भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

काठमाडौं, ५ फागुन । भारतीय सेनाका चारजना पूर्वप्रमुखहरु काठमाडौं आइपुगेका छन् । नेपाली सेनाले आफ्नो दिवसको अवसरमा गर्न लागेको विशेष समारोहमा गरेको निमन्त्रणाअनुसार उनीहरु काठमाडौं आएको हो । हरेक वर्ष महाशिवरात्रीको दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।

यसवर्ष शनिबार महाशिवरात्री परेको छ । जसअनुसार नेपाली सेनाले शनिबार आफ्नो २६०औँ स्थापना दिवस मनाउँदै छ । शनिबार नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दै छ ।

नेपाली सेनाको निमन्त्रणमा भारतीय सेनाका पूर्वप्रमुखहरु दीपक कपुर, जोगिन्दर जसवन्त सिंह, विश्वनाथ शर्मा र दलवीरसिंह सुहाग काठमाडौं आइसकेका छन् भने मनोजमुकुन्द नरवाने भने शनिबार मात्र काठमाडौं आइपुग्ने भएका छन् ।

उनीहरु सैनिक मञ्च टुँडिखेलमा हुने समारोहमा सहभागी हुनेछन् भने यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

शनिबार साँझ सैनिक मुख्यालय जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने उनीहरुले आइतबार जंगी अड्डामै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह