‘बौद्धिक अपाङ्गता भएकाहरुको समस्या समाधानका लागि सरकारको ध्यान जानू जरुरी’

राजविराज । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले अपाङ्गता भएकाहरु प्रति राज्य पक्षले दायीत्व बोध गरी उनीहरुका समस्या समाधानमा तीन वटै तहका सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

शुक्रवार सप्तरी सदरमुकाम राजविराजमा एकै थलोमा आयोजना गरीएको बोद्धिक अपाङ्गता संघको प्रथम तथा बौद्धिक अपाङ्गताका अभिभावक संघ सप्तरीको सातौं साधारण सभाको उदघाटन गर्दै मन्त्री यादवले यस्तो कुरा बताएका हुन् ।

१० प्रकारका अपाङ्गता मध्ये बौद्धिक अपाङ्गता पनि एक रहेको भन्दै उनले विशिष्ट समस्यामा रहेका उनीहरुका लागी विषेश कार्यक्रम नै ल्याउनु जरुरी रहेको बताए । सबै वर्ग, तह तप्काको पहुँच हुन सक्ने वातावरण तयार हुदा मात्र परिवर्तनको प्रत्याभुती मिल्ने भन्दै मन्त्री यादवले बौद्धिक अपाङ्गताहरुका लागी पनि उत्तिकै ध्यान दिनु पर्नेमा जोड दिए ।

राजविराजको वडा नंं ६ मा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागी सञ्चालित बहिरा बालक स्कुलमा कक्षा सञ्चालनमा पनि विभिन्न समस्या रहेको जानकारी प्राप्त भएको उल्लेखका साथ उनले कक्षा कोठा, शिक्षक, सिकाई समाग्रीको अभाव प्रति आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सप्तरी क्षेत्र नंं. २ को २ बाट प्रदेश सभामा निर्वाचित यादवले गृह क्षेत्रका बौद्धिक अपाङ्ग बाललिका पनि भविष्यमा सक्षम नागरिकका रुपमा तयार हुन सकुन भन्ने आफ्नो पनि सोच रहेको स्पष्ट पारे । उनले सप्तरीका ऐतिहासिक धरोहरको रुपमा मानिएका बालमन्दीर, राजरंगशाला, बहिरा बालक स्कुल लगायतका संरचनाको अस्तित्व संकटमा परेकोे भन्दै उक्त ऐतिहासिक महत्वका धरोहरहरुको संरक्षण गर्न आफु लागि परेको जानकारी दिए ।

उनले जनता संग प्रत्यक्ष रुपमा जुडने गरी आपूm निती र कार्यक्रम बनाएर अघि बढेको र यस कार्यमा सबैको सहयोग र साथ पाएर सफल हुने विश्वास ब्यक्त गरे ।

सप्तरीमा स्थानीय प्रशासनको व्यवहार प्रति यहाँका पत्रकारहरु आन्दोलित भएको प्रसंग कोट्याउँदै उनले भएका गल्ती कमजोरी सच्याउँदै पत्रकारहरु समेतको समन्वयमा काम गर्न स्थानीय प्रशासनलाई सुझाव समेत दिए ।

उक्त कार्यक्रममा अपाङ्गता भएका ब्यक्तीहरुको मानव अधिकार तथा जिवनस्तरमा सुधार ल्याउन आ–आफ्नो क्षेत्रबाट योगदान गरे वापत पत्रकार मनोज कुमार माझी सहित पाँच जनालाई मन्त्री यादवले कदर पत्रबाट सम्मान गरेका छन् ।

सम्मानित हुनेहरुमा पत्रकार माझीका साथै राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव, समावेशी अपाङ्गता संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झा, बौद्धिक अपाङ्गता महासंघका राष्ट्रिय अध्यक्ष शिव श्रेष्ठ र बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु वस्नेत छन् ।

बौद्धिक अपाङ्गताका अभिभावक संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद अर्यालको अध्यक्षतामा आयोजित साधराण सभामा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु वस्नेत, बौद्धिक अपाङ्गता महासंघका राष्ट्रिय अध्यक्ष शिव श्रेष्ठ, समावेशी अपाङ्गता संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झा, बौद्धिक अपाङ्गता संघ सप्तरीका अध्यक्ष सुजित कुमार झा, राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव, पत्रकार मनोहर कुमार पोखरेल लगायतले पनि बोल्दै बौद्धिक अपाङ्गता भएका ब्यक्तीको क्षमता विकासका लागी सरकारले विभिन्न निती र योजना ल्याउनु पर्नेमा जोड दिए ।

आरती मण्डलद्वारा संचालित साधारण सभामा संस्थाका सचिव राधाकान्त झाले सांगठनिक तथा कोषाध्यक्ष विमला परियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल