मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस

चुरे, मकवानपुर। स्थानीय तहको निर्वाचन मिति अब ३२ दिन मात्रै बाँकी छ । आजको १४ दिनपछि अर्थात बैशाख ११÷१२ गते त उम्मेदवारी मनोनया दर्ता नै गर्नु पर्नेछ । तर स्थानीय तहको नेतृत्वमा कसलाई पठाउने भन्ने टुङ्गोमा पुग्न दलहरुलाई ‘फलामे च्युरा’ चलाउनु जत्तिकै भएको छ ।

जिल्लाको ठुलो दल नेकपा एमाले र सत्ता गठबन्धनका पार्टीहरुले स्थानीय तहहरुमा आगामी ५ वर्षको लागि नेतृत्व पठाउनको लागि रस्साकस्सी जारी छ । बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयरको टुङ्गो लगाउन आइतबार बसेको पार्टी नगर कमिटीले अन्तिम प्रयास गर्दा पनि सहमतिमा नामको टुङ्गो लगाउन सकेनन् । नगरको मेयर र उपमेयरको आकाक्षीहरु धेरै भएपछि र उनीहरु बिचमा सहमति नभएपछि नगरकमिटीले जिल्ला कमिटीमा सबैको नाम सिफरीस गर्नुपर्ने वा आन्तरीक निर्वाचन गराउनु पर्ने अवस्थामा पुगेको छ । जसमा १ महिला सहित ९ जनाले मेयरको दावी गरेका छन् भने १ पुरुष सहित ७ जना उपमेयरको दावी गरेका छन् ।

एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हाल बहालवाला मेयर हरिबहादुर महत सहित ९ जनाको नाम सिफारिस गरेको हो । पार्टी नगर कमिटीका अनुसार रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदनकुमार दाहाल, ध्रुब चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई मेयरको लागि सिफारिस गर्नु पर्ने अवस्थामा नगर कमिटी पुगेको छ ।

त्यस्तै उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने तयारी गरेको बुझिएको छ । यद्यपि अझै २ दिन सहमतिको प्रयास गरिने र नभए निर्वाचनको प्रक्रियमा जाने आन्तरीक तयारी भएको एक नेताले बताए ।

निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेसँग प्रतिष्पर्धा गर्न तयारीमा रहेका दलहरुमा पनि आन्तरीक तयारी सकिएको छैन । गठबन्धनमा कुन स्थानीय तह कुन पार्टीले पाउने भन्ने सहमति नै हुन बाँकी रहेकोले नेतृत्वको रस्सकस्सी अझै परको सवाल रहेको नेपाली काँग्रेस मकवानपुरका एक नेताले बताए । मकवानपुमा हालसम्म एमाले बाहेक कुनै पनि दलले उम्मेदवारीको टुङ्गो लगाएको छैन ।

नेकपा एमालेले भने जिल्लाको ८ मध्ये ६ वटा गाउँपालिकामा नेतृत्व कतै सहमतिमा त कतै सिफरीस गरेर सकेको छ । जिल्लाको मनहरी, कैलाश गाउँपालिकामा अध्यक्ष उपाध्यक्षको सवाल सिफारीसमा समेत आउन सकेको छैन ।

मनहरीमा अध्यक्षका प्रत्याशी चार जना

नेकपा एमाले मकवानपुर मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदीका अनुसार मनहरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा हालसम्म नेतृत्व’bout टुङगो लागेको छैन ।

यो पालिकाको वडामा भने केही काम सकिएको छ । मनहरीको वडा–१ को अध्यक्षमा चार जनाको नाम सिफारिस भएको छ । मनहरी–१ को वडा अध्यक्षका लागि भीमसेन अधिकारी, विशाल लामा, कोषक विष्ट र देवराज भण्डारीको नाम सिफारिस भएको हो । मनहरी गाउँपलिका २ नम्बरका वडा अध्यक्षका लागि निमा लामा सर्वसम्मत भएका छन् । ३ नम्बर वडाका वडा अध्यक्षका लागि मानबहादुर बल, अनिल पुडासैनी र उद्धव मल्लको नाम सिफारिस भएको छ । यसैगरी ४ नम्बर वडाका लागि रविन ढकाल सर्वसम्मत छनौट भएका छन् । ५ नम्बर वडाका लागि किशोर बर्तौला र सोमनाथ रुम्बाको नाम सिफारिस भएको छ । ६ नम्बर वडामा गोपीलाल मोक्तान, ७ नम्बरमा नारायण सिंह घिसिङ, ८ नम्बरमा पुस्कर सुवेदी र ९ नम्बर वडामा लक्ष्मण उप्रेती सर्वसम्मत छनौट भएका छन् ।

बागमतीमा अध्यक्षमा चार जना सिफारिस

यता बागमती गाउँपालिकामा अध्यक्षमा चारजना सिफारिस गरेको छ । गाउँ कमिटी बैठकले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सीनालाई सिफारिस गरेको हो । बैठकले उपाध्यक्षमा गोपीकुमारी फुयाँल, वर्तमान उपाध्यक्ष धनमाया स्याङतान, राधिका तिमल्सिना, शर्मीण्ला विक र सविना योञ्जनलाई सिफारिस गरेको छ ।

मकवानपुरगढीमा विदुर हुमागाई सर्वसम्मत

यस्तै मकवानपुरगढी गाउँपालिका कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा हाल बहालवाला अध्यक्ष विदुर हुमगाँईंलाई नै अध्यक्षमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकाको उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी यसअघि वडा ४ को सदस्य हुन् भने गाउँपालिकाको न्यायिक समिति बसेर काम गरेको अनुभवी हुन् ।

इन्द्रसरोवरमा देवकृष्ण पुडासैनी

यसैगरी इन्द्रसरोवर गाउँपालिकामा देवकृष्ण पुडासैनीलाई अध्यक्षको उमेद्वार उठाउने निर्णय गरेको छ । नेकपा एमाले इन्द्रसरोवर गाउँ कमिटिको बैठकले पुडासैनीलाई अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय भएको एमालेले जनाएको छ । उपाध्यक्षको उमेद्वार भने अझै टुङ्गो लागेको छैन । इन्द्रसरोवर गाउँपालिकाको वडा अध्यक्षहरु पनि ३ नम्बर बाहेक अन्य वडामा एमालेले उमेद्वार टुङ्ग्याएको छ । वडा नम्बर १ मा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ४ मा चन्द्रकुमार बल र ५ नम्बर वडामा अनिश लामालाई एमालेले वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।

वडा नम्बर ३ मा भने चारजना आकांक्षी देखा परेका छन् । ३ नम्बर वडामा हालका वडा अध्यक्ष चिरन्जीवी पौडेल, हाल वडा सदस्य रहेका वसन्त थापा, एमाले ३ नम्बर वडा अध्यक्ष राजन कुमार ठकुरी र तिलक बहादुर रेग्मीले अध्यक्षमा उमेद्वार दाबी गरेका छन् ।
भीमफेदीमा पुरानै अनुहार

मकवानपुरको भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष उपाध्यक्षले नै दोहो¥याउने मौका पाएका छन् । बाहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानाले पुन पार्टीबाट सर्वसम्मत भएका हुन् । गएको २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।

राक्सिराङमा बाबुलाल र सुन्तलीमाया

जिल्लाको राक्सिराङ गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षको टुंगो लागेको छ । यस गाउँपालिकाको लागि नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः बाबुलाल स्याङ्तान र सुन्तलीमाया प्रजालाई सिफारिस गरिएको छ । यस गाउँपालिकामा गत चुनावमा नेपाली कांग्रेससँग एमालेले पराजय भोगेको थियो ।

बकैयामा अध्यक्षका प्रत्यासी पाँच जना

बकैया गाउँपालिकाबाट अध्यक्षमा ५ जना सिफारिस गरेको छ । गाउँ कमिटि बैठकले अध्यक्षमा पद्मा पौडेल, सरला बोलखे, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई तथा गोपाल दाहाललाई सिफारिस गरेको हो । उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमि लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जन गरी ६ जनालाई सिफारिस गरेको छ ।

पार्टी बकैया गाउँकमिटीले दुई दिनसम्म बैठक राख्दा पनि अध्यक्ष र उपाध्यक्षमा एक–एकजना सर्वसम्मत गर्न नसकेपछि अध्यक्षमा ५ तथा उपाध्यक्षमा ६ जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ ।

थाहा नगरपालिकामा दुई जना प्रत्याशी

एमाले थाहा नगरपालिकाको बैठकले प्रमुख र उपप्रमुख पदका लागि दुई÷दुई जना सिफारिस गरेको छ । प्रमुख पदका लागि बिष्णुप्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले थाहा नगरपालिकाले वडा नम्बर १, ३, ५, ७, ८, ९, ११ मा सर्वसम्मत उम्मेदवार टुंगो लगाइसकेको छ । १ मा प्रदिप प्रधान, ३ मा सुजनकुमार रायमाझी, ५ मा बिष्णुबहादुर गुरुङ, ७ मा शम्भु खत्री, ८ मा हेम थिङ, ९ मा विजय बलामी, ११ मा धनबहादुर गोलेसहित सबै वडामा सदस्यहरु निर्विरोध गरेका छन् ।

वडा २ मा गुप्तबहादुर कार्की र मधुकर विक्रम श्रेष्ठ, ४ नम्बरमा रामराजा केसी र जितबहादुर थोकर, ६ नम्बरमा बिष्णु बहादुर बलामी, मनहरी भट्ट र फणिन्द्र नाथ सुवेदी, १० नम्बरमा हिराबहादुर गमाल र हरि गोपाली, १२ नम्बरमा मानबहादुर स्याङ्तान, राजेन्द्रकुमार लामा, मनन स्याङ्तान र युवराज गोलेको उमेदवारी रहेको छ ।

आकाक्षीको रुपमा मनहरी गाउँपालिकामा पार्टी गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, गाउँपालिकाका बहालवाला अध्यक्ष एकराज उप्रेती, बहालवाला ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, पार्टीका पूर्व जिल्ला कमिटी सदस्य जयराम अर्याल र बागमती प्रदेश कमिटी सदस्य श्याम ढकाल रहेका छन् ।

उपाध्यक्ष पदमा भने ४ महिलाले दाबी गरेका छन् । जिल्ला कमिटी सदस्य बिमला कार्की, गीता प्रजा, पम्फा बस्नेत रोक्का र विद्यार्थी नेता सुजिता थिङले उपाध्यक्ष पदमा आकांक्षा ब्यक्त गरेको हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित