गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ ।

स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनबाहिरका दलसमेत गठबन्धनमा जोडिने कसरतमा छन् ।

सत्तारूढको महागठबन्धन कसरत

पछिल्लो समय गठबन्धनको एक घटक जसपाबाट अलग भएको डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सम्म सत्तारूढ गठबन्धनसँग जोडिने पक्षमा छन् ।

भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै ‘गठबन्धनमै रहने’ चाहना व्यक्त गरेका थिए भने लोसपा नेतासँग पनि देउवाको बाक्लो भेटघाट भइरहेको छ ।

यसैगरी, नेकपा एमालेबाट अलग भएर बामदेव गौतमले नेतृत्व गरेको दल पनि सत्तारूढ गठबन्धनसँगै मिलेर आगामी निर्वाचनमा होमिने पक्षमा छ भने गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आप्mनो समूहलाई ‘पाँच दलीय गठबन्धनमा समेट्न’ भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवासँग आग्रह गर्दै निवेदन नै दिएका छन् ।

सफलले मंगलबार विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी निर्वाचनमा जोडिने’ विषयमा छलफल भएको बताएका थिए ।

केही दलको चाहना : पौडेल
कांग्रेस नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनमा भित्रिन केही दलबाट चाहना व्यक्त भएको जानकारी दिएका छन् ।

‘केही दलबाट गठबन्धनमा भित्रिन चाहना व्यक्त भएका छन्, कतिसम्म काँध थाप्न सकिन्छ, थाप्ने हो, प्रधानमन्त्रीले सो विषयमा गठबन्धनभित्र र पार्टीभित्र पनि छलफल गर्नुहोला,’ पौडेलले राजधानीसँग भने ।

यसैगरी, झापालगायत केही जिल्लामा गठबन्धनको जितलाई सहज बनाउनेगरी कमल थापा नेतृत्वको दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई पनि गठबन्धनमा समेट्ने प्रयास भइरहेको बताइन्छ ।

गठबन्धनमा आबद्ध दल कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल सहमति गरिसकेका छन् । उनीहरूले सहमतिबमोजिम नै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदलसमेत बनाएका छन् ।

‘गठबन्धनबाहिरका केही दलको भित्रने चाहना छ, प्रधानमन्त्रीले केहीलाई बचन पनि दिनुभएको छ, प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनमा केही अन्य दल जोडिन सक्छन्,’ बालुवाटार स्रोतले राजधानीसँग भन्यो ।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने निर्णय यसअघि नै गरिसकेको छ । सो दलका दोस्रो वरीयताका अध्यक्ष महिन्द्रराय यादवले ‘कसैले निषेध गर्दै’मा आफूहरू सत्ता गठबन्धनबाट बाहिर नहुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 612 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस