निर्वाचन आन्तरिक तयारीमा जुटे दल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् ।
विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित गतिविधिमा जुट्न थालेका छन् । निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), सत्तारूढ दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मतपरिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारीमा जुटेका छन् ।

प्रमुख राजनीतिक दलका साथै जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, स्वतन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावनालगायतका साना दलसमेत निर्वाचनकेन्द्रित गतिविधि थालेका छन् ।

प्रमुख, सानाका साथै स्वतन्त्र उम्मेदवारका निर्वाचन केन्द्रित प्रशिक्षण, भेला, बैठकलगायत सुरु


राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका साथै साना एवं स्वतन्त्र उम्मेदवार हुन चाहने नेताले पनि निर्वाचन क्षेत्रमा चुनावी गतिविधि सुरु गरेका छन् ।

चोक–चोकमा चियासँगै निर्वाचनसम्बन्धी चर्चाले तीव्रता पाएको छ । आ–आफ्ना समर्थक एवं आफूनिकटका नेताका राम्रा र विपक्षीका नराम्रा कुरा गरेर सर्वसधारणलाई आफ्नो पक्षमा पार्ने विषयमा कुराकानीकेन्द्रीत छ ।

फेरि पनि धाँधली नहोस् : शाक्य

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन मिति घोषणा भएसँगै पार्टीले प्रदेश तथा जिल्लास्तरमा प्रशिक्षण, भेला, बैठकलगायत गतिविधि सुरु गरेको बताउँछिन् । प्रशिक्षण, भेलालगायत गतिविधि सातै प्रदेश र ७७ वटै जिल्लामा भइरहेको छ । सरकार र निर्वाचन आयोगले ‘निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने’मा एमाले स्पष्ट रहेको उनले बताइन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको सरकार र निर्वाचन आयोगले ‘जुन धाँधली, मनोमानी र कानुन मिचेर गतिविधि ग¥यो,’ शाक्यले भनिन्, ‘फेरि पनि त्यस्तै नहोस् भन्नेमा एमाले सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छ ।’

पार्टीले प्रशिक्षण, भेलालगायत गतिविधि गण्डकीमा सम्पन्न गर्न जिम्मेवारी दिएअनुसार आफू गण्डकी प्रदेशको विभिन्न जिल्ला पुगिरहेको शाक्यले बताइन् । ‘तोकिएकै समय निष्पक्ष, स्वच्छ, र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा एमाले स्पष्ट छ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘तर पाँच दलीय गठबन्धनले सत्ता दुरुपयोग गर्दै भागबन्डा गरेर जसरी पनि एमालेमाथि आक्रमण गर्ने योजनामा रहेको तर त्यसको जवाफ जनताले मतदानमार्फत गर्नेछ ।’

आन्तरिक तयारीमा जुट्यौं : खाँण

सत्तारूढ कांग्रेस प्रवक्ता बालकृष्ण खाँण निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिनन्छन् । कांग्रेस पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेका बताउ“दै उनले सोहीअनुसार सिट बाँडफाँडसँगै पार्टीले निर्वाचन क्षेत्रकेन्द्रित गतिविधि गर्ने जानकारी दिए ।

कांग्रेसले आफ्ना उम्मेदवार विजयी गराउन संगठन, भ्रातृसंगठनलगायतलाई परिचालन तथा भेला तयारी गरिरहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा केन्द्रित बैठक, भेला, प्रशिक्षणलगायत विषयमा पार्टी आन्तरिक तयारीमा रहेको खाँण बताउँछन् ।

राम्रो परिणाम ल्याउँछौं : महरा

नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महरा निर्वाचनको आन्तरकि तयारीमा पार्टी जुटेको बताउ“छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ‘राम्रो परिणाम’ ल्याउन पार्टी र मतदाताबीचमा सम्बन्धन विस्तारमा पार्टी जुटेको उनले बताए ।
‘जनताको घरघरमा पुग्ने र भेटघाट गर्ने, अध्यक्ष कमरेड प्रचण्ड जपान भ्रमण गरी नेपाल फर्किएपछि २५ साउनपश्चात् पार्टीको बैठक बोलाउनेछ,’ उनले भने, ‘त्यसपछि बैठकमा छलफल गरेर छिट्टै प्रदेशस्तरमा प्रशिक्षण, भेला, बैठकलगायत कार्यक्रम बनाएर अघि बढने छौं ।’

जनताका दैलोमा पुग्दै छौं : साह

एकीकृत समाजवादी उपाध्यक्ष धर्मनाथ साह निर्वाचनकेन्द्रीत गतिविधि सुरु भइसकेको जनाउ“छन् । सचिवालय निर्णयअनुसार पार्टी कमिटी गठन, पुनर्गठन गर्दै जनताका घरघरमा पुग्ने काम एकीकृत समाजवादीले गरिरहेको उनले बताए ।

‘हामीले निर्वाचनकेन्द्रीत गतिविधि सुरु गरिसकेका छौं, जनताका घरघरमा पुग्ने, भेटघाट, कमिटी विस्तार, गाउँगाउँमा भेलालगायत गरिरहेका छौं,’ उपाध्यक्ष साहले भने, ‘पार्टीले छिट्टै थप कार्यक्रमसहित निर्णय गरेपछि सोहीअनुसार गतिविधि अगाडि बढ्नेछ । अहिले पार्टी तथा भ्रातृसंगठनका नेतालाई प्रशिक्षणसमेत दिइरहेका छौं । यी प्रशिक्षण कार्यक्रम अब प्रदेश, जिल्लाका साथै निर्वाचन क्षेत्रमा समेत हुन्छ ।’

प्रशिक्षण–परिचालन योजना बन्दै छ : यादव

जसपा कार्यकारिणी समिति सदस्य रामसहाय यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रीत गतिविधि जिल्ला तथा निर्वाचन क्षेत्रमा भइरहेको बताए । कमिटी गठन तथा पुनर्गठनलगायत कार्यक्रमसमेत अघि बढाइएको यादवले बताए ।

‘हामी छिट्टै प्रदेश, जिल्लास्तरमा प्रशिक्षण, भेला, बैठकलगायत अघि बढाउने तयारीमा छौं,’ कार्यकारिणी समिति सदस्य यादवले राजधानीसँग भने, ‘प्रदेश, जिल्लास“गै भ्रातृसंगठनका नेतालाई प्रशिक्षण दिने र निर्वाचनमा परिचालन गर्ने योजना निर्माणमा पार्टी लागेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु