राख्न थालियो सडकबत्ती

काठमाडौं । राजधानीका सडकमा सवारी दुर्घटनाको मुख्य कारण अ“ध्यारो रहेको निष्कर्षसहित ट्राफिक प्रहरीले बत्ती अभियान थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारबाट विभिन्न संघसंस्थाको समन्वयमा सडकबत्ती अभियान सुरु गरेको हो ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले अ“ध्यारो कारण नै दुर्घटना बढेकाले सडक उज्यालो बनाएर न्यूनीकरण लक्ष्यसहित बत्ती अभियान सुरु गरिएको जानकारी दिए । ‘सवारी दुर्घटना न्यूनीकरण लक्ष्य लिएर बत्ती राख्ने अभियान सुरु गरेका हौं, राति हुने दुर्घटनामध्ये प्रमुख कारण अ“ध्यारो पनि हो,’ भट्टराईले राजधानीसँग भने ।

उनका अनुसार कोटेश्वर कलंकी सडकखण्डमा सवारी दुर्घटना संख्या बढेसँगै त्यसको ‘कारण’ खोजी गरियो । त्यसक्रममा तीव्र गति र अ“ध्यारो सडकका कारण बढी दुर्घटना भएको हुनसक्ने तथ्य मध्यनजर गर्दै न्यूनीकरण उपाय निकालिएको हो । महाशाखाले विभिन्न संघसंस्थासँगको समन्वयबाट सडकबत्ती अभियान सञ्चालन गरेको जनाएको छ ।

यसैगरी, तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी जोखिम हुने स्थान पहिचान गरेर ‘स्पिड ब्रेकर’समेत राखिएका छन् । ती रातको समय टल्किनेखाले छन् । रातको समय दुर्घटनामा हुने जनधन क्षति रोक्न सडकबत्ती र टल्किने ट्राफिक कोण राख्न सुरु गरिएको महाशाखा प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पहिलो चरणमा कोटेश्वर कलंकी सडकखण्डकोको बीएन्डबी अस्पताल, स्टार अस्पताल, सानेपा, बल्खु सुमोपार्क, खसी बजार, सीता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप कलंकीलगायत स्थानमा बत्ती जडान गरिएको छ । सो सडक खण्डका १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणसमेत राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन महानगरमा कांग्रेस उम्मेदवार