Tuesday, August 3, 2021
HomeEditor-Picksएमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा

एमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा

सुभाष साह,
sharethis

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा पनि एकजुट भएर छोड्ने गरी आफूहरू अन्तिम कसरतमा लागेको बताएका छन् ।

ललितपुरको एक होटलमा शुक्रबार पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले सघन छलफल र संवाद गरेका थिए । यसअघि समेत छलफल गरेका उनीहरूले २ जेठ २०७५ को पार्टी कमिटी बैठक बसेर आवश्यक निर्णय गर्नेमा सहमति जुटाएका छन् ।

पार्टीभित्रको विवाद चर्किंदै फुटको सँघारमा पुगेपछि २ जेठ २०७५ कै स्थायी कमिटी बैठक बस्नेमा सहमत देखिएका नेताहरूले केही विषयमा भने फरक मत राख्दै आएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि आह्वान गरेका थिए । तर, सर्तरहित पार्टी एकताका लागि प्रस्ताव आउनुपर्ने पक्षमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह रहेको छ । नेपाल समूहले समेत ६ बुँदे प्रस्ताव गर्दै सोहीअनुसार पार्टी एकतालाई कायम राख्न आह्वान गरेको थियो ।

ओली र नेपाल दुवै समूह आआफ्नो अडानमा अडिग रहेको भए पनि एमालेका दोस्रो तहका नेताहरू पार्टी एकताका लागि दुवै पक्ष एकएक कदम पछाडि फर्केर भए पनि पार्टी एकता जोगाउन सहमत छन् । ओली समूहबाट सुवास नेम्वाङ र विष्णु पौडेल तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टलगातका नेता सहभागी छलफलले २ जेठकै अवस्थामा रहेको स्थायी कमिटी बैठक बसेर अन्य विषयमा सहमति खोज्ने विषयमा सहमति जुटाएको बताइएको छ ।

एमाले नेता नेम्वाङले पार्टी एकताका लागि २ जेठकै अवस्थाबाट पार्टीलाई अघि बढाउने भन्दै पार्टी अध्यक्षले आह्वान गरिसकेकाले आशंका गर्नुपर्ने कुनै कारण नभएको बताए । ‘सहमतिका लागि हामी छलफलमै छांै । धेरै कुरामा हामी सहमतिनजिक पुगेका छौं,’ नेम्वाङले भने ।

एमाले स्रोतका अनुसार २ जेठकै पार्टी संरचनाअनुसार स्थायी कमिटी बस्ने र नेकपाबाट एमालेमा प्रवेश गर्ने पूर्वमाओवादी केन्द्रका नेतालाई उचित जिम्मेवारी दिने विषयमा नेताहरू सहमत छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका नेताले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान ओली पक्षको छ । तर, नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने गल्ती स्वीकार गर्नुपर्ने अडान राख्दै आएको छ । यही विषयमा ओली र नेपालबीच तीव्र विवाद रहेको र यो मुद्दा सर्वोच्चमा रहेकाले अदालतकै फैसलाअनुसार अघि बढ्ने आन्तरिक सहमति नेताहरूले गरेका छन् ।

एमाले नेता भीम आचार्यले पार्टी एकताका लागि भइरहेको छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको बताए । सहमति जुट्न बाँकी रहेको बताउँदै उनले ८÷१० दिनभित्रमा सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘अहिले नै सहमति भएको छैन । तर, सहमतिनजिक पुगेका छौं । ८÷१० दिनभित्रमा सहमति हुने देखिएको छ,’ आचार्यले भने ।

एमाले केन्द्रमा देखिएको विवादका कारण त्यसको प्रभाव प्रदेश, जिल्ला हँुदै स्थानीय तहसम्म पुगेको छ । तर, जिल्लादेखि स्थानीय तहसम्मका नेताहरूले पार्टी एकताका लागि शीर्ष नेताहरूलाई दबाब दिँदै आइरहेका छन् ।

(Visited 369 times, 1 visits today)
Loading comments...

आजको समाचार

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

रगत लिने र दिने दुवैलाई लाभ

  विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रक्तदानमार्फत् रक्तसंकलन हुन्छ । नेपालमा रक्तसञ्चार सेवाले ७३ जिल्लाका १ सय २० ठाउँबाट २ लाख ३८...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

बाँकेमा सडक दुर्घटनामा ७७ जनाकाे मृत्यु

  नेपालगञ्ज । बाँकेमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तथा घाइते भई अंगभंग हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको...

ट्रेन्डिङ

तीन दिने तीर्थयात्रापछि माधवनारायणका व्रतालुु शालीनदीमै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता...

इवामुरा अस्पताल र स्थानीयबीच सहमति

भक्तपुर । इवामुरा अस्पतालको लापर्वाहीले हिंडेर उपचार गर्न गएकाको ज्यान जोखिममा परेको छ । विरामीको ज्यान जोखिममा परेपछि स्थानीयले अस्पताल घेराउ गरी विरोध प्रदर्शन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)