२७ रिक्त न्यायाधीश पदमा २ सय ७७ को आवेदन

काठमाडौं । न्याय परिषदद्वारा रिक्त उच्च अदालतका लागि २७ न्यायाधीशका लागि आवेदन माग भएकोमा २ सय ७७ आकांक्षीले आवेदन दिएका छन् । परिषद्ले पहिलोपटक उच्च अदालत न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गर्दैै आवेदन माग गरेको थियो ।

सो आवेदनमा जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारीलगायतले आवेदन दिएका थिए । जसमध्ये ७६ जिल्ला न्यायाधीशले पनि आवेदन दिएका छन् ।

त्यस्तै, कानुन व्यवसायीबाट १ सय ७४ र कर्मचारीतर्फ ४६ जनाको आवेदन परेको छ । यसरी आवेदन दिनेमध्ये ११ महिला र बाँकी पुरुष छन् ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी