भाइले प्रहरीमा लगेर थुनाउछु भनेपछि तीन जनाको खुकुरी प्रहार गरेर हत्या

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामुहिक हत्या काण्डका आरोपितलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–ं. ७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आईतवार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

घटनामा संलग्न आरोपी बेलका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षिय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । मृतकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्या प्रश्चात फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका– ६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरी सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेलका नगरपालिका– ७ गोवाटारस्थित बाबिङ खोलामा एकै परिवारका ३७ बर्षिय राजकुमार बस्नेत, उनकी श्रीमति ३३ बर्षिय सरिता बस्नेत र १२ बर्षिय छोरा सुजन बस्नेतको हत्या गरेको थियो । आरोपितले राजकुमार सहित उनकी श्रीमती र छोरालाइ एकान्त स्थान बाबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयलले जानकारी दिए । घटना बिहान साढे ११ बजे भएको भए पनि घटना एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउसो ३ बजे घटनाको ’boutमा जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरदेखि खेततीर जाँदै गरेका ३७ वर्षीय भाई राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १२ वर्षीय भतिज सुजन बस्नेतको हत्या गरेका हुन् । बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गई रहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका हुन् । खुकुरी भिरेका नरबहादुरले भाइ राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेत पुगि सकेका बुहारी सरिता र भतिज सुजनलाई खोलामा काटेर हत्या गरेको स्वीकारेका छन् ।

एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार बिहान ११ः०० बजेको घट्ना’bout ३÷४ घण्टासम्म कसैलाई जानकारी थिएन । कसैले नदेखेको हुनाले निर्धक्क घट्ना घटाएर हिडेका बस्नेतलाई भाग्दै गरेको अबस्थामा पक्राउ गरेको हो । मृतक र हत्या आरोपितका बाजेहरु दाजु भाई हुन । घरायसी बिवादले उग्र रुप लिदाँ हत्याको घटना हुन पुगेको अनुमान गरेको छ । हत्या आरोपित बस्नेतले आफुलाई प्रहरीमा लगेर थुनाउछु मात्र भन्ने गरेकाले खेतमा गएको मौका छोपि बाटो ढुकेर जंगलमा लुकेर बसि राजकुमारको हत्या गरेको बताएका छन् । त्यसपछि बुहारी र भतिजलाई पनि खेतबाट लखेट्दै खोलामा लगेर हत्या गरेको स्विकारेका छन् । पक्राउ परेका हत्या आरोपी बस्नेतलाई आईतवारै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार