मैनालीलाई अखिल क्रान्तिकारी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) को प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिने निर्णय भएको छ ।

अखिल (क्रान्तिकारी) को गत १४ चैत्रमा सम्पन्न केन्द्रिय समितिको विस्तारित बैठकले अगामी सम्मेलन सहित संगठन सुध्रिढीकरण सम्बन्धि बिभिन्न तयारीहरु गरेको छ । यसै क्रममा संगठनको कार्यालय बैठकले मैनालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हाल रन्जित तामङ नेतृत्वमा रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को किर्तीपुरमा २०७४ भदौमा सम्पन्न सम्मेलनबाट उप–महासचिव निर्वाचित मैनाली सिभिल इन्जिनियर हुन ।

२०६५ को स्ववियू निवार्चनमा काठमाडौं इन्जिनियरिङ कलेजबाट स्ववियू सभापतिमा निर्वाचित मैनाली यसअघि केन्द्रिय सचिवालय, केन्द्रिय सचिव र उपमहासचिव निर्वाचित भइसकेका छन ।

पत्रकारिता र सिभील इन्जिनियरिङमा स्नातकोतर मैनाली पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानबाट २०५८ मा अखिल राजनितीमा प्रवेश गरेका हुन । अखिलको सो बैठकले संगठन बिस्तार सहित अन्य सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक