सच्चिने कि सक्किने ?

ओम बानियाँ

गत १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको शानदार सफलता र नेपाली कांगे्रससहितको गठबन्धन तथा नेकपा एमालेको लज्जाजनक हारपछि समाजिक सञ्जालमा कांगे्रस, एमाले तथा माओवादी केन्द्रजस्ता पार्टीलाई अब ‘सच्चिने कि सक्किने ?’ भनेर खिसीटिउरी गर्ने तथा अर्थीपँर्ण प्रहार गर्ने कार्य भइरहेका छन् । कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, ‘बरु, गधागाई बन्न सक्ला तर पुराना ठुला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बँढा नेताहरू सुध्रिनेवाला छैनन् ।’

आमनागरिकले मात्र होइन, तत्तत् पार्टीका कतिपय कार्यकर्ता तथा युवा नेताले समेत यस्तै आशय व्यक्त गरेका छन् । नेपाली कांगे्रसका नेताशेखर कोइराला तथा गगन थापा समँहले यही मौकामा जोडतोडसाथ पार्टी रूपन्तरणको मुद्दा उठाएका छन् भने देउवा समँह भने मौन छ । मानौं, यस हारमा देउवा नेतृत्वको कुनै गल्ती तथा कमजोरी छैनन् । उनीभन्दा सक्षम नेता कांगे्रसमा अर्को छैन ।

देउवा, ओली तथा प्रचण्डहरू यस विषयमा मौन भए पनि माधव नेपालले भने ‘अब पनि हामी सच्चिएनौं भने ठुलो मँल्य चुकाउनुपर्छ’ भनेका छन् । तर यो उनको ओठेगफ मात्र हो । त्यो ’cause देउवा, ओली, प्रचण्ड तथा माधवजस्ता पटकपटक मन्त्री तथा प्रधानमन्त्री भएका कोही पनि नेता सच्चिनेवाला छैनन् । सच्चिन आवश्यक पनि ठान्दैनन् । सच्चिने चाहेर पनि सच्चिन सक्दैनन् । देउवा ५–५ पटक प्रधानमन्त्री हुँदासमेत सच्चिएनन् भने अब कहिल्यै सच्चिएलान् र ?

यदि कुनै पनि व्यक्तिले कार्य गर्दा आफ्नो गल्ती तथा कमीकजोरी देख्यो भने पो सच्चिन्छ वा सच्चिने प्रयास गर्छ । ‘मैले जे गरेको छु, ठीक गरेको छु, मभन्दा समक्ष व्यक्ति अर्को को छ ?’ भन्ने अहं छ भने व्यक्ति सच्चिने कुरै भएन । मनोविज्ञानको एक गहन विषय के हो भने प्रायः व्यक्तिले आफैं बनाएको अहंकारको पहाड आफैं भत्काउने साहस नै गर्दैन । यस्ता व्यक्तिमा के भ्रम हुन्छ कि यही (अहं) नै उसको सम्पत्ति हो । तर वास्तविकता के हो भने अंहकारको त्यो पहाड नभत्काएसम्म कसैले सच्चिने कल्पना नगरे पनि हुन्छ । सच्चिनुपर्ने व्यक्ति नसच्चिएसम्म सफलताको शिखरमा झण्डा गाँड्न सक्ने प्रश्नै भएन ।

समस्याको जड भनेको नै अहंकार हो । यही अहंकारका कारण नै ठुलाठुला नेता, पार्टी तथा सम्राज्यहरू गल्र्यामगुर्लुम ढलेका छन् । श्रीमद्भगवत् गीतामा श्रीकृष्णाले ‘दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आसुरी सम्पदा’ भनेका छन् । यिनै दुर्गुणले मानिसलाई अधोगतितिर लान्छ, मानिसको विनाश गर्छ भनेका छन् ।

रावणपत्नी मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार विन्ती गरेकी थिइन् । तर रावणले पत्नीको प्रस्ताव ठाडै अस्किार गरेका थिए । रावणमा विश्वविजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैनन् । रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो । रावणको पतन भयो ।

कृष्णाले ध्रृतराष्ट्रको दरबारमा दँर्योधनको उपस्थितिमा पाडण्वको तर्फबाट सम्धीको प्रस्ताव राखेका थिए । यदि पाण्डवलाई ‘पाँचगाउँ दिने हो भने युद्ध रोकिन्छ भनेका थिए । तर अहंकारी दँर्योधनले कृष्णाको प्रस्ताव ठाडै अस्विकार गरे । नतिजा महाभारत युद्ध भयो । कौरवको विनाश भयो ।

अहंकार यस्तो नकारात्मक मानवीय भावना हो, जसको कारण मानिसले आफँलाई जीवनको हर क्षेत्रमा उत्कृष्ट मान्न थाल्छन् । अरुलाई निचो देखाउने प्रयास गर्छन् र अरुलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्दछन् । केही उचाईमा पुगे पछि उसको अहंकार झनै बढ्छ । अनि मदोन्मत्त हुन्छन् । अहंकारको मातमा मानिसले अरुको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैनन् । अहंकारकै कारण मानिसले पाप गर्छन्, अपराध गर्छन् । अहंकार कारण नै जीवनमा दुःखद घटना पैदा हुन्छन् । अहंकै कारण नै मानिसको पतन हुन्छ । त्यसबेला उसलाई साथ दिने कोही हुँदैनन् । यसरी नै मानिसको व्यक्तित्व नष्ट हुन्छ । अनेक मानसिक समस्या पनि यही अहंकारका कारण नै पैदा हुन्छन् ।

सबैले बुझ्नुपर्ने कुरा के हो भने संसारका हरेक व्यक्ति चाहे शारीरिक रूपमा कति नै कमजोर तथा मानसिक रूपमा कति नै खराब किन नहोस् ? उसमा कुनै न कुनै गुण अवश्य हुन्छ भने मानिस जति नै शक्तिशाली वा असल किन नहोस् ? उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ । भनिएको नै छ, गुण नभएका राक्षस हुँदैनन्, अवगुण नभएका देउवा हुँदैनन् । त्यसैले अहंले मदोन्मत्त भएर कसैले कसैलाई अवमँल्यांकन गर्नु हुँदैन ।

अहंकारको जन्म आत्मप्रशांसाको बिजबाट पैदा हुन्छ । स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ । तर, यो एक झुटो सत्य हो । त्यो ’cause जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो, जो मानिसले आफैं निर्माण गरेको हुन्छ । वास्तवमा अहं मानिसको छायाँजस्तै हो । जस्तो कि शरीर छ भने छाँया पनि हुन्छ । छायाँ न त राम्रो हुन्छ, न त नराम्रो । न सानो रहन्छ न ठुलो रहन्छ । यदि सँर्य माथि हुन्छ भने छाँया सानो हुन्छ, सँर्य ढल्दै गयो भने छाँया अग्लो हुन्छ ।

अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भटकाउँछ । वास्तवमा अहंकार मृगतृष्णाजस्तै हो, जसबाट न त आफ्नो तिर्खा मेटिन्छ, न त अरुको । आफँलाई हर क्षेत्रमा पँर्ण मान्ने मानिसको अहंले आफ्नो कमजोरी तथा दोष छुपाउने कोशिश गर्छ । अहंकारी व्यक्तिले आफ्नो कमजोरी तथा दोष जानेर पनि अहंकारका कारण अरुको अगाडि स्वीकार गर्दैन । जो हमेशा अरुको निन्दामै लागिरहन्छ । निन्दामा नै उसलाई निकै आनन्द आउँछ । तर ऊ मानसिक समस्या नाश गर्ने औषधि क्षमा, दया, करुणा, प्रेम, धैर्य, नम्रता, शान्ति र सादगीबाट हमेशा बञ्चित रहन्छ ।

परिवार, समाज तथा राष्ट्रमा यही अहंकारका कारण वादविवाद, झैंझडा, लडाईं तथा युद्धसमेत हुन्छ । दँर्योधनले राज्यसत्ताको अहंकार नगरेर पाण्डवलाई पाँचगाउँ दिएको भए न त महाभारत हुन्थ्यो, न त कौरवको विनाश । पारिवारिक वादविवाद, झैंझडा तथा लडाईंको प्रमुख कारण पनि यही अहंकार हो । पतिमा पुरुषत्वको अहंकार । पत्नीमा माइतीको अहंकार । बुहारीमा आधुनिकताको अहंकार । सासुमा ‘म सासु हुँ’ भन्ने अहंकार । यिनै अहंकारका कारण घरघरमा कुनै न कुनै वादविवाद, झैंझडा तथा लडाईं हुने गर्छ ।

मानिसले आफ्नो गल्ती हृदयदेखि स्वीकार गर्ने हो भने मात्र अहंकारको पुनरावृतिबाट जोगिन सक्दछ । अनि बल्ल व्यक्तिले जीवनमा रचनात्मक परिवर्तन गर्न सक्दछ । वास्तवमा क्षमा माग्ने र क्षमा दिने व्यक्ति परम मानसिक आनन्द अनुभव गर्छन् । यहाँ मननयोग्य कुरा के भने अहंकारको नास भएपछि मात्र विनम्रताको भावना पैदा हुन्छ । विनम्रताले ज्ञानको ज्योति जल्दछ । ज्ञानको ज्योतिले अज्ञानको अँध्यारो नस्ट गर्छ । मानिसक समस्या पनि निर्मँल हुन्छन् । तर, अंहकारको नकारात्मक ऊर्जाले मदोन्मत्त मानिसले यो मनोविज्ञान बुझ्न सक्दैनन् । त्यसैले अहंकारको उपचार आवश्यक छ ।

अहंकारको उपचार बिनाअहंकारको सिंहासनमा विराजमान कुनै पनि व्यक्तिले सच्चिने कल्पनासमेत गर्दैनन् । त्यसो त, ‘सच्चिन्छु’ भनेर सच्चिन सजिलो पनि कहाँ छ र ? अर्को महत्वपँर्ण कुरा के भने नेताका आसेपासेले नेता सच्चिन चाहेर पनि सच्चिन दिँदैनन् । नेताहरू सच्चिए भने त उनीहरू सकिन्छन् नि †
(साइकोथेरापिस्ट)

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

डोल्पा कारागारबाट भागेकाको खोजी तीव्र