राजविराज । राजविराज नगरपालिका मार्फत गरिएको विभिन्न विकास निर्माण कामको भुक्तानी न पाएको भन्दै पीडित उपभोक्ता समितीका पदाधीकारीहरुले सोमवार राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सडक, सामुदायीक भवन, मठमन्दिर, पोखरीघाट प्रवेशद्वारा, विद्यालय भवन, नाला निर्माण लगायतका योजनामा काम गरेवापतको भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै आक्रोसित उनीहरुले तालाबन्दी र नाराबाजी गर्दै धर्नामा समेत वसेका छन् ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख प्रशासकिय अधिकृत धर्मानन्द जोशी तथा कर्मचारी लगायतले आफ्ना नजिकका मानिसहरुले गरेको कामको समय मै अनुगमन गरी भुक्तानी दिएपनि आफुहरुको भुक्तानी नदिएर रकम फ्रिज गराउन खोजेको विभिन्न उभोक्ता समितीका पदाधीकारीहरुले आरोप लगाएका छन् ।
“मैले गरेका कामको फायल कार्यवाहक नगरपालिका प्रमुख परविन, प्रमुख प्रशासकिय अधिकृत जोशी र योजना तथा लेखा फाँटका कर्मचारीलाई ५ दिन अघि नै दिएर पटक पटक अनुगमनका लागी आग्रह गरे, उपभोक्ता समितीका अध्यक्ष विनोद यादवले भने–तर अन्तिम समयमा आएर अनुगमन नै नभएको भन्दै भुक्तानी रोकेर दुृखः दिने काम भएको छ ।”
आफुहरुको भुक्तानी नहुन्जेल सम्म कार्यालयको तालावन्दी र धर्ना यथावत रहने अर्का उपभोक्ता समितीका पदाधिकारी लक्ष्मण यादवले बताए ।
समय मै काम गरिदिदा पनि भुक्तानी नहुदा आफुहरुले सुन चाँदी र जग्गा नै धितो राखेर उधारो लिएको निर्माण समाग्रीको भुक्तानी गर्नु पर्ने अवस्था आएको उपभोक्ता समितीका पदाधिकारीहरुले गुनासो गरेका छन् । कार्यवाहक नगरप्रमुख र कर्मचारीहरुले आफनो आसेपासे र मागे अनुसारको कमिशन दिएकाहरुको रकम भुक्तानी तत्कालै दिएको तर आफुहरुले कमिशन नदिएकै कारण रकम फ्रिज गराउन खोजेको अधिकाँश उपभोक्ता समितीका पदाधिकारीरुले गुनासो गरेका छन् ।
कार्यालयको मुल गेट मै टायर बालेर धर्नामा वसेका आन्दोलनकारीहरुले पाउनु पर्ने रकम अविलम्ब उपलब्ध गराउनु पर्ने एक सुत्रिय माँग अघि सारेका छन् । नगरपालिकाका योजना अधिकृत मनोज यादवले सरवरले ठिक संग काम नगरेको तथा कर्मचारी –कर्मचारीबीच समन्वयको अभावले गर्दा समयमा भुक्तानी हुन नसकेको लाचारी ब्यक्त गरेका छन् ।
कार्यवाहक नगरप्रमुख परविनले ढिलो गरी कागजात ल्याएको, कतिपयको काम अधुरो रहेको र कतिपयले अन्तिम समयमा मात्र फायल पेश गरेकाले सबै ठाँउमा अनुगमन गर्न सम्भव नभएका कारण भुक्तानी दिन समस्या भएको बताइएकी छिन् । उनले भुक्तानी रोकिएकाहरुको समस्या’bout आफु पुर्ण जानकार रहेको र समाधानका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाएकी छ्नि ।






