ओइलाउँदै सहर, सम्भाव्यतामा फुल्दै गाउँघर

अचेल देशका सहरको वातावरण हेर्दा धेरै नै प्रदूषित देखिन्छ । देशको राजधानी काठमाडौं सहर विश्वका प्रदूषित सहरमध्ये चौथो नम्बरमा परिसकेको छ । घरबाट उत्पन्न फोहोरको समेत उचित तरिकाले व्यवस्थापन हुन नसक्दा बेलाबेलामा बढी नै प्रदूषित हुने गरेको छ । चारैतिरबाट डाँडाकाडाँले घेरेको हुनाले समेत यहाँ उत्पन्न प्रदूषित हावा बाहिर जान नसक्दा झनै प्रदूषित भएको जानकारहरू बताउँछन् । यह िप्रदूषणका कारण सहरमा बस्ने मानिस विभिन्न रोगबाट ग्रसित हुने गरेका छन् । श्वासप्रश्वास, आँखासम्बन्धी रोगहरू, क्यान्सर जस्ता डरलाग्दा रोगहरू प्रदूषणकै कारण हुने गरेको डाक्टरहरू बताउँदै आएका छन् ।

मूख्य गरेर काठमाडौमा बस्ने मानिसहरू चिसो लागेर बिरामी हुने डरले बेलुकी भएसँगै दही, मही, केरा जस्ता फलफूल खाँदैनन् । तर, गाउँघरमा सुत्ने बेला समेत केरा, दही खाएर सुत्दा पनि केही हँुदैन । सहरमा बाह्रै मास उमालेको वा तताएको पानी पिउने गर्छन् । यसो नगरेको खण्डमा कतिपय मानिस बिरामी पर्छन् पनि । तर, गाउँघरमा कतिपय मानिस बाहै्र मास चिसो पानी मात्रै पिउँछन् । तातो वा उमालेको पानी पिउँदा उनीहरूलाई स्वादै आउँदैन । सहरमा टाउको दुख्ने, पिनासको समस्या, आँखाको एलर्जी, चिसो लाग्ने जस्ता समस्याबाट मानिस ग्रस्त भइरहन्छन् तर गाउँघमा यस्ता समस्या प्रायः कमै देखिन्छन् । सहरमा पाइने केही सुविधाका कारण नै मानिस वातावरण असन्तुलन बनाउँदै सहरमा जम्मा हुन पुग्छन् । यदि स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता गाउँघरमै उपलब्ध हुने हो भने सहर नै पस्नुपर्ने बाध्यता रहने थिएन ।

गाउँघरको वातावरणलाई स्वर्गसँग तुलना गर्दै बैतडी दशरथचन्द नगरपलिका डुंगराका लक्ष्मणप्रसाद भट्ट गाउँमै उद्यम गरी रमाइरहेका छन् । अन्य युवा गाउँ छोडेर कामका लागि विदेश हानिने गरेको देख्दा उनी अचम्म मान्छन् । उनी भन्छन् ‘गरे गाउँमा के छैन ?’ उनी पहिलेदेखि नै खेती किसानीको काम पनि गर्छन् । परिवारलाई खान पुग्ने उनले खेतबाटै फलाउने गरेका छन् । आफ्नो खेत थोरै भएकाले उनले गाउँ छोडेर सहर पस्नेहरूको खेत सस्तोमा किनेर खेतिपाती लगाउने गरेका पनि छन् । ताजा दूध दहि खानको लागि गाईभैंसी समेत पाल्ने गरेका छन् । उनले चार वर्ष अगाडि मात्रै आधुनिक गोठ बनाएर उन्नत जातका बाख्रापालन गर्दै आइरहेका छन् ।

गाउँघरबाट चुनिएर आएका जनप्रतिनिधिले गाउँका समस्या पहिल्याउँदै गाउँलेका आवश्यकता परिपुर्ति गर्नु नै पहिलो कर्तव्य ठान्नुपर्छ

अहिले उनको गोठमा सयवटा बाख्राहरू रहेका छन् । खसी बोका खोज्नेहरू उनको घरसम्मै आइपुग्छन् । सदरमुकाममा लगेर बेच्दा पनि झनै बढी मूल्य पाइने उनले बताए । उनले एउटा खसीलाई ३० देखि ५० हजारसम्ममा बिक्री गर्छन् । घरमै खसी काटे पनि मासु खोज्नेको भीड लाग्नेगर्छ । यतिले मात्रै नपुगेर उनले सँगसँगै माहुरी पालन पनि गर्दै आएका छन् । उनका घर वरिपरि पचासभन्दा बढी माहुरीका घारहरू राखिएका छन् । असोज कात्तिकमा चिउरी फुल्ने बेलामा माहुरीले बढी मह बनाउने गर्छन् । उनीसँग देशपरदेशबाट मह राखिदिन भन्दै खबरहरू आइरहेका हुन्छन् ।

उनले गाह्रकको आग्रह अनुसार मह पुर्याउन सकेका छैनन् । उनले माहुरीका घार समेत घरमै मानिस राखेर बनाउने गर्छन् । एउटा रित्तो घारलाई पाँचसयमा बेचे पनि माहुरी सहितको घारलाई एकहजारमा विक्रि गर्ने गर्छन् । प्रत्येक वर्ष माहुरीहरू एक घारबाट दुई घार हुँदै बढ्दै जान्छन् । यसकारण छिट्टै माहुरीका धेरै घारहरू हुनेमा उनी विश्वस्त छन् ।

अहिले उनले मह पु¥याउन नसके पनि काठको कामलाई पनि अगाडि बढाएका छन् । घरका झ्यालढोका बनाउनेदेखि लिएर पलङ पनि बनाउने गर्छन् । बिहे हुँदा छोरीलाई दाइजोका रूपमा गाउँघरतिर पलङ दिने चलन धेरै नै चलेको छ । पक्की घर बन्ने क्रममा सुुरु भएसँगै घरमा पलङ राख्नेहरू पनि बढ्दै गएका छन् । जसका कारण उनका पलहरूको माग नजिकका धेरै गाउँघबाट आउने गरेको छ । उनले नजिकैका खेम बहादुर महरलाई दैनिक ज्यालामा काममा राखेका छन् । खेम बहादुर पनि आफूले गरेको काम र आफूले पाउने ज्यालाबाट संतुष्ट छन् । घरमै बसी बसी जागिर खाएजस्तो ठान्छन् उनी ।

हातमा सिप र काम गरेर खान्छु भन्ने आँट भएकालाई विदेश नै गइरहनुपर्दैन । पशुपालन गर्न धेरै ठूलो सिपको आवश्यकता पनि पर्दैन । बसाइ सराइका कारण हाम्रा गाउँघरहरू रित्तिँदै गएका छन् । घर वरिपरि नै घाँसका मैदान, बाख्रापालनका लागि प्रशस्त स्याउलाहरू छन् । गाउँमा बस्नेले पशुपालन व्यवसाय मात्रै गर्ने हो भने पनि सजिलै मनग्गे पैसा कमाउन सकिन्छ । घरमै बसेर ताजा आँप, केरा, काँक्रा, अम्बा, आरु, नासपाति, ओखर, काफल, खुर्पानी जस्ता फलफूलहरू सिजन अनुसार जति पनि खान पाइन्छ । आफ्नै पौरखले बनाएको घिउमा पकाएका सेलरोटी खाँदै गाउँको स्वच्छ हावामा श्वास लिनुको मज्जा नै बेग्लै हुन्छ ।

६ वर्ष मेलसिया बसेर फर्केका ललितपुरका राजेश घिमिरे विगत पाँच वर्षदेखि परिवारसँगै १८ वटा भैंसी र एउटा गाई पालेर दैनिक सय लिटर भन्दा बढी दूध विक्रि गर्दै मलेसिया भन्दा बढी कमाइरहनु भएको छ । ललितपुरमा यस्ता कयौं घरपरिवार छन् जो पशुपालनबाट वर्षेनि करोडौं कमाउँछन् ।

सहरमा टाउको दुख्ने, पिनासको समस्या, आँखाको एलर्जी, चिसो लाग्नेजस्ता समस्याबाट मानिस ग्रस्त भइरहन्छन् तर गाउँघमा यस्ता समस्याहरू प्रायः कमै देखिन्छन्

अहिले गाउँघरमा यातायातको रामै व्यवस्था भइसकेको छ । आधुनिक अस्पतालहरू पनि खुल्ने क्रम जारी छ । कतै अंग्रेजी स्कुल खुलिसकेका छन् । पानीका धारा घरघरमा जडान भइरहेका छन् । घरका कुना बिजुलीले उज्याला हुँदै गएका छन् । घरघरमा टेलिभिजन जडान भइसकेका छन् । वाईफाई जोड्ने क्रम चलिरहेको छ । ढुंगा माटोका घरको ठाउँमा पक्की घरहरू बन्दै गएका छन् । टुकीको उज्यालोमा बाँच्ने सोलारबाट बत्ती बाल्न थालेका छन् । गाउँघरमै पनि सुविधा थपिँदै गएका छन् । आफ्ना उत्पादन सदरमुकामसम्म लगेर बेच्न सवारी साधनको सुविधा बढ्दै गएको छ । अब मानिसले गाउँ छोडेर सहर नै पस्नुपर्ने बाध्यता छैन । आगोमा स्वादिलो रोटि पोलेर खानेलाई ग्याँस महंगो भयो भन्ने चिन्ता गनुपर्ने छैन । बारीबाट तरकारी टिपेर खानेलाई तरकारीको भाउ बढेकोमा चिन्ता हुनेछैन । नौनी तताउँदै घिउको मगमग बास्ना निकाल्नेलाई तेलको मूल्य बढेकोमा कुनै गुनासो नै हुनेछैन । आफ्नै घरमा परिवारसँग रमाएर काम गर्नेलाई महिना नमर्दै भाडा तिर्नुपर्ने चिन्तानले सताउनेछैन । जुनसुकै अन्नबाली, फलफूल, सजिलै फलाउन सकिने खानाको कमी नहुने गाउँघरमा प्रचुर सम्भावना छन् ।

हालै स्थानीय निकायको चुनाव भइसकेको छ । जनताबाट चुनिएर आएका जन प्रतिनिधिले आफूलाई भोट दिएर जिताउने जनताका पिरमर्का बुझ्नु जरुरी छ । उपचारका लागि भारतलगायत सहर नै धाउनुपर्ने बाध्यताको अन्त गर्नुपर्ने छ । स्कुलमा शिक्षाको गुणस्तरमा वृद्धि गरी विद्यार्थीलाई सामुदायिक स्कुलमै टिकाउने वातावरण निर्माण गर्नतिर लाग्नुपर्ने छ । स्थानीय उत्पादनलाई बजारको सुनिश्चितता प्रदान गर्नतर्फ लाग्नुपर्ने छ । वातावरणमा आएको परिवर्तनका कारण कतिपय बालिनाली गाउँघरतिर फल्न छोडेका छन् ।

कृषकलाई वातावरण सुहाउँदो आधुनिक खेती किसानीतर्फ आर्कर्षित गर्नुपर्ने देखिन्छ । अहिले गाउँघरको सबैभन्दा ठूलो समस्या भनेको आफूले खेतबारीमा लगाएका अन्नबाली भिœयाउन नपाउनु हो । दिउँसो बाँदरले अन्नबाली लुछेर सिध्याउँछन् भने राती दुम्सीले आलु फल्न दिँदैनन् । बँदेल र भालुबाट मकै बचाउन गाउँलेले अनिँदो बस्नुपर्ने बाध्यता बढ्दै गएको छ । बसाइसराइका कारण गाउँघर रित्तिँदै जाँदा जंगली जनावर घरसम्मै आइपुग्न थालेका छन् । जसका कारण गाउँघरमा बस्नेहरू बस्नु र भाग्नुको अवस्थामा पुगिसकेका छन् ।

अहिलेसम्म जंगली जनावरबाट किसानका बालीनाली जोगाउन खासै पहल हुन सकेको छैन । अब भने गाउँलेबाट चुनिएर आएका जनप्रतिनिधिले गाउँलेका समस्या पहिल्याउँदै उनीहरूका आवश्यकता परिपूर्ति गर्नुलाई नै आफ्नो कर्तव्य ठान्नुपर्छ । यसो भएमा मात्रै गाउँलेहरू गाउँमै बस्न सक्ने वातावारण बन्नेछ भने जनप्रतिनिधिले फेरि पनि भोट पाउने सुनिश्चितता हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी