कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित


महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका रण बहादुर महरा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित महराले छ हजार सात सय ७३ मत प्राप्त गरेकाे भएको शुक्लाफाँटाका निर्वाचन अधिकृत तारा प्रसाद जोशीले बताए । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चिन्तामणि भट्टले छ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए ।


त्यस्तै, शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका कल्पना कुमारी जोशी निर्वाचित हुनु भएकी छिन् । नगर उपप्रमुख जोशीले छ हजार पाँच सय १९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका माधव प्रसाद पन्तले पाँच हजार तिन सय ६० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत तारा प्रसाद जोशीले जानकारी दिए । यस अघि २०७५ को निर्वाचनमा पालिका प्रमुख नेपाली काङ्रेस र उप प्रमुख नेकपा एमालेले जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी