विद्यार्थी अपहरण र हत्या अभियोगमा सहायक प्रधानाध्यापक पक्राउ

पर्सा । पर्साको वीरगन्जमा अपहरणमा परेको एक महिनापछि मृत भेटिएका बालकको हत्यामा उनकै भाइस प्रिन्सिपल मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ । वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको पुरानो भवनमा रहेको सेफ्टी ट्याङ्कीमा १४ वर्षीय नीरजकुमार पासवानको शव भेटिएको थियो ।

सो विद्यालयका गणित शिक्षकसमेत रहेका भाइस प्रिन्सिपल दिलीपकुमार पटेलसहित दुई जनालाई पक्राउ गरेको छ । मंसिर ५ गतेदेखि नीरज सम्पर्कविहीन थिए । घटनाको भोलिपल्ट आफन्तले प्रहरीमा निवेदन दिएका थिए । त्यसको १२ दिनपछि आफन्तलाई ५० लाख रुपैयाँ फिरौती मागिएको अनुसन्धानमा खुलेको छ । तर प्रहरीले त्यस’bout मंसिर २५ गते मात्र जानकारी पाएको जनाएको थियो ।

प्रहरीले पुस १० गते पटेल बस्दै आएको भवनको अगाडि पट्टी रहेको सेफ्टी ट्याङ्कीबाट बालकको शव फेला पारेको हो । मंसिर ५ गते शिक्षक पटेलले नीरजलाई कोठामा बोलाइ अन्य दुई जना समेत मिलेर हात खुट्टा बाँधेर बन्धक बनाउन खोज्दा बालक भाग्न खोजेपछि बदनाम हुन सक्ने डरले सोही दिन उनको हत्या गरेर सेफ्टी ट्यांकीमा शव फालिएको दाबी पर्सा प्रहरी प्रवक्ता दीपक गिरीले गरेका छन् ।

मृतकका बुबाले मुआब्जा बापतको पैसा पाउन लागेको चाल पाएपछि बालकको अपहरण भएको देखिएको पनि प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 478 times, 1 visits today)

epaper

ताजा समाचार

अब काठमाडौंबाट हेटौंडा जाने आउने कसरी ? यस्तो छ नयाँ रुट