काठमाडौं । चार दर्जनभन्दा बढी चलचित्र निर्देशक तथा कलाकारको जीवन संघर्षको कथा समेटेर पत्रकार जीवन पराजुलीले जीवनीपरक पुस्तक ‘क्लोज–अप’ पाठकमाँझ ल्याएका छन् । शनिबार काठमाडौंमा एक समारोहबीच यो पुस्तकलाई चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, अभिनेत्री करिश्मा मानन्धर, चलचित्र निर्देशक दिनेश डिसी, नारायण पुरी, राजेन्द्र सलभ, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला, झरना थापा, अभिनेता उत्तम प्रधान, लेखक जीवन पराजुली, पुस्तकका सम्पादक दीपेन्द्र लामालगायतले संयुक्त रूपमा विमोचन गरे ।
कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दाहालले चलचित्र निर्देशक तथा कलाकारको संघर्षको कथा यो पुस्तकले अर्को पुस्तामा हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे । चलचित्रकर्मी’bout लेखिएका पुस्तकको अभावले यो पुस्तकले धेरै हदसम्म पूर्ति गर्ने उनले बताए ।
एक जना पत्रकारले पत्रकारितासँगै यति महत्वपूर्ण पुस्तक लेख्नु आफैंमा प्रशंसनीय कार्य भएको पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । पुस्तकले ती सिनेकर्मीको कामलाई अझ प्रोत्साहन गर्ने उनको कथन थियो ।
सो पुस्तक’bout समीक्षा गर्दै राजेन्द्र शलभले नेपाली चलचित्रकर्मीका कतिपय नभनिएका र नसुनिएका कुराहरू यो पुस्तकबाट बाहिर आएको बताए । केही लोकप्रिय चलचित्र निर्देशक पुस्तकमा समेटिन छुटेकाले उनीहरूलाई समेट्न पनि शलभले सुझाव दिए ।
चलचित्रकर्मी दिनेश डिसी, दीपाश्री निरौला, झरना थापा, नारायण पुरी, करिश्मा मानन्धरले पनि पुस्तकमा विभिन्न चलचित्रकर्मीको विविध पक्ष समेटिएकाले चलचित्रकर्मी’bout अध्ययन गर्न चाहनेहरूका लागि यो पुस्तक निकै उपयोगी हुने बताए । भोलिका दिनमा विश्वविद्यालयका कोर्समा यो पुस्तक समेटिन सक्ने उनीहरूको कथन थियो ।
पुस्तकका सम्पादक एवं पत्रकार निर्देशक दिपेन्द्र लामाले चलचित्रकर्मी’bout पुस्तक अभावलाई मेट्न यो पुस्तक ल्याइएको बताए । पुस्तकले यी चलचित्रकर्मी’bout थप जान्ने मौका पाठकलाई मिल्ने उनको कथन थियो ।
लेखक तथा पत्रकार जीवन पराजुलीले पत्रकारिता गर्दा चलचित्रकर्मी’bout सूचना लिन उनीहरूको जीवनी’bout पुस्तक नपाएको सुनाए । अरू क्षेत्रका व्यक्तिको जीवनी पुस्तकमा आइरहेको बेला चलचित्रकर्मी पुस्तकमा नसमेटिएको महसुस उनले भयो, ‘उहाँहरूको योगदानलाई छापामार्फत कालान्तरसम्म जोगाउन र उहाँहरूका ’bout पाठकलाई विविध जानकारी दिन मैले तीन वर्ष लगाएर यो पुस्तक तयार गरेको हुँ,’ जीवनले विमोचनका क्रममा भने ।
यो पुस्तकमा यादब खरेल, चेतन कार्कीदेखि नयाँ पुस्ताका निर्देशक भीषण राईसम्मको संघर्षका कथा समेटिएको छ । खरेल र कार्कीबाट नेपाली चलचित्रको इतिहासको चिरफार गरिएको छ । राजेश हमालले अहिलेसम्म नेपाली चलचित्रमा पु¥याएको योदानको चर्चा गरिएको छ । भारतबाट नेपाली चलचित्र शीर्षकमा दर्जिलिङ, आसाम, सिक्किमबाट नेपाली चलचित्रमा योगदान दिएका प्रताप सुब्बा, तुलसी घिमिरे, रञ्जित गजमेर, उगेन छोपेल, पवन चाम्लिङसम्मका सिनेकर्मीको कथा पुस्तकमा प्रकाशित छ ।
साँघुरो छ आधा आकाश च्याप्टरअन्र्गगत शुचित्रा श्रेष्ठ, झरना थापा, रेखा थापा, सम्झना उप्रेतीदेखि लक्षु गौतमसम्म १४ जना महिला निर्देशकको सिनेमा यात्रालाई क्लोज–अपमा उतारिएको छ । यस्तै चलचित्र निर्देशन चौथो अंग च्याप्टरअन्तर्गत पत्रकारितासँगै चलचित्र निर्देशन गरेका यादब खरेल, मोहन निरौलादेखि अहिलेका पुस्ताका निर्देशक समीर बलामीसम्म दुई दर्जन पत्रकार निर्देशकको सिने संघर्षका कथा यो पुस्तकमा कोरिएको छ । ३६३ पृष्ठको यो पुस्तकको मूल्य ५९९ रुपैयाँ राखिएको छ ।






