उम्मेदवारलाई कसम खुवाएर मात्रै मतदान गर्ने बाढी पिडितको योजना


बझाङ । गएको बर्ष परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पिडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन् । बाढी पहिरोका कारण उठिबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढी पिडितहरुले बगाएको घर खेत देखाउँदै आफुहरुका समस्या समाधान गर्ने दललाई भोट दिने बताएका हुन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी उम्मेदवारहरु घरदैलोमा पुगेका बेला आफुहरुको समस्या समाधानका लागि कुनै पनि पहल नगरेको बताउँदै आगामी निर्वाचनमा बाढी पिडितका समस्या समाधान गर्ने प्रतिबद्धता गराए पछि मात्र भोट दिने बताएका हुन् । खप्तडछान्ना – १ खाती गाउँका शुरेन्द्र खातीले भने ‘एक बर्ष सम्म आश्वासनमा बितायौ, सरकारी क्षेत्रबाट सोचे जति सहयोग भएन । यो निर्वाचनमा भने हाम्रा समस्या समाधान गर्नेलाई कसम खुवाएर मात्रै भोट हाल्ने निर्णयमा पुगेका छौ ।’ बाढी र पहिरोका कारण उठिबास भएका जिल्लाको खप्तड छान्ना गाउँपालिकाका झण्डै ७७ परिबारको अहिले सम्म पनि बिचल्लीमा छन् ।

कसैको बस्ने घर छैन् भने कसैले आफन्तको गोठ तथा घरमा शरण लिएर बस्नु परेको छ । उब्जनी हुने खेतीयोग्य जमिन बगरमा परिणत भए पछि यहाँका बाढी पिडितहरुलाई एक छाक टार्न समेत धौ धौ भएको छ । घर खेत बगाएर सुकुम्बासी बनेका खप्तड छान्ना – १ का रिने खातीले भने ‘पटक पटक बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा धाउँदै आएको छु । सबै ठाँउबाट आश्वासन मात्र पाईयो । अझ चुनावका बेला पनि भोट देउ भनेर घरदैलोमा पुगेका छन् । जसले हाम्रा समस्या सुन्छ र काम गर्छ उसलाई कसम खुवाएर मात्र भोट दिन्छौ ।’

खाती त प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै पालिकाका अन्य बाढी पिडितको समस्या बेग्लै छैन् । यस बर्ष समेत ठूलो बाढी आउँछकी भनेर रातभरी जाग्राम बस्नु पर्ने खातीगाउँ बासीका कथाहरु झन घत लाग्दा छन् । खप्तड छान्ना गाउँपालिका– १ खातीगाउँका हर्कखातीले भन्ने “ घरको आगनमा खोला छ, राती सामान्य बर्षा भएपनि सुत्न सकि रहेका छैनौ, कती खेर घर बगाउने हो भन्ने चिन्ता छ । अलि अलि सिमसिम पानीपर्ना साथ खोला बढेर आई हाल्छ, रात भरि खोला हेरेर जाग्राम बस्नु पर्ने अबस्था छ । बाढी पहिरो पिडितका समस्या प्रति संवेदनशिल भएर काम गर्ने नेता लाई हाम्रो सहयोग हुन्छ ।’

गएको बर्षा संगै आएको बाढीले बगाएको खातीगाउँ लगायतका अधिकाशं बस्तीहरु जडारी गाडले कटान गरिरहेको छ । खप्तड छान्ना गाउँपालिकाको कालुखेती, घाटखोला, पसलबगर, ऐचेली बगर , खातीगाउँ र ऐराडा लगायतका एक दर्जन भन्दा बढी गाउँहरु बाढी र पहिरोको उच्चजोखिममा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती