बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा ‘सक्कल फाइल’ झिकाउन आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साहलाई नियुक्ति दिने समय भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश दिएको हो ।

‘आफूले न्यायाधीश बन्ने समय सबै योग्यता पु¥याएको तर पाँच वर्ष काम गरेपछि नियत राखेर हटाइएको’ जिकिर गर्दै साहले सर्वोच्च रिट दिएकी थिइन् । रिटमा ‘अन्तरिम आदेश जारी गरी पाऊँ’ भनेर निवेदन दिए पनि सर्वोच्चले भने ‘कारण देखाऊ’ आदेश मात्रै जारी गरेको छ ।

न्यायाधीश साहलाई परिषद्ले ‘योग्यता नपुगेको र योग्यताको प्रमाण पु¥याउन नसकेको’ भन्दै बर्खास्त गरेको थियो । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत साहलाई न्यायपरिषद्ले स्पष्टीकरण सोध्दै हटाएको थियो ।

‘निवेदिका रेणुका साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि मिति २०७५ चैत १९ मा भएको निर्णयको सक्कल इजलासमा पेस गर्नू’ आदेशमा भनिएको छ, ‘निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९ असार २४ मा न्यायपरिषद्बाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद् सचिवालयबाट पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजानेगरी झिकाउनू ।’

अधिवक्ता सल्लु तिवारीविरुद्ध न्यायपरिषद्को मुद्दामा सर्वोच्चबाट २६ जेठ २०७६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउन पनि आदेश गरेको छ ।

योग्यतामाथि प्रश्न उठेपछि न्यायपरिषद्ले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सीटीईभीटीमा कार्यरत साहलाई चोलेन्द्रशमशेर राणाले आफ्नो कोटामा उच्च अदालतमा नियुक्ति दिएका थिए । उनी पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । कानुन व्यवसायीको प्रमाणपत्र लिएर पनि वकालत नगरेको र सीटीईभीटीमा काम गर्दागर्दै उनी उच्च अदालत न्यायाधीशमा सिफारिस भएकी थिइन् ।

साहको योग्यतामाथि सार्वजनिक प्रश्न उठेपछि न्यायपरिषद्ले छानबिन गरेर न्यायाधीशबाट बर्खास्त गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले योग्यताका लागि प्रमाण पेस गर्न स्पष्टीकरण सोधेको थियो । तर, उनले प्रमाण जुटाउन नसकेपछि बर्खास्तमा परेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार