Tuesday, May 11, 2021
Home बिचार नेपाली नागरिकताका व्यावहारिक सवाल

नेपाली नागरिकताका व्यावहारिक सवाल

डा. डिजन भट्टराई र मधुसूदन भट्टराई,

मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको हुन्छ । कानुनतः यी प्रश्नको उत्तर खोज्नु र आफ्नो नागरिकलाई नागरिकता प्रदान गर्नु राज्यको दायित्व हो । नागरिक पहिचान व्यक्तिको नैसर्गिक हक हो । मानवीय पहिचानका विविध स्वरूप हुन्छन्, जसमध्ये कुनै पनि देशको नागरिकताले कानुनी रूपमा उसको पहिचानलाई वैद्यता दिन्छ । पृथ्वीमा जन्मिएपछि कुनै पनि मानिस अनागरिक हुनुहँुदैन भन्ने विश्वव्यापी मान्यता छ । सोहीअनुरूप नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिनेछैन भनी लेखिएको छ । यस धाराको अन्तर्यलाई गहिरिएर विश्लेषण गर्ने हो भने नागरिक भन्नाले नागरिकता प्राप्त गरेको व्यक्ति मात्र नभएर नागरिकता प्राप्त गर्ने हैसियत भएको व्यक्तिसमेतलाई जनाउँछ । नेपालको संविधान तथा कानुनअनुसार मूलतः वंशज, अंगीकृत, सम्मानार्थ र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था रहेको छ । उपर्युक्त व्यवस्था मध्ये वंशजका आधारमा दिइने नागरिकतामा नै व्यावहारिक कठिनाइहरू धेरै देखिन्छन् । नेपाली नागरिकताका सम्बन्धमा नेपालको संविधानको भाग २, धारा १० देखि १५ सम्ममा भएका मुख्य व्यवस्था विचारणीय छन् ।

संवैधानिक व्यवस्था 
 यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नागरिकता पाएको व्यक्ति वंशजको आधारमा नागरिक हुने,
 कुनै व्यक्तिको जन्म हुँदाका बखत बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजका आधारमा नागरिक हुने,
 यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्तिका सन्तानले बाबु र आमा दुवै नेपालका नागरिक रहेछन् भने निज बालिक भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने,
 नेपालभित्र फेला परेको पितृत्व र मातृत्व ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहरिने,
 नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुने,
 विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेकोे रहेनछ भने निजले संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने,
 नेपाली पुरुषले विदेशी महिला विवाह गरी ल्याएमा निजलाई कानुनबमोजिम अंगीकृत नागरिकता प्रदान गरिने,

व्यावहारिक सवाल
मौजुदा संवैधानिक व्यवस्थाका अतिरिक्त पनि नागरिकता लिनका लागि बाबु पक्षका तीन पुस्ताभित्रका व्यक्तिले आएर सनाखत गर्नुपर्छ । मानव जीवन सधैं कानुनी परिभाषाभित्र मात्र समेटिन सक्दो रहेनछ । लेखकद्वयसँग गृह प्रशासनको प्रतिनिधित्व गर्दै नागरिकता प्रदान गर्ने क्रममा प्रत्यक्ष रूपमा कानुनले नसमेट्ने अनेक व्यावहारिक सवालहरूको अनुभव छ । जसमध्ये केही प्रतिनिधि सवालहरूको चर्चा गर्नु उपयुक्त देखिन्छ ।

विश्वका प्रायः मुलुकमा नागरिकता प्राप्तिको विषय जटिल छ, किनकि यसको सोझो सम्बन्ध राष्ट्रिय सुरक्षासँग जोडिएको छ

 बाबु पक्षका तीन पुस्ताका कोही पनि व्यक्ति नभएका,
 बाबु नागरिकता नबनाई हराएको वा मृत्यु भएको, आमा अर्काे विवाह गरी गएकी र बाबु पक्षका तीन पुस्ताका अन्य कोही पनि नभएका,
 बाबु ठेगान नभएका, आमासँग मात्र बसेका एक वा एकभन्दा बढी सन्तान,
 बाबु ठेगान नभएको, आमा ठेगान भएकी तर आमाको मृत्यु भएको वा विवाह गरी अन्यत्र गएको वा हराएको,
 आमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी, उतै गर्भधारण गरी बच्चा जन्माएकी र बच्चालाई लिएर नेपाल आएकी, निजको बाबुको ठेगान नरहेको,
 कतिपय पिछडिएको जाति जनजाति वा समुदायमा कसैको पनि नागरिकता नरहेको,
 बाबुआमाको सानैमा मृत्यु भएको, निजको नजिकको बाबुपक्षका कोही पनि नातेदार नभएका । बाबुआमाको नागरिकता नभएको तर निजको बाबुआमाको नाम थाहा भएको,
 नेपालमा जन्मिएका नेपालमा नै बसोबास गरिरहेका, निजको बाबु विदेशी भएको आशंका भएका तर विदेशी भएको प्रमाणित नभएको,
 बाबु थाहा भएको तर बाबुआमाको विवाह दर्ता नभएको अथवा बाबुले स्वीकार नगरेका सन्तान,
 बाबुआमाको जन्मको नागरिकता भएका सन्तानले पनि नागरिकता नपाएको अवस्था छ । विशेषतः तराईमा यो ठूलो समस्याका रूपमा रहेको छ । तर, संविधानमा नै यस्ता नागरिकलाई वंशजको नागरिकता दिने भनेर उल्लेख भइसकेकाले नागरिकता ऐन संशोधन विधेयक संसद्बाट पारित हुनेबित्तिकै समस्याको समाधान हुन्छ ।

खोज्दै जाँदा यस्ता समस्याको फेहरिस्त निकै लामो हुन्छ । उल्लिखित समस्या प्रतिनिधि समस्या मात्रै हुन् । यसबाहेक पनि नागरिकता जारी गर्ने सन्दर्भमा धेरै व्यावहारिक जटिलता आइपर्दछन् । उल्लिखित सवाल नागरिकता नभएका नेपाली नागरिकको हो । यिनीहरूलाई नेपाली नागरिकता नदिए उनीहरू अनागरिक भएर नै मर्नुपर्ने अवस्था एकातर्फ देखिन्छ भने अर्काेतर्फ उनीहरूमा राज्यप्रतिको अपनत्व बोध नहुने भएकाले राज्यप्रति विद्रोही बन्ने खतरा देखिन्छ ।

कानुनले नसमेट्ने, राष्ट्रिय सुरक्षाको सवालमा पनि थप संवेदनशीलता खडा गर्न सक्ने, भावना, विवेक र कानुनको तराजुमा राख्दा पनि जटिलता कम नहुने प्रकृतिका नागरिकता सम्बन्धी समस्याहरू रहनुले नेपाली नागरिकताको विषय आजसम्म पनि पूर्णतः स्पष्ट र वस्तुनिष्ठ हुन नसकेको पो हो कि ! यसर्थ यो विषयमा पर्याप्त अध्ययन अनुसन्धान गरी संसद्मा विचाराधीन नागरिकता ऐन संशोधन विधेयकमा सम्बोधन गरिनु जरुरी छ । माथि उल्लिखित कतिपय समस्यालाई प्रहरी सर्जिमिन तथा गाउँ सर्जिमिन तथा अन्य बुझ्नुपर्ने प्रमाण बुझेर प्रमुख जिल्ला अधिकारीहरू स्वयं नै थप सक्रिय भई नागरिकता दिने गरिएको पाइन्छ । यस्ता प्रकृतिका नागरिकतामा कानुनबमोजिमका कागजात निर्माण गरेर प्रक्रिया पु¥याई नागरिकता प्रदान गरेको अवस्था छ ।

आमाको नामबाट नागरिकता दिने सन्दर्भ:
संविधानमा लेखिइसकेको छ, तैपनि आमाको नामबाट नागरिकता किन नपाउने ? यो आम प्रश्न हो । झट्ट हेर्दा सामान्य लाग्ने यो प्रश्न कानुनको अपर्याप्ततामा मात्र नभई व्यावहारिक जटिलताको चाङमा पनि उभिएको छ । नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भनी नेपालको संविधानमा स्पष्टसँग लेखिएको छ । तर अहिले नेपालमा आमाको नामबाट नागरिकता दिने सन्दर्भ बेला बखत जटिल देखिन्छ । त्यसैले यस विषयमा विवाद र बहससमेत हुने गरेको छ । मानवअधिकार र समानताका दृष्टिले हेर्दा आमाको नामबाट सहज नागरिता प्रदान नहुनु र बाबु नै खोजिनुले राज्यले पितृसत्तालाई संरक्षण गरिरहेको आरोपसमेत लाग्ने गरेको छ । तर नेपालको भौगोलिक अवस्थिति तथा भारतसँगको खुला सिमाना र सांस्कृतिक अन्तरघुलनका कारण गैरनेपालीले नागरिकता लिन नसकुन भन्नेतर्फ पनि सजग हुनुपर्ने अवस्था छ । यो विरोधाभासपूर्ण सन्दर्भमा बाबुको पहिचान नभएको भन्ने आधारमा आमाको नामबाट नागरिकता लिने दिने विषय पक्कै पनि जटिल छ ।

नेपाली नागरिकता नपाएका अनागरिक भएर नै मर्नुपर्ने अवस्था सिर्जना हुँदा उनीहरूमा राज्यप्रतिको अपनत्व बोध नहुने र उल्टै राज्यप्रति विद्रोही बन्ने खतरा देखिन्छ

सर्वाेच्च अदालतले २०६७ फागुन १५ गते सविना दमाईको हकमा गरिएको फैसलाका आधारमा कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीले विषय वस्तुलाई बुझेर आमाको नाम मात्र नागरिकतामा राखी आमाको सनाखतका आधारमा नागरिकता जारी गरेको पाइन्छ भने कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीले अझै पनि कानुनी रूपमा स्पष्ट नभएको भनेर नागरिकता जारी नगरेको अवस्था पनि छ । तर यस विषयमा गहिरोसँग अनुसन्धान गरी आमाको सनाखतका आधारमा नागरिकता प्रदान गर्दा उपयुक्त हुन्छ । त्यसको लागि कानुनी रूपमा नै निश्चित विधि निर्माण गरिनुपर्छ । आमाको नामबाट नागरिकता उपलब्ध गराउने सन्दर्भमा बाबुतर्फको वंशजलाई अबमुल्यन गरिनु हुन्न । तत्कालको नेपाली सामाजिक संरचनामा बाबुको नाम नागरिकतामा अनिवार्य गरिनु धेरै अर्थमा महत्वपूर्ण र रणनैतिक पनि छ । यो विषय बाबुबाट सन्तानले नैसर्गिक रूपमा प्राप्त गर्ने सामाजिक तथा आर्थिक अधिकारसँग पनि जोडिएको छ । महिलाले आफ्नो अधिकारलाई स्थापित गर्न मात्रै बाबुको नाम बिनाको नागरिकता सन्तानलाई दिलाइनु पर्छ भन्ने दाबी पूर्ण रूपमा ठीक होइन । श्रीमान्सँग सम्बन्ध विच्छेद भयो, बाबुले गैरजिम्मेवारीपन देखायो, अर्थात् उसको अनुहार नै हेर्न नसक्ने गरी रिस उठ्यो भन्दैमा सन्तानले आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्ने तर्कलाई अहिले नै नेपालको सन्दर्भमा सही मान्न सकिँदैन ।

बच्चा जन्मिनु प्राकृतिक कुरा हो । विवाह गरेर वा औपचारिक सम्बन्धबाट मात्रै बच्चा जन्मिन्छ भन्ने छैन । कुनै अपरिचितसँग भएको अनौपचारिक सम्बन्धले पनि बच्चा हुन सक्छ । बच्चा जन्मिइसकेपछि उसले आत्मसम्मानपूर्वक बाँच्न पाउने, आफ्नो पहिचानलाई स्थापित गर्न पाउने अधिकारलाई कुनै पनि बहानामा वा कुनै पनि कानुनी कारणले बन्देज लगाउन पाइँदैन । २१औं शताब्दीमा मानवअधिकारलाई उच्च सम्मान गर्दै बाबु पहिचान नभएका नागरिकलाई बिना कुनै झन्झट, पहिचान र आत्मसम्मानमा कुनै ठेस नपुग्ने गरी नागरिकता जारी हुनुपर्छ । त्यही कुरालाई मध्यनजर गरेर नै नेपालको संविधानमा बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता जारी गर्न सक्ने व्यवस्था राखिएको हो । यसलाई संसद्मा विचाराधीन नागरिकता ऐनको संशोधन विधेयकले सम्बोधन गर्ने नै छ ।

सामान्यतः आमाले सन्तानको बाबुको पहिचान गर्न नसक्ने अवस्था हुँदैन तर बाबु पहिचान नहुने केही अवस्था रहन्छन् । कुनै महिला बोल्न पनि सक्दिनन् तथा लेख्न पनि सक्दिनन् तर उनले कुनै औपचारिक सम्बन्धबाट बच्चा जन्माइन् भने, कुनै महिला सामुहिक वा कुनै पनि प्रकृतिको बलात्कारबाट बच्चा जन्माउन विवस भइन् भने, कुनै महिलाको मानसिक अवस्था ठीक छैन तर त्यही अवस्थामा औपचारिक सम्बन्धबिना नै बच्चा जन्माइन् भने, कुनै महिलाले बिनाकुनै पहिचानको व्यक्तिसँग औपचारिक सम्बन्धबिना नै गर्भधारण गरेर बच्चा जन्माएँ भनेर अधिकार प्राप्त अधिकारीसमक्ष लिखित घोषणा गरिन भने त्यस्तो अवस्थामा बिना कुनै सर्त आमाको नामबाट बच्चालाई नागरिकता दिइनुपर्छ । यस सन्दर्भमा हुने अनुसन्धान पद्धति पनि आमा र बच्चाको आत्मसम्मानमा कति पनि चोट नपुग्ने प्रकृतिको हुनुपर्छ ।

नागरिकता परिचयपत्र मात्र होइन
नागरिकता कुनै पनि देशको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा तथा अखण्डतासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो । यसको संवेदनशीलतालाई विश्वभर उत्तिकै प्राथमिकताका साथ हेरिन्छ । यो नागरिकको हैसियत प्रदान गर्ने राज्यबाट जारी भएको पहिचान पत्र पनि हो । यो राज्य र नागरिकबीचको सम्बन्ध कायम गराउने कानुनी आधार पनि भएकाले यो राज्य र जनता दुबवका लागि उत्तिकै महत्वपूर्ण छ । कुनै पनि देशको नागरिकले आफ्नै देशमा नागरिकता सम्बद्ध कानुनले सम्बोधन नगरेकै आधारमा अनागरिक हुनुहुँदैन ।

यस्ता विषयलाई राज्यले गम्भीरतापूर्वक अध्ययन, अनुसन्धान गरी गैरनागरिकले कुनै पनि हालतमा नागरिकता पाउन नसक्ने र नागरिक आफ्नै देशमा नागरिकताविहीन हुनु नपर्ने अवस्थाको सिर्जना गर्नु पर्छ । नागरिकता नागरिकको परिचयपत्र हो, तर यो परिचयपत्र मात्र होइन । विश्वका प्राय मुलुकमा नागरिकता प्रप्तिको विषय जटिल छ, किनकि यसको सोझो सम्बन्ध राष्ट्रिय सुरक्षासँग जोडिएको छ । तथापि कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्तिको हकबाट यो वा त्यो वहानामा वञ्चित गर्नुहँुदैन, यसतर्फ उच्च संवेदनशीलता र प्राथमिकता राज्यको अहं दायित्व हो र हुनुपर्दछ ।

(Visited 910 times, 1 visits today)
Loading comments...

आजको समाचार

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

साताका लोकप्रिय समाचार

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको...

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

ट्रेन्डिङ

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

काठमाडौं । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा...

सर्लाहीका किसानका पीडा : पोहोर फौजी किराले सतायो यसपाली सलहले

सर्लाही । गत वर्ष फौजी किराले बाली नष्ट गरेको पीडा बिर्सन नपाउँदै सलह किराले अर्को चुनौती थपिदिएको छ सर्लाहीका किसानहरुलाई । सर्लाहीमा सलह किरा...

यसरी तयार पारिन्छ अम्रिसोको कुचो (फोटोफिचर)

काठमाडौं । घर एवं कार्यालय सफाई गर्नका लागि उपयुक्त माध्यम मानिन्छ कुचो । कुचो मध्येको मानिन्छ अम्रिसोको कुचो । पुर्वी पहाडमा उत्पादन हुने एक...

‘लक्ष्मीपूजा’मा सलोन र रियासाको रोमान्स

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । फिल्मको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको...

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहित २२ पक्राउ

काठमाडौँ । भारतले गरेको नेपाली भुमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीसहित २२ अधिकारकर्मी पक्राउ परेका छन् । मानवअधिकार तथा शान्ति समाज नेपालले काठमाडौँको...

अघि बढ्यो बर्दिबास–इनरुवा रेल सञ्चालन प्रक्रिया

सप्तरी । नेपाल सरकारले मेची–महकाली विद्युतीय रेलमार्ग परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखी आवश्यक प्रक्रिया अघि बढाएको छ । बुधबार राजविराजमा आयोजित मेची–महाकाली...

समन्वय नहुँदा सर्वसाधारणलाई कष्ट

काठमाडौं । लकडाउनमा कतिपय ठाउँमा सरकारको अलमलका कारण सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । सरकारका विभिन्न तह तथा निकायबीच समन्वयकारी भूमिका नहुँदा र सरकारी निकाय...

टिकटक स्टार अकेशा पोखरेलले अभिनय गरेको दसैं गीत

काठमाडौं । दसैको छेको पारेर गीत आउने क्रम बढिरहेको छ । यस्तैमा बाल गायिका रबिना बसेल बालापनको रसिलो स्वरमा मेरो बाबा भन्दै दसैं गीत...

यसपाली दसैमा भिमेश्वर मन्दिरमा सर्वसाधारणले पूजा गर्न नपाउने

दोलखा । दोलखाको पवित्र धार्मिक स्थल भिमेश्वर मन्दिरमा बडा दसै भर सरकारी पूजा मात्रै हुने भएको छ । ६ महिना अघि देखी नित्य पुजा...

बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

कैलालीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको...

युवतीलाई जंगलमा गाडीभित्रै बलात्कार गर्ने तीन युवा पक्राउ

काभ्रेपलाञ्चोक । कोरोना भाईरसको त्रासमा मुलुक लकडाउनको बेलामा जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)