Monday, May 17, 2021
Home Editor-Picks सप्तरीको तिलाठीमा २० महिला र ६२ पुरुष भिड्दै

सप्तरीको तिलाठीमा २० महिला र ६२ पुरुष भिड्दै

पहिलो दिन नेपाली पहलमानको बर्चश्व

,

सप्तरी, राजविराज । स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता बिहीबारदेखी सप्तरीको तिलाठीमा सुरु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय प्राङ्गणमा सुरु भएको प्रतियोगिताको एक समारोहबीच प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उद्घाटन गरेका छन् ।

सरस्वती पूजनोत्सव तथा बसन्त पंचमीको मेलाको अवसर पारेर विगत ११ वर्षदेखी तिलाठीमा नियमित पूजा तथा मेला समितिद्वारा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ । पंचायती व्यवस्था तथा राजतन्त्र बिरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २० महिला तथा ६२ पुरुष खेलाडी सहभागि छन् ।

गाउँपालिका, स्थानियवासी तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले देशकै प्रतिष्ठा बढाउने खेलकुदमा लागेका खेलाडीहरुका लागि राज्य पक्षबाट उचित सुविधा र प्रोत्साहन दिन नसकिरहेको अवस्थामा पनि प्रदेश सरकारले खेलाडीहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम बनाएको जानकारी दिए ।

वडा अध्यक्ष दिनेश्वर मिश्रले परम्परागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको बताउँदै यस खेलका माध्यमले आफ्नो गाउँठाउँलाई चिनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन समेत मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्व. मिश्रकी आमा चपलादेवी, जिल्ला समनवय समितिका प्रमुख प्रभाकर यादव, जसपा प्रदेश २ का मुख्य सचिव शम्भु झालगायतको पनि उपस्थिति रहेको थियो ।

स्थानियवासीले स्व. मिश्रको योगदानलाई सम्झिदै राज्यले अविलम्ब उनलाई औपचारिक रुपमा सहिद घोषणा गरि सम्मान देखाउनु पर्ने माँग गरेका थिए ।

पहिलो दिन नेपाली पहलमानहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । विभिन्न तौल समूहमा पुरुषतर्फ ४ र महिलातर्फ एक प्रतिष्पर्धा भएकोमा पुरुषतर्फका सबै प्रतिष्पर्धा नेपाली पहलमानहरुले जितेका छन् । महिलातर्फ भएको एक खेलमा भने भारतीय खेलाडी बिजयी भएका छन् ।

उद्घाटन खेलमा नेपालका पारस यादव, अनुप, राहुल थापा र नरेशले क्रमशः भारतका दिलावर, सोनबिर, सुरज र सत्यनारायणलाई पराजित गरे । महिलातर्फ भने भारतकी निशाले भारतकै पुनमलाई पाखा लगाए ।
नेपाली पहलमानले भारतीय पहलमानलाई पराजित गर्दा हजारौं दर्शकले ताली बजाएर अभिबादन गरेका थिए । प्रतियोगिता चार दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ ।

(Visited 149 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

युवा संघले शुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले बाँके जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । नेपालगन्जमा मंगलबार युवा संघ नेपाल लुम्बिनी...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

ट्रेन्डिङ

गरिबी र आत्महत्या

लालदेव सरार्फ विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि बर्सेनि करिब ८ लाखको संख्यामा मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जना र एक...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

सिरो गोल्डेन बुटको दौडमा

रोम । यो सिजनको युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबाइलले एक गोल र अर्काे गोलका लागि सहायता दिएपछि लाजियोले इटालियन सिरी ‘ए’मा ब्रेसियामाथि...

यी हुन् सेक्स र्याकेटमा बद्नाम भएका कलाकार

मुम्बई । अभिनय गरेर नाम कमाउने मात्रै हैन, बद्नाम हुनेहरु पनि छन् बलिउडमा । सेक्स स्क्याण्डलले क्षणिक चर्चा पाएका कलाकारहरु कलान्तरमा पेशावाटै पलायन भएको...

शास्त्रीय मान्यतामा अजा एकादशी

हरेक वर्षमा शुक्ल र कृष्णपक्ष गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुईवटाका दरले पर्ने हुन्छ । हाम्रो समाजमा १२...

तुलसीपुर चेम्बरको पद हस्तान्तरण

तुलसीपुर । उच्च अदालत तुलसीपुरका न्यायाधिश नसरुल्लाह अंसारीले कोइलाबास नाकालाई छोटी भन्सारको रुपमा विकास गर्नु पर्ने बताए । तुलसीपुर चेम्बर अफ कमर्सको पद हस्तान्तरण...

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको...

विद्यालयमा अध्ययनरत सवै बालबालिकालाई पोशाक

सप्तरी, राजविराज । बालबालिकालाई विद्यालय सम्म पहुच पुर्याउन, नियमित विद्यालय आउन प्रोत्साहन गर्न तथा शिक्षा तर्फ आर्कषित गराउने उद्देश्यले जिल्लाकै पुरानो मध्येका एक सप्तरी...

अर्कैको नाममा लाइसेन्स लिएर औषधी पसल

सिन्धुपाल्चोक । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी पसलहरु समेत अवैधानीक रुपमा अरुकै लाइसेन्स लिएर सञ्चालन गरेर स्थानीयको स्वास्थ्यमा गम्भीर लापरर्वाही भएको छ । बाह्रविसे नगरपालिका...

कराते वल्ड च्याम्पियनसिपमा निता र सोनिमलाई स्वर्ण

काठमाडौं । अनलाईनल कराते वल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । नेसनल कराते अफ ब्राजिलको...

‘काले केटो–२’ दर्शकलाई मन प-यो

काठमाडौं । गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत ‘काले केटा २’ अहिले नेपाली संगीत बजारमा चर्चाको विषय बनेको छ । युट्युबबाट सार्वजनिक भएको...

संक्रमितको संख्या दैनिक ओरालो लाग्दो क्रममा

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)