मुहारको सुन्दरताका लागि ८ घण्टा सुत्छिन् गौरी

काठमाडौं । अभिनेत्री गौरी मल्ल आफू कम्तीमा ८ घण्टा सुत्ने बताएकी छन् । अभिनेत्री भएका कारण मुहारको चमक सधैं कायम रहोस् र आफ्नो स्वास्थ्य राम्रो होस् भनेर खानपिन र आराममा विशेष ध्यान दिने गरेको उनले बताएकी छन् । ललितपुरको कुपन्डोलमा नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको आठौं वार्षिक उत्सवको उद्घाटन गर्दै गौरीले यस्तो बताएकी हुन् ।

अहिले आफूले आँखाको सर्जरी गर्नु भने नपर्ने उनले बताएकी छन् । ‘म शाकाहारी हुँ र आँखाको स्वास्थ्यमा पनि त्यत्तिकै ध्यान दिने गरेकी छु,’ गौरीले भनिन्, ‘सागसब्जी नियमित खाने र कम्तीमा ८ घण्टासम्म पूर्ण निन्द्रा सुत्ने भएका कारणले पनि मेरो आँखामा समस्या छैन ।’ आफूले सबैभन्दा बढी स्वास्थ्यमै ध्यान दिने गरेको पनि यी अभिनेत्रीले बताएकी छन् ।

उमेरले ५० वर्ष नाघेकी अभिनेत्री गौरीको मुहारमा अझै उस्तै चमक रहेको छ । यसको पछाडिको रहस्य भनेकै आफ्नो आहार बिहार नै मुख्य कुरा रहेको उनले बताएकी छन् । आफूले केमिकलयुक्त क्रिमहरू मुहारमा नलगाउने पनि उनले बताएकी छन् ।

यति हुँदाहुँदै पनि उनको मुहारमा आएको हल्का चाउरीपना देखिएको छ । बढी हाँस्ने भएकाले यो चाउरी आएको हुनसक्ने उनको कथन छ । यो चाउरी हटाउन नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा जाने सोच बनाएको पनि यी अभिनेत्रीले खुलासा गरेकी छन् । ‘मेरो मुहारको हाँसो रेखा अलिक बढी खुम्चिएका कारण सर्जरीबाट त्यसलाई मिलाउने योजनामा छु,’ गौरीले भनिन् ।

विदेशमा करिब १ लाख रुपैयाँ लाग्ने आँखाको डिलमुनिको तथा मुहारको सर्जरी नेपालमा त्यसको आधा पैसामा गरिने कुराले आफू खुसी भएको पनि उनले बताइन् । सोही कारण उनी मुहारको मुस्कान रेखाको चाउरीपनालाई सर्जरीबाट राम्रो बनाउने तयारीमा छिन् ।

निम्न आर्थिक अवस्था भएकालाई निःशुल्कसमेत आँखाको सर्जरी र मुहारको सर्जरी गर्दै आएको नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरले नेपालका धेरै कलाकारको सर्जरी गरिसकेको छ । आफूहरू अभिनेत्री गौरी मल्लको सर्जरी गर्न पनि तयार रहेको डा. पूजा राजभण्डारीले बताइन् ।

सो सर्जरी सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले कार्यक्रममा आँखाको प्लास्टिक सर्जरीअन्तर्गत आँखाको डिल बाहिर आएका, भित्र फर्केका, आँखाको ढकनी तल झरेका, आँखाको मुन्द्री बिग्रेका, आँखाको डिलमुनि बोसो जमेकाहरूको सर्जरी गरेर सुन्दर बनाउने गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो