प्रहरी चौकीमा आक्रमण, असइसहित दुइ घाइते

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

सिन्धुपाल्चोक । प्रहरी चौकी तिपेनीमा गएराती अज्ञात समुहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्ज सहित दुइ प्रहरी घाइते भएका छन् । गएराती १ बजेको समयमा १०/१२ वटा मोटरसाइकलमा आएका समुहले एक्कासी प्रहरी चौकीमा ढुङगामुडा गरेका थिए ।

अज्ञात समुहको आक्रमणबाट चौकीका इञ्चार्ज असइ सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमीरेले जानकारी दिए । प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो । आक्रमणमा संलग्गन मध्ये एक जना र दुइ मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षकी घिमीरेले जानकारी दिए ।

घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप मदत तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राती नै घटनास्थलमा पुगेका छन् । प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने