नवलपुर । सम्भावित कोराना भाइरसको जोखिम न्यूनीकरणका पूर्वी नवलपरासीमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जिल्लाको भारतसंग सीमा जोडिएको गण्डकमा हेल्प डेस्क स्थापना गर्ने भएको छ ।
यता नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा सम्भावित कोराना भाइरसका बिरामीलाई लक्षित गरी आइसोलेशन कक्ष स्थापना गरेको जिल्ला अस्पतालका सूचना अधिकारी छबिराज सुवेदीले बताए ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको कोरोना भाईरसको जोखिम नियन्त्रण समितिको बैठकबाट तत्काल आठ बुँदे निर्देशन जारी गरी सम्भावित कोरोना भाईरसको जोखिम न्यूनीकरण गर्न सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको जिल्ला प्र्शासन कार्यालयका सूचना अधिकारी आनन्द भुषालले बताए ।
त्यसैगरी जिल्ला भरी लिईने यस बर्षको कक्षा १ देखि कक्षा नौ सम्मको बार्षिक परीक्षा फाल्गुन २८ गतेबाट संचालन गर्ने, सम्भावित कोरोना भाईरसको संक्रमणका कारण उत्पन्न हुन सक्ने जोखिमबाट बच्न बृहद सभा, समारोह, भेला महोत्सवका कार्यक्रम तत्काल रोक्ने र त्यस्ता कार्यक्रम गर्न अनुमति समेत नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
साथै जिल्ला स्थित स्वास्थ्य संस्थाहरुले बिशेष सर्तकता अपनाई आईसोलेशन कक्षको ब्यबस्था मिलाउने, स्थानीय रुपमा सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, जिल्लाका संचार गृहहरुलाई सचेतनामुलक कार्यक्रमहरु प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्ने, गरी अघि बढने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
बुटवल नारायणगढ सडक खण्डको ठेकका लिएको चाईनीज कम्पनीमा कार्यरत चिनियाँ कामदारहरुको ’boutमा सचेत हुनु पर्ने र तीन दिन अघि चीनबाट नेपाल आएका १४ मध्ये एक जनालाई आईसोलेशनमा राखी निगरानीमा राखिएको छ ।
त्यस्तै गैंडाकोटमा चिनियााहरुको सहयोगमा आईसोलेशन कक्ष स्थापना गरि निगरानी बढाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशब चापागाँईले बताए ।
पूर्वी नवलपरासीमा गण्डक ब्यारेज छेउमा बिनयीत्रिबेणी गाउँपालिकाको सहयोगमा हेल्प डेस्क स्थापना भएको र भारतबाट आउनेहरुको परिक्षण र निगरानी बढाईएको र बिशेष गरि चिनियाँहरु सडक बनाउन पूर्बी नवलपरासीमा बढि रहेका कारण उनीहरुको बढि निगरानी बढाईएको र चिनियाँहरुले आफै पनि नीजि आईसोलेशन कक्ष स्थापना गरि आफना नागरिकको स्वास्थ्य परिक्षणमा ध्यान दिन थालेका चापागाईले बताए ।
जिल्लामा कोरोना भाईरसको सम्भाबित जोखिम कम गर्न र सचेतनाका कार्यक्रमहरु संचालन गरि सर्तकता अपनाउन सबै पालिकाहरुले समेत अग्रसरता देखाएका र कार्यक्रमहरु अघि बढेको देबचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठले बर्ता ।
देवचुली नगरपालिका नगरपालिकाको कार्यालय भित्र प्रवेश गर्दा सेवाग्राहीले साबुन पानीले अनिवार्य हात धुनु पर्ने व्यवस्था पनि गरिएको छ ।
बुटवल नारायणगढ सडक खण्डमा काम गर्ने चिनियाँहरु र भारतबाट त्रिबेणी भएर नेपाल आउनेहरुलाई अहिले निगरानी बढाई अघि बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीले आयोजना गर्ने होली मिलन कार्यक्रम समेत जिल्ला प्रशासनको आग्रहमा स्थगित गर्ने निर्णय भएको महासंघका जिल्ला सचिब प्रेम प्रसाद न्यौपानेले बताए ।






