विश्व बैंकको प्रक्षेपणः आर्थिक वृद्धिदर २.७ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०७६-७७ मा कोरोना भाइरस महामारीका कारण माइनस १.९९ प्रतिशतले खुम्चिएको अर्थतन्त्र यो वर्ष केही सुधार भई २.७ प्रतिशत वृद्धि हासिल हुने अनुमान बैंकले गरेको हो ।

अझै तीव्र गतिले सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष सन २०२१ मा आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको छ । विश्व बैंकले विभिन्न मुलुकबाट भित्रिने रेमिट्यान्स आप्रवाहमा देखिएको वृद्धिका कारण जीडीपीमा पनि केही सुधार हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले नेपाललगायत संसारका धेरै मुलुकसँग विकासमा साझेदारी गर्दै आएको छ । नेपालमा पनि ठूल्ठूला आयोजना र परियोजनामा विश्व बैंकको साझेदारी छ । विभिन्न विपत्तिका बेला पनि विश्व बैंकले नेपाललाई सहयोग गर्दै आएको छ ।

यस्तो सहयोग दातृ निकाय विश्व बंैकले दक्षिण एसियामा सन् २०२१ देखि २२ मा १० प्रतिशत आर्थिक वृद्धि आ“कलन गरेको छ । बुधबार जारी नयाँ प्रतिवेदनमा सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनरोत्थान हुने प्रक्षेपण छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसैगरी, विश्व बैंकले जीडीपीको आकार वृद्धि हुने दक्षिण एसियाली राष्ट्रमा नेपालसहित बंगलादेश र पाकिस्तानलाई पनि राखेको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन अभियानका कारण दक्षिण एसियामा भएको आर्थिक वृद्धिदर ऐतिहासिक हुने विश्व बैंकको अनुमान छ । दक्षिण एसियाली मुलुकले कोभिड–१९लाई केही नियन्त्रणमा राखेकाले आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुगेको विश्व बैंकको भनाइ छ ।

‘दक्षिण एसियाको अर्थतन्त्र पुनरोत्थान हुनेमा आशावादी छौं तर महामारी अहिलेसम्म नियन्त्रणमा आइनसकेको कारण अझै शंका गर्ने ठाउँ भने बाँकी छ,’ विश्व बैंक दक्षिण एसिया उपाध्यक्ष हार्टविग सेफरले भनेका छन्, ‘यो अहिलेसम्मको बढी आर्थिक वृद्धि हो ।’

त्यस्तै, सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.२ र २०२२ मा ४.४ प्रतिशत वृद्धि हुने देखिएको छ । बंगलादेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशतले बढ्ने जनाइएको छ । कोरोनाविरुद्धको खोप वितरण र यसबाट सिर्जित सहज गतिविधिका कारण अब नेपाललगायत अन्य देशको अर्थतन्त्रमा तीव्र सुधार संकेत देखिएको छ ।

विश्व बैंकले दक्षिण एसियाली मुलुकको कुल गार्हस्थ उत्पादन’bout नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालू आर्थिक वर्षभित्रै अर्थतन्त्रमा केही सुधार देखिने उल्लेख गरेको हो । आर्थिक वर्ष २०७६-७७ मा नेपालको आर्थिक वृद्धि दर माइनस १.९९ प्रतिशत कायम भएको थियो । यसमा तीव्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो ।

यद्यपि, यो वृद्धि दरसमेत सरकारको अनुमानभन्दा निकै कम छ । कोरोना महामारीबीच समेत सरकारले यो वर्ष करिब ७ प्रतिशत आर्थिक वृद्धि दर पूर्वानुमान गरेको छ । विश्व बैंकले यसअघि गत जनवरी र सन् २०२० को अक्टोबरमा गरेको पूर्वानुमानमा संशोधन गरेको छ । नयाँ संशोधनअनुसार नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो पुनरोत्थान बाटोमा देखिएको छ ।

आगामी आर्थिक वर्ष २०७८-७९ मा १.४ प्रतिशत मात्र वृद्धिदर हुने अनुमान जनवरीमा भएको थियो । तर, त्यसमा सुधार गर्दै विश्व बैंकले सो आवमा ३.९ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरेको छ । यसपछिको आव २०७९÷८० मा भने नेपालले ५.१ प्रतिशत वृद्धिदर कायम गर्न सक्ने उसको अनुमान छ ।

विश्व बैंकका अनुसार यो अनुमान करिब कोरोना महामारीअघिकै अवस्था हो । नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स मुख्य कारण मानिएको छ । संसारभर महामारी तीव्र फैलिरहेको समय नेपालमा रेमिट्यान्स भित्रिने क्रम रोकिएको थिएन ।

यसबीच खोप अभियानसमेत नेपालमा प्रभावकारी रूपमा बढेको र यसले समेत आर्थिक गतिविधिमा वृद्धि देखिएको छ । विश्व बैंकले एसियाली मुलुकमा गरेको प्रक्षेपणअनुसार यो अवधिमा भारतले अर्थतन्त्रमा निकै लोभलाग्दो सुधार गर्ने भएको छ ।

गत आवमा भारतको आर्थिक वृद्धिदर माइनस ८.५ प्रतिशत थियो । यसमा ठूलो सुधार हुँदै चालू आवमै १०.१ प्रतिशतसम्म आर्थिक वृद्धिदर पुग्ने अनुमान छ । त्यसपछिका दुई वर्षमा क्रमशः ५.८ प्रतिशत र ६.५ प्रतिशत वृद्धि दर कायम रहनेछ । यो वृद्धि दर अर्थतन्त्रका लागि निकै सन्तुलित अवस्था मानिन्छ । नयाँ प्रक्षेपणमा विश्व बैंकले भारतका लागि गरिएको पूर्वानुमानका तथ्यांकसमेत सच्याइएको छ ।

नयाँ प्रक्षेपणअनुसार सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधार लहर आउनेछ । यसमा ठूलो भूमिका भारतको रहनेछ । सन् २०२० मा माइनस ५.४ प्रतिशतको नकारात्मक वृद्धिदर भोगेको यो भेगमा सन् २०२१ मा ७.२ प्रतिशत वृद्धिदर कायम हुने पूर्वानुमान गरिएको छ । सन् २०२२ मा भने यस क्षेत्रमा ४.४ प्रतिशत वृद्धिदर रहने अनुमान छ ।

चुनौती कायमै
अझै कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौती भने कायमै छन् । हाल नेपाललगायत दक्षिण एसियाली क्षेत्रका करोडौंको रोजगारी गुमेको छ ।

आर्थिक गतिविधि पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । सेवा क्षेत्रमा अहिले पनि अन्योल र अवरोध कायमै छ । पर्यटनमा आधारित अर्थतन्त्र भएको माल्दिभ्सले सन् २०२० मा माइनस २८ प्रतिशतको नेगेटिभ वृद्धिदर भोगेको थियो ।

चालू वर्ष सन् २०२१ मा यो मुलुकको वृद्धिदर १७.१ प्रतिशत रहने अनुमान छ । श्रीलंका र नेपालसमेत सेवा क्षेत्र र त्यसमा पनि पर्यटकबाट हुने आम्दानीमा बढी निर्भर रहेका मुलुक हुन् । विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकस स्प्रिङ २०२१ नामक प्रतिवेदन’ सार्वजनिक गर्दै यस्तो नयाँ तथ्य’bout जानकारी गराएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट