बालबालिकालाई मिस नेवा सविनाको सहयोग

काठमाडौं । मिस नेवाःको उपाधि जितेपछि सामाजिक कार्यमा उत्रने बाचा गरेकी मिस नेवाः नेपाल सविना बज्राचार्य सामाजिक कार्यमा उत्रिएकी छिन् । उनले आफ्नो जन्म दिनको अबसर पारेर बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छिन् ।

बज्राचार्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा एकता फाउन्डेसन नेपालका ५० जाना दलित बालबालिकालाइ शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएकी हुन् ।

मिस नेवाः बज्राचार्यले फजुल खर्च गरेर जन्म दिन मनाउनुको साटो बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर जन्म दिन मनाउँदा भिन्दै आनन्द प्राप्त भएको बताइन् ।

कार्यक्रममा मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमेकी अध्यक्ष हेमा मानन्धर, लायन्स क्लब अफ डिस्ट्रीकका जोन चियर पर्सन अशोक कुमार श्रेष्ठलगायतले उनको सामाजिक कार्यको प्रसँसा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी