विवाहपछि प्राय व्यक्तिको वजन बढने गर्छ । तपाईले पनि महसुस् गर्नु भयो होला । विवाहको ३ देखी ६ महिनाको विचमा तपाईको वजन केही पक्कै बढेको हुनुपर्छ र तपाईलाई साथीहरुले भने पनि होला ‘नियमित यौनसम्पर्कले मोटाइस्’ । कतिलाई लाग्छ पनि हो म यौन सम्पर्ककै कारण मोटाएँ । तर, मोटाउनुको कारण यौन सम्पर्क मात्रै हैन ।
यौन सम्पर्कले बढ्दैन वजन
यौन सम्पर्ककै कारण वजन बढ्ने कुरा गलत हो । वजन बढ्नुमा यौन सम्पर्र्कको कुनै स्थान हुन्न । हर्मोन्सका कारण मानिसहरु यौन सम्पर्कका लागि राजी हुन्छन् । हर्मोन्समा असन्तुलन भयो भने वजन बढछ ।
वजन बढ्नुको कारण
डीएचई : यो यस्तो हर्मोन्स हो , महिला एवं पुरुष दुवैका लागि जरुरी हुन्छ । यदि हर्मोन्स कम भयो भने वजन बढछ ।
एस्ट्रोजन : महिलाको ओभरीज एवं एडे«नल ग्ल्याड मिलाउने यो हर्मोनको कमी भयो भने पनि महिलाको वजन बढछ ।
प्रोजेस्टेरान : यसले पनि एस्ट्रोजनले जस्तै काम गर्छ । महिलामा सेक्सुअल म्याचुरिटी बढाउन र गर्भवती महिलाको शरीर मजबुत बनाउन यो हर्मोन आवश्यक हुन्छ । यदि शरीरमा प्रोजेस्टेनरोन कम भयो भने एस्ट्रोजन अनियन्त्रित हुन्छ, जसको कारण वजन बढछ ।
हर्मोन्स असन्तुलित हुनुका लक्षण
कम्मर एवं जाँघमा बोसो जम्मा हुनु
रजस्वलाको समय घटीबढी हुनु
निन्द्रा नलाग्नु
यौन इच्छामा कमी आउनु आदि ।
विवाहपछि वजन बढ्नुको कारण
प्रायले विवाहपछि जीवनलाई सन्तुलित बनाउछन् । खानपानदेखी हरेक कुरामा दुईजनाविच सल्लाहा गरेर सकेसम्म राम्रो गर्छन् । दैनिक खानपानको भेराईटीमा पनि परिवर्तन हुन्छ । श्रीमान श्रीमतिले एक अर्काको खानाप्रति बढी चासो राख्ने उनीहरुको केयर गर्ने प्रवृत्तिले पनि केही मात्रामा वजन बढ्ने गर्छ ।