सांग्रिला बैंकको डोनेसन बक्स

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत गण्डकी प्रदेश, मुस्ताङको बारा मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । उक्त सहयोगले मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजीव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली तथा बैंकका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा देशभर रहेका ९१ शाखा कार्यालयबाट आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती