काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचाैं राष्ट्रिय महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई हस्तान्तरण कार्यक्रममा आइतबार सो जानकारी दिइएको हो ।
गत जेठमा तय भएको महाधिवेशन विवादका कारण स्थगन भएको थियो । सो विवाद समाधान गर्न सदस्यता’bout छानबिन गर्न समिति गठन गरिएको थियो । सो समितिले केन्द्रीय समितिलाई दिएको प्रतिवेदनका आधारमा महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई बुझाइएको हो ।
अब हुने महाधिवेशनका लागि केन्द्रीय समिति र समितिले मनोनयन गर्ने १० राष्ट्रिय प्रतिनिधिबाहेक नै १ हजार ३ सय ७६ प्रतिनिधि चयन भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)