‘नक्कली प्रमाणपत्र भेटिए’पछि सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन नम्बर २ ओखलढुंगाका पूर्वसबइन्जिनियरको प्रमाणपत्र नक्कली भेटिएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सबइन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्र’bout छानबिन गर्दा ‘नक्कली भएको’ खुलेपछि विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगका अनुसार यादवले सुनसरी टेक्निकल कलेज, धरानबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङका प्रमाणपत्र, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्टसमेत नक्कली बनाएका थिए । सोही प्रमाणपत्रका आधारमा सरकारी लाभ वा सुविधा प्राप्त लिएका थिए ।

यादव, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नम्बर २, ओखलढुंगामा २०७६ देखि २०७७ असार मसान्तसम्म कार्यरत थिए । आयोगले यादवलाई ‘झुट्टा विवरण’का आधारमा सरकारी लाभ लिएको अभियोग लगाएको हो ।

भ्रष्टाचार निवारणमा झुट्टा प्रमाणपत्र पेस गरेमा कसुरको मात्राअनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजारसम्म जरिमाना हुने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 364 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले सार्वजनिक गर्यो घोषणापत्र, भन्यो– नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन