नेपाल–चीन युद्ध भएको ठाउँ दुगुनागढीको सरसफाई (फोटोफिचर)

सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि सुरु गरेको अभियान अन्र्तगत एकता दिवसको अवसरमा ऐतिहासिक दुगुनागढी क्षेत्रको सरसफाई गरेको छ ।

पुर्खाहरुले नेपाल एकिकरणको बेला प्रयोग गरेका पदमार्ग,किल्ला र गढीहरु लोप हुदै गएको र भावी पुस्तालाई त्यसको महत्वको ’boutमा जानकारी दिने उदेश्यले नेपाली सेनाले त्यसको संरक्षण गर्ने घोषणा गरे थियो । त्यही अभियान अन्र्तगत नेपाल–चीन बिचको युद्धको बेला पुर्खाहरुले प्रयोग गरेको भोटेकोशी गाउँपालिकामा रहेको दुगुनागढी क्षेत्रको सरसफाई र नेपालको झण्डा त्यहाँ झण्डोतलन गरिएको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सहभागीहरुले पृथ्वीनारयण साहको तस्विरमा माल्र्यपर्ण तथा सेनाको एक टुकडीले सलामी समेत दिएको थियो । स्थानीय सरकारको जनप्रतिनिधि,स्थानीयको समेत सहभागीतामा गढीवरिपरी सरसफाई गरेर त्यसको संरक्षणको सुरुवात गरिएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।

सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, गोरख बक्स गणका गणपति प्रमुख सेनानी निर्मल कुमार श्रेष्ठ, तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्री, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटा लगायत अन्य सुरक्षा निकायका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । त्यस्तै भोटेकोशी गाउँपालीका वडा नं. ३ का अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, स्थानीय विद्यालयहरुका प्रधानाध्यापक, आमा समुह तथा स्थानीय क्लवका पदाधिकारीहरु र स्थानीय जनताहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

नेपाली सेनाले सुरुवात गरेको अभियानमा आफुहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता स्थानीय सरकारका जनप्रतिनिधिहरुले गरेका थिए । नेपाली सेना सँगै दुगुनागढीका सरसफाई कार्यमा सहभागी भएका स्थानीय सेनाले ल्याएको अभियानले आफ्नो क्षेत्रको संरक्षण हुने भन्दै खुसी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 983 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार