एआईजीहरु पोखरेल र थापा अदालत जाने

काठमाडौं । सरकारले तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेपछि सिनियर एआईजीहरु विश्वराज पोखरेल र सहकूल थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् । अदालत खुल्नेबित्तिकै सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा छन् ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई पन्छाउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ ।

अवकास पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप)हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् । त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार र प्रकाश अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका हुन् ।

तीन जना एसएसपीहरूले पनि आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । जसमा वीरेन्द्र बस्याल, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट रहेका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो चार बजे आईजीपीको बिदाइ कार्यक्रम राखेको छ । सरकारले आइतबार नै नयाँ आईजीपी नियुक्त गर्दै छ ।

तपाइको प्रतिक्रिया
(Visited 520 times, 1 visits today)

epaper

ताजा समाचार

देश र पार्टीको अवस्थाबारे डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल