजन भए पनि व्यक्तिका नाममा भएकाले कार्यान्वयन हुन ढिलाइ भएको छ ।’ दुल्लूका अन्तिम राजाका छोरा जर्नेल शाह भने दरबार दैलेखी जनताको हो । सरकारले दरबारका लागि आवश्यक बजेट विनियोजन गरी मेरो नाममा भए पनि म राज्यलाई दिन तयार छु, ।, दुल्लूका अन्तिम राजाको चिनो हो, जनताको दरबार हो ।’ नेपाल सरकारले दरबारलाई पुनर्निर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पूर्ण सहयोग गर्नेछु, उनले थपे ।

तत्कालीन माओवादीविरुद्धको दुल्लू विद्रोहकी अगुवा कृष्णा शाहले सरकारले चासो नदिएकाले पुर्ननिर्माणमा नपरेको बताइन् । सरकारले बजेट विनियोजन गरी निर्माण थालेपछि स्थानीयवासी सबैले सहयोग गर्छन् । दल्लूू दरबार दुल्लू क्षेत्र र आठबिस दराबाट मासको गाह्रोबाट निर्माण गरिएकाले पाँच दिनसम्म जलिरहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 832 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार