Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ६ दुर्गममा गुणस्तरीय औषधि पुगे नपुगेको सूचना प्रणालीबाट थाहा हुने

दुर्गममा गुणस्तरीय औषधि पुगे नपुगेको सूचना प्रणालीबाट थाहा हुने

,

दैलेख । विगतका दिनमा सुगममा मात्रै सेवा सुविधा दिने दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गर्दथे । अब त्यसो हुन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सेवा विभाग व्यवस्थापन महाशाख अन्र्तगत एकीकृत सुचना व्यवस्थापन महाशाखाले नेपालभर विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागू गरेको छ ।

नेपालको संविधानमा नागरिकले म्याद ननाघेको र गुणस्तरीय औषधी सहजै पाउनुपर्छ भन्ने व्यवस्था गरेकाले जिल्लाका ११ वटै स्थानीय तहहरुमा यो सेवा सुरुवात गरिने भएको छ । स्थानीय तहहरुमा स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीका सूचनाहरु व्यवस्थित बनाउन र दुर्गममा औषधी पुगे नपुगेको जानकारी पाउन,म्याद ननाघेको औषधी प्रयोग भईरहेको छ भन्ने कुरा जानकारी लिनका लागि विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणालीको सुरुवात गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पहलमा यो प्रणाली लागु भएको हो । यो प्रणालीले सुशासनलाई टेवा पु¥याउने विभागको व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्यांक अधिकृत शिवलाल शर्मा जानकारी दिए । शर्माले भने ‘विगतका दिनमा सुगममा मात्रै सेवा दिने र दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेका थिए, सूचना प्रणाली लागु भएसँगै यस्तो प्रवृति अन्त्य हुन्छ ।’

स्थानीय तहको स्वास्थ्य शाखामा खरिद गरिएको औषधी पुग्यो की पुगेन् वा गुणस्तरिय औषधी छ की छैन भन्नेबारे जानकारी लिने यो प्रणालीले सजिलो बनाउने छ । स्वास्थ्यका कार्यक्रम र औषधी खरिदमा बदमासी गर्ने प्रवृति निरुत्साहित हुनेछ ।

कर्णाली प्रदेशका २५ नगरपालिका, ५४ गाउँपालिका गरि ७९ वटा स्थानीय तह सहित मुलुकका ७५३ वटै स्थानीय तहहरुमा विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागु भईसक्ने शर्माले जानकारी दिए । ‘आगामी दिनमा समन्वयात्मक कार्य सञ्चालनको लागि यसको महत्व (तथ्यांक प्रयोग) सम्बन्धी स्थानीय तहका प्रमुख लगायतलाई अभिमुखिकरण गर्नुपर्छ,’। ‘सूचना प्रणालीका लागि अति आवश्यक कम्प्युटर सेट, इन्टरनेट, पावर व्याकअप र तथ्यांक अपडेट गर्ने जनशक्तिको व्यवस्थापन समेत हुनुपर्छ ।’

कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहको स्वास्थ्य शाखा प्रमुख र कर्मचारीलाई तीन दिने तालिम समेत प्रदान गरिएको छ । युएसएआईडी ग्लोबल हेल्थ सप्लाई चेन कार्यक्रम, खरीद र आपूर्ति व्यवस्थापनको आर्थिक तथा प्राविधिक सहयोग र स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनामा तालिम प्रदान गरिएको हो । दैलेखका ११ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र स्थानीय तहको स्वास्थ्य शाखा तथा दुल्लु अस्पतालमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा काम गर्ने कर्मचारी तालिम प्रदान गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.निरन्जन पन्तले सूचना प्रणाली लागु भएपछि औषधी तथा औषधी जन्य सामाग्रीहरुको आपूर्ति व्यवस्थापनमा सहयोग पु-याउने बताए । ‘पारदर्शिता, विद्युतिय सुरक्षा, काममा सहजता तथा समयको बचत सँगसँगै सूचना प्रयोजन गरी आवश्यक अनुसार औषधी आपूर्ति तथा योजना बनाउन सहयोग गर्दै विद्युतीय सुशासन प्रणाली सुदृढिकरण गर्न सहयोग पुग्नेछ,’ । ‘सुरुवाती कार्यलाई निरन्तरता दिन स्वास्थ्य सेवा कार्यालय, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य क्षेत्रको सूचना व्यवस्थापन प्रणालीमा सहयोग गर्ने संघसंस्थाहरुबाट निरन्तर सहयोग रहनुपर्छ ।’

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

साताका लोकप्रिय समाचार

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना मन्त्री पद ‘उपहार’ !

काठमाडौं । मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यले उपहार स्वरुप मन्त्री पद पाउने भएका छन् । उनीहरुको आजै...

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर

नेपालगञ्ज ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था...

नवनिर्वाचित पत्रकारले गरे पदस्थापन

सप्तरी, राजविराज । पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार एक कार्यक्रमको आयोजना गरि पदस्थापना गरिएको छ । राजविराजस्थित शाखाको सभाकक्षमा आयोजित कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष...

ट्रेन्डिङ

इलाममा कोरोनाबाट एक युवाको मृत्यु

इलाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण इलाममा एक युवाको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका ५ का ३५ वर्षीय युवाको मृत्यू भएको...

कोरोनाको अर्थ राजनीतिक परिदृश्यमा नेपाल

छिमेकी देश चीनको बुहान सहर हुँदै सिंगो विश्वभर फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वलाई आतंकित बनाएको छ । विश्व स्वास्थ्य संगठनले अपडेट...

बिहीबारदेखि वर्षा र हिमपात हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल...

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

दैलेख । ‘पेट्रोलियम पदार्थको अन्वेषणमा रहेको चिनियाँ टोलीले पहिलो चरणको अन्वेषणको साईस्मिक सर्भेको काम पुरा गरेको छ । २०६७ कार्तिक महिनादेखि शुरु भएको अन्वेषणको...

बहराइनमा एउटै क्याम्पमा बसेका ९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । बहराइनमा एकैपटक ९ नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । ती...

कमलामाईले सुरु ग-यो ‘सुलभ घुम्ती पसल सेवा’

सिन्धुली । कमलामाई नगरपालिकाले नगरभित्रका नागरिकलाई सहज र सुलभ मुल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्तिका लागि सुलभ घुम्ति पसल सेवा सुरु गरेको छ...

सुतिरहेकाे बेला माथीबाट खसेकाे ढुंगाले लागेर मृत्यु

पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिका–५, मा लकडाउनका कारण घर फर्किन पनाएका एक भारतीय मजदुरको ज्यान गएको छ । त्यहाँस्थित निर्माणधिन पुलमा काम गर्दै...

प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै नेकपाका सांसदको रिट

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । रिटमा प्रधानमन्त्री तथा नेकपा...

दाङमा एक युवक मृत अवस्थामा फेला

तुलसीपुर । पश्चिम दाङमा एक युवक अवस्थामा फेला परेका छन् । हिजो साँझ पाँच बजे घरबाट निस्केका बबई गाउँपालिका–६ खिलतपुर निबासी ३७ बर्षका गणेस...

चन्द्रागिरि केबलकार भोलिदेखि चल्ने

काठमाडौँ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत...

घर घर र चोकमा सेनिटाईज गर्दै नेकपा कार्यकर्ता

मोरङ ।  कोरोना संक्रमितको केन्द्र बनेको विराटनगर महानगरपालिकाका घर घरमा पुगेर सेनिटाईज गर्ने काम हुन थालेको छ । नेकपाका बिभिन्न कमिटीले यतिबेला घर घर र...

‘पिपल्स च्वाइस’मा महिला खेलाडीको वर्चस्व

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयमा यसपटक महिला खेलाडीले वर्चस्व जमाएका छन् । मनोनयमा परेका ५ मध्ये ४ महिला खेलाडी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)