राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर

काठमाडौं । राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतको पूर्ण इजलासले आज उनलाई दोषी ठहर गरेको हो ।

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

रिजालले २०७५ वैशाख १५ गते राजस्व अनुसन्धान विभागबाट शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए । त्यसअघि उनी खानेपानी, ढल निकास विभाग तथा भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा समेत कार्यरत थिए ।

रिजालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती स्वस्थानी रिजालसमेतको नाममा राखेको दाबी अख्तियारको थियो । विशेष अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद