विकास पहाडतिर उक्लिँदै मान्छे तराई झर्दै

गोरखाको अजिरकोट गाउँपालिका–३, स्थित सुन्दर नम्की बजारमा रहेको नम्की होमस्टे । उक्त होमस्टे अजिरकोट गाउँपालिकाका पर्यटकिय स्थल घुम्न जानेहरुका लागि बास बस्न रोजाईमा पर्ने गर्दछ । तस्विर : दीपक श्रेष्ठ, रासस

गुल्मी । बढ्दो बेरोजगारी । गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभाव । अहिले गाउँमा देखिएको मुख्य समस्या यही हो । यही समस्याको परिणाम अहिले गाउँ रित्तिँदै गएका छन् । अर्थात् दिनप्रतिदिन मानिसले बसाइँसराइ गर्दै गएका छन् ।

विकास पहाडतिर आउँदै छ, मानिस तराईतिर झर्दै छन् । गुल्मीमा पछिल्लो ११ महिनाको तथ्यांक हेर्दा बसाइँसराइको डरलाग्दो स्थिति छ । जिल्लाबाट गत वर्ष २०७९ वैशाख १ देखि चैत ८ गतेसम्म ११ महिनाको अवधिमा १ हजार ४ सय १ परिवाका ५ हजार ३ सय ४५ जनाले गाउँ छोडेका छन् । अर्थात् बसाइँसराइ गरेका छन् । राष्ट्रिय पञ्जीकरण विभागकाअनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा धेरै मुसिकोट नगरपालिका र सबैभन्दा कम इस्मा गाउँपालिकाबाट बसाइँसराइ गरेका छन् ।

नौ महिनाको अवधिमा मुसिकोटबाट १ सय ७५ परिवारका ७ सय २२ एवं इस्माबाट ७२ परिवारका २ सय ४८ जनाले गाउँ छाडेका छन् । त्यस्तै, रेसुंगा नगरपालिकाबाट सय परिवारका ३ सय ४८, कालिगण्डकी गाउँपालिकाबाट १ सय ४ परिवारका ३ सय ९४ जना, गुल्मीदरबार गाउँपालिकाबाट १ सय २२ परिवारका ४ सय ८५ जनाले गाउँ छोडेको तथ्यांक छ ।

सत्यवती गाउँपालिकाबाट १ सय ५९ परिवारका ५ सय ८१, चन्द्रकोट गाउँपालिकाबाट १ सय १८ परिवारका ४ सय ५५, रुरुक्षेत्र गाउँपालिकाबाट १ सय १४ परिवारका ४ सय १४, छत्रकोट गाउँपालिकाबाट १ सय ३७ परिवारका ५ सय ३१, धुर्कोट गाउँपालिकाबाट १ सय १ परिवारका ३ सय ९१, मदाने गाउँपालिकाबाट १ सय ११ परिवारका ४ सय ११ जना र मालिका गाउँपालिकाबाट ८७ परिवारका ३ सय ३१ जनाले गाउँ छाडेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले बसाइँसराइ रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको बताए । ‘स्वास्थ्य र शिक्षा राम्रो भएमा नागरिक गाउँ बस्छन् ।’ उनले भने, ‘कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना छ ।’ अर्यालले रोजगारी सिर्जना र मानिसको अत्यधिक बसाइँसराइ रोक्न भने आपूmहरूको कदम पर्याप्त नभएको बताए । यसका लागि अन्तर पालिका समन्वय र संघीय र प्रदेश सरकारले पनि ठोस योजना बनाउनुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 436 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार