कुटपिट आरोपमा वडाध्यक्ष पक्राउ

दाङ । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा वली  पक्राउ परेका हुन् । 

बिहीबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पाण्डेलाई कुटपिट गर्दै उनले कागजातसमेत च्यातेका थिए । शुक्रबार उनीविरुद्ध उजुरी परेपछि पक्राउ परेका हुन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार