केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो । स्थानीय युवाहरुको दुई समूह बिच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० बर्षीय लोकेन्द्र चन्द घाइते भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेको माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । घाइते चन्दको टाउको घाँटी, ढाडमा चोट रहेको छ ।

गणमेश्वर मन्दिरमा लागेको मेलामा महिलालाई जिस्कायाएको निहुँमा दुई समूहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनःचौकीमै झडप भएको बताईएको छ ।

प्रहरी चौकीमा झडप गर्ने मध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । अघिल्लो दिन मेलामा झडप गरेका दुई समूहलाई छलफलका लागि चौकीमा बोलाएका बेला चौकीमै झडप भएको उनले बताए । अहिले झडपमा संलग्नलाई सोधपुछका लागी जिल्ला बोलाएको डिएसपी अधिकारीले बताए ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको र दोषी माथि कानुन अनुसार कारवाही हुने अधिकारीको भनाई छ । झडपका क्रममा प्रहरी चौकीमा पनि तोडफोड भएको र सामान्य क्षतीभएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार