ओलीले भने– देउवा सरकार नराम्रा कामको थुप्रो

काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार एकछिन पनि बस्न नमिल्ने भएकाले अविलम्ब हट्नुपर्ने बताएका छन् । यो सरकार नराम्रा कामको थुप्रो भएको भन्दै अविलम्ब हट्नुपर्ने उनको भनाइ छ ।

एमाले नेता छविलाल कार्कीको १२औं स्मृतिका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउनसक्ने समेत चेतावनी दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘अब अति भयो । अतिबाट पनि अति भयो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । यो सरकारको काम छैन, अविलम्ब हट्नुपर्छ । लाज नभएका व्यक्तिहरू त्यहीअनुहार देखाएर ठिङठिङ बाटोमा हिँडिरहेका छन् ।’

वर्तमान सरकारले एउटा पनि राम्रो काम नगरेको दाबी गर्दै उनले भने, ‘यो सरकारले एक वर्षमा एउटा राम्रो काम गरेको देखाओस् त ? नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि नमिल्ने यो सरकार अविलम्ब हट्नुपर्छ ।’

अब अति भयो । अतिबाट पनि अति भयो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । यो सरकारको काम छैन, अविलम्ब हट्नुपर्छ । लाज नभएका व्यक्तिहरू त्यही अनुहार देखाएर ठिङ ठिङ बाटोमा हिँडिरहेका छन्

यसैगरी, ११ वैशाख २०६३ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्यको आफूले ड्राफ्ट गरेको समेत उनले दाबी गरे । माओवादीलाई के पाएर जनयुद्ध छोडे भन्ने प्रश्न गर्दै ओलीले भने, ‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए । त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो । पार्टी अफिसको चौरीमा एउटा रुद्राक्षको छेवैमा बसेर मैले गरेको थिएँ ।’

ओलीले संसद् पुनस्र्थापनाका लागि १७ हजार मार्नुपर्छ भन्दै माओवादीलाई प्रश्न गरें । ‘त्यसकारण माओवादीको उद्देश्य अर्कै थियो । सटकट बाटोबाटो सत्तामा पुग्ने, अस्थिरता सिर्जना गर्ने, देशको होइन अरूको भलाई गर्ने के के उद्देश्य थिए ती उनीहरू भन्न सक्दैनन्,’ ओलीने भने ।

माओवादीले त्यसबेला राजतन्त्रसँग कार्यगत एकता रहेको एमाले र कांग्रेससँग शत्रुता रहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

epaper

ताजा समाचार

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता