तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत

तेह्रथुम । तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई राजनले सोही गाउँपालिका–२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती