ट्रेड युनियनमाथि बिचौलिया धन्दाको आरोप

काठमाडौं । बोलीमा सुशासन र सेवा प्रवाहको चर्को भाषण दिने कर्मचारी सम्बद्ध ट्रेड युनियनका नेता व्यवहारमा भने ठीक उल्टो देखिन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र उनको सचिवालयले कर्मचारी सरुवामा लाखौं रुपैयाँ लेनदेन गरिरहेको सूचना सार्वजनिक हँुदासमेत कर्मचारी सम्बद्ध ट्रेड युनियन चुपचाप लाग्नुले यो धन्दामा उनीहरूको पनि संलग्नताका आधार देखिन थालेका छन् ।

सामान्यको सरुवामा आर्थिक लेनदेन प्रकरण

सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिमा सचिवालयकै कर्मचारीमार्फत आर्थिक लेनदेन हुँदा र विकृति बढ्दासमेत कर्मचारी सम्बद्ध सबै ट्रेड युनियनले कुनै विरोध गरेका छैनन् ।

मन्त्रालय स्रोतका अनुसार ट्रेड युनियनका नेताहरू आफंै पनि सरुवामा रकम लेनदेन गर्न थालेकाले उनीहरूले मन्त्रालयको गलत कामको प्रतिरोध गर्न नसकेका हुन् । राष्ट्रियस्तरमा रहेका एमाले किट नेपाल निजामती कर्मचारी संगठन, कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेकपा एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन र मधेसी दलनिकट मधेसी निजामती कर्मचारी संगठनका जिम्मेवार पदाधिकारी नै कर्मचारी सरुवा गर्दा बिचौलियाका रूपमा पैसा संकलन गर्ने कार्यमा लागेको स्रोतको दाबी छ । ‘सबै संगठनका कुनै न कुनै व्यक्ति तथा पदाधिकारी बिचौलियाका रूपमा सरुवा धन्दा सञ्चालन गरिरहेका छन् त्यसैले पनि विकृति बढेको हो,’ मन्त्रालयका एक कर्मचारीले राजधानीसँग भने ।

ट्रेड युनियनका नेताहरू सरुवाको सिजनमा अक्सर सामान्य प्रशासन मन्त्रालयमा बाक्लै आउजाउ गर्ने गरेका छन् । उनीहरूले सरुवा गर्नुपर्ने कर्मचारीको सूची मन्त्री, सचिव तथा सहसचिवलाई बुझाएर सरुवा गरिदिन दबाब दिने गरेका छन् । ती नेताहरूले दिएको सूचीअनुसार कुनै कर्मचारीको सरुवा भएमा उनीहरूले सरुवा भएका सम्बन्धित कर्मचारीसँग पैसा लिनुका साथै अन्य लाभसमेत लिने गरेका छन् । ट्रेड युनियनका नेताले खबरदारी गर्नुको साटो आफंै गलत धन्दामा लाग्न पुग्दा मन्त्रीको सचिवालयलाई पनि सरुवामा पैसा उठाउन सहज भएको बताइएको छ ।

एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहनकुमार घिमिरे र मधेसी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी लगायतले सामान्य प्रशासनमा देखिएको सरुवा विकृति रोक्न कुनै पहल नगर्दा उनीहरूमाथि समेत मन्त्रीको गलत धन्दामा सहयोग गरेको आरोप लागेको हो । यीमध्ये सरकारमा रहेका दलनिकट ट्रेड युनियनले आफ्ना नेताहरूको नाम लिँदै सरुवामा बढी चलखेल गर्ने गरेको बताइएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सामान्यले गरेको गलत सरुवा र मन्त्रीको सचिवालयको गरेको गलत कार्य’bout अध्ययन भइरहेको र त्यसविरुद्ध आपूmहरूले खबरदारी गर्ने प्रतिबद्धता जनाए । ‘सरुवामा हाम्रो कुनै भूमिका हँुदैन त्यसैले हामीलाई मुछ्न जरुरी छैन,’ कोइरालाले भने । आपूmहरू यतिखेर निजामती सेवा ऐन ल्याउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएकाले अन्य विषयमा सोच्ने नसकिएको स्पष्ट पारे ।

– मन्त्रीलाई खबरदारी गर्नुको साटो उल्टै मिलिमतो

नेकपा एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहनकुमार घिमिरेले ट्रेड युनियनका नेताले मन्त्रीको गलत धन्दा रोक्न नसक्दा आपूmहरूमाथि प्रश्न आउनु स्वाभाविक भएको बताए । ‘मन्त्रीसँगै कतिपय ट्रेड युनियनका नेता सरुवामा बिचौलियाका रूपमा प्रयोग भइरहेका छन्, यसले प्रशासनमा थप विकृति ल्याएको छ,’ अध्यक्ष घिमिरेले राजधानीसँग भने ।

घिमिरले ट्रेड युनियनका केही नेता सरुवामा सहभागी भएर कमाउ धन्दामा लागेकाले मन्त्रीलाई गलत काम गर्न सहज भइरहेको बताए । सरुवामा भएका आर्थिक चलखेलका ’boutमा आपूmले मन्त्री र सचिवलाई खबरदारी गरेको घिमिरेले दाबी गरे । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले युनियनका कुनै पनि पदाधिकारी सरुवा धन्दामा संलग्न भएको पाइए आपूmले कडा कारबाही गर्ने दाबी गरे ।

मन्त्रालयको गलत सरुवामा आपूmहरूको कुनै संलग्नता नरहेको त्यस्तो देखिए आपूmहरूले खबरदारी गर्ने पोखरेलले बताए । उनले पनि अहिले सबैभन्दा ठूलो विषय निजामती सेवा ऐन भएकाले त्यही विषयमा आपूmहरू केन्द्रित रहेकाले सरुवामा देखिएको विकृति’bout छलफल नगरिएको अब भने खबरदारी गरेर अघि बढ्ने बताए ।

यस्तै, माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले पनि मन्त्रालयमा भएको सरुवा चलखेलले विकृति सिर्जना गरेकाले त्यसलाई रोक्न सबै ट्रेड युनियन एकीकृत रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले आपूmले यस विषयमा मन्त्रालयको प्रशासनिक र राजनीति नेतृत्वलाई विभिन्न समयमा ध्यानाकृष्ट गराउँदै खबरदारी गरेको पनि जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 491 times, 1 visits today)

epaper

ताजा समाचार

६ असार २०८३