हुम्लाको पीडा बोक्दै फेरि आयो रेलको बाटो

रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरमा
हुम्ला कहिले मोटर आउला बसेकै छु रहरैमा
काठमाडौं र तराईबासीले भारत र चीनबाट रेल आउने कल्पना गरिरहेका बेला नेपालकै हुम्ला जिल्लामा अझै मोटर पुग्न सकेको छैन । यही पीडालाई समेटेर लेखराज गिरीले केही समयअघि लेखेको गीत रेलको बाटो पुग्दै छ रेलले धेरैको मन छोयो । यो गीतमा हुम्लाको गरिबी, त्यहाँको स्वास्थ्य समस्या, विकटताजस्ता विविध पक्षलाई गीतसँगै भिडियोबाट देखाइएको थियो । गीतलाई सुरज पण्डितले गाएका थिए ।

पुरुष आजावमा केही समयअघि निकालिएको यो गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि यसलाई फेरि यतिबेला महिला स्वरमा रेकर्ड गरेर बजारमा ल्याइएको छ । गीतको शब्दमा जस्तै हुम्लाको पीडालाई निकटबाट भिडियोमार्फत देखाएको छ । यसपटक यो गीतमा स्मृति शाहीको स्वरमा ल्याइएको हो ।

यो गीत र यसको भिडियोले कर्णालीको अवस्था अहिले पनि उस्तै विकट र दयनीय छ भन्ने दर्साउँछ । पुरुष आवाजमा प्रस्तुत गरिएको अघिल्लो म्युजिक भिडियोमा हुम्लाको विकटतासँगै सुविधा सम्पन्न अस्पतालको अभावले महिलालाई सुत्केरी गराउन नसकेर ज्यान जाने अवस्थासम्म आउने कुरा देखाइएको थियो । तर, यसपटकको भिडियोमा पोसिलो खाना र बिरामी हुँदा सिटामोलको अभावले युवा अवस्थामै कैयौंको ज्यान जाने गरेको देखाइएको छ ।

अघिल्लो गीतको भिडियो जस्तै यो गीतको भिडियोमा पनि चिरञ्जीवी भण्डारी, सरस्वती खत्री र स्थानीय कलाकारले अभिनय गरेका छन् । भिडियोमा चिरञ्जीवीलाई गरिबीका कारण श्रीमतीले छाडेको र अल्पायुमै उपचारको अभावले ज्यान गुमाउनुपरेको देखाइएको छ । गीतको भिडियो एक महिना लगाएर निर्देशक लक्ष्मण सुनारले तयार गरेका हुन् ।

मोडल चिरञ्जीवी सापकोटाले भिडियो’bout भने, ‘हुम्लामै पुगेर छायांकन गरिएको यो दुवै भर्सनको गीत र भिडियोमा कर्णालीवासीले भोग्नुपरेको व्यथालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’ गीतसँगै भिडियोलाई पनि दर्शकले रुचाएको उनले प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा गठबन्धनका राजेश मानसिंहलाई १८१० मत, एमालेका सरावगीलाई ७७५