तस्करीमा समृद्धि देख्नेहरू

सामान्यतया कानुनले वर्जित गरेको वस्तु, सेवा वा अन्य तत्व विशेषलाई निर्धारित कुनै एक स्थानबाट अन्यत्र स्थानान्तरण गरी बिक्रीवितरण गर्ने प्रपञ्चका सन्दर्भमा जति पनि गैरकानुनी क्रियाकलापहरू हुन आउँछन् यो नै तस्करीजन्य सिमाभित्रका विषयवस्तुभन्दा फरक नपर्ला । अवैध व्यावसायिक स्थानान्तरणको विविध प्रक्रियाअन्र्तगत हवाईस्थल, जल, पैदलमार्ग वा त्यससँग सन्दर्भित सोही प्रवृत्तिका अन्य गतिविधिसमेत यसमा समाविष्ट रहँदै आएको देखिन्छ । त्यससँग सम्बद्ध क्षेत्रमा रमाउन चाहने व्यक्ति वा समुदायले अनधिकृत रूपमा ठुलो मात्रामा आर्थिक लाभ लिन सक्ने अवैध हैसियत सिर्जना गर्ने गरेको यस क्षेत्रका जानकारको बुझाइमा रहेको पाइन्छ । जसमा यही नै वस्तु तथा सेवा वा यकिन परिमाणको मात्रा भन्ने कुनै मापन बिन्दु रहेको भने पाइँदैन । विशेषतः अत्यधिक मात्रामा करका दर लाग्ने प्रवृत्तिका वस्तुहरू नै यसमा समाहित रहँदै आएका छन् ।

यद्यपि, सामाजिक परिवेशमा बहुमूल्य मानिएको पहेंलो धातु सुनचाँदी, युरोनियम, हातहतियार, वन्यजन्तु तथा त्यससँग सम्बन्धित अन्य वस्तु, लागूऔषध तथा मानव ओसारपसारलगायतका सम्बद्ध मुलुकको कानुनले निषेधित गरेका वस्तुको बिक्रीवितरणमा तस्करको विशेष चासो रहँदै आएको छ । उक्त वस्तुहरूको बिक्रीवितरणपश्चात प्राप्त हुने आर्थिक लाभका लागि नयाँ र नौलो आधुनिक प्रविधिलाई समेत आत्मसाथ गर्दै जस्तो सुकै गलत हतकन्डा प्रयोग गरेरै भए पनि आफ्नो गलत अभीष्टको दुनो सोभ्mयाउन कुनै प्रकारको कसर बाँकी राख्न तस्करीमा लाग्ने समूह पछि पर्ने छैनन् भन्न सकिन्छ ।

आधुनिक प्रविधिलाई आत्मसात् गर्दै जस्तोसुकै हथ्कन्डा प्रयोगसहित गलत अभीष्ट प्राप्तिको दुनो सोझ्याउन तस्करीमा लाग्ने समूह पछि पर्ने छैनन

प्रस्तुत क्रियाकलापको विकासले सुरक्षा संवेदनशीलताका क्षेत्रमा निक्कै ठुलो चुनौती एवं जोखिमको अवस्था सामना गर्नुपर्ने हुन्छ । तथापि, मुलुकका अब्बल प्रहरी प्रशासन तथा सुरक्षा निकायलगायत यसमा सरोकार राख्ने समूहले जस्तोसुकै कठिनभन्दा कठिन परीस्थितिमा पनि अपवादबाहेक धेरै हदसम्म यस क्षेत्रमा सफलता प्राप्त गरेका तथ्यलाई सराहनीय कदमका रूपमा प्रशंसा नगरी बस्न सकिँदैन । जसको प्रमुख कारक तत्व विशेषका रूपमा अर्थसँग सम्बन्धित विषयले नै मुख्य भूमिका खेल्ने गरेको पाइन्छ । जहाँ सहज रूपमा अतिरिक्त आर्थिकलाभ रहन्छ, भन्ने तथ्यले महŒव दर्साउँछ त्यहॉ प्रलोभनको गति निश्चय पनि अत्यधिक मात्रामा नै रहने गर्दछ । प्रलोभन एवं आर्थिक पक्षको गैरकानुनी समायोजनको गतिशीलताले तस्करी जस्ता अबैध धन्दालाई मौलाउन अवसरजन्य अवस्थाको प्रारम्भभूमि तयार गर्नेछ भन्दा फरक नपर्ला ।

परिणामतः तस्करी हुनु पूर्ववत अवस्थामा नै प्रलोभन एवं गैरआर्थिक चरित्रमा रम्न चाहने व्यक्ति वा समूहको आपसी गलत सहकार्यको विकासले सम्बद्ध क्षेत्रमा सहजीकरणको वातावरण पैदा गर्ने गरेकै कारण समस्या उत्पन्न हुने गरेको मात्र हो । अन्यथा, प्रहरी प्रशासनले त्यससम्बन्धी गैरकानुनी जालोलाई सहजै हटाउन कुनै प्रकारको कठिनाइ झेल्नुपर्ने अवस्था तयार हुने थिएन । जुन भन्सार महसुल तथा राज्यको करबाट बच्नका लागि अपनाउने अवैध आर्थिक पाटोको विषय समेत हो ।

तसर्थ ः न्यूनीकरण गर्ने सुउद्देश्यका साथ राज्यले अत्यधिक मात्रामा करयोग्य मानिएको वस्तु तथा सेवाको यकिन गरी राजस्व छुटको रणनीतिलाई व्यवहारतः लागूगर्ने प्रतिबद्धता जाहेर गरे तापनि कर छली गर्न पल्केका समूहले कानुनी बाटोलाई पछ्याउने सम्भावना अत्यन्त न्यून रहनेछ । किनकि, राजस्व तिरेपछि अतिरिक्त आर्थिक लाभ हुने सम्भावना समेत न्यून रहने हुँदा राजस्वसम्बन्धी अवधारणागत विशेषताले सकारात्मक गति हासिल गर्ने कुरामा सन्देह उत्पन्न हुने देखिन्छ । जसका कारण राजस्वको क्षेत्रमा ऋणात्मक प्रभाव पर्न जाने सम्भावना अत्यधिक रहनेछ । अन्य वस्तुभन्दा सुन तस्करीको पर्दाफास भए पश्चात् नेपालको साँख विश्वजगत् केहीहदसम्म भए पनि खुम्चिन गएकाले साँख उचो राख्नकै लागि भए पनि सम्बद्ध क्षेत्रको सञ्जाललाई च्यात्नु जरुरी भइसकेको छ ।

किनकि, बढ्दै गएको तस्करीले नागरिक समाजमा असुरक्षाको भावना पैदा गर्नेछ । जब सामाजिक संरचनाभित्र असुरक्षाको अनुभूति रहन्छ तब अपराधको अभिवृद्धि हुने तथ्यगत विशेषताले ओल्याउँदै आएको पाइन्छ । कतिपय अवस्थामा गलत मनसाय भएका व्यक्ति वा समूहले रोजगारीका लागि आकर्षक तलब वा यस्तै अन्य आकर्षण देखाएर तस्करीको क्षेत्रमा सुरुमा समाहित गर्ने तत्पश्चात् बलात्पूर्वक फसाउने सम्भावना रहेकाले समय छँदै सचेत एवं सर्तक रहनु प्रस्तुत प्रवृत्तिको व्यवहारबाट आफू र आफ्नो समूहलाई सकुशल उद्धार गर्नु सरहको अवस्था हो । यस क्षेत्रमा समुल सुधारका लागि निश्चित रूपमा कठोर कानुनको आवश्यकता पर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

प्रचलित कानुनविपरीत अवैधानिक रूपबाट गरिने जुनसुकै प्रकारको तस्करीको दरलाई कानुनबमोजिमको दण्ड व्यवस्थापन गर्न राज्यपक्ष कुनै पनि हालतमा पछि पर्नुहँुदैन भन्ने मान्यतालाई व्यवहारतः लागू गर्दा कुनै पक्षलाई काखा र कुनैलाई पाखाको रणनीति भने अवलम्बन गर्नु कानुनको धज्जी उडाउनु मात्र हो । जसले न्याय सम्पादनको क्षेत्रमा लोकतान्त्रिक चरित्रअनुरूपको व्यवहार प्रदर्शन गर्न सक्दैन । किनकि, मुलुकमा रहेका सबैपक्षका लागि समान कानुनको अवधारणालाई पालना गर्दै अगाडि बढ्ने चाहनाले मात्र सम्बद्ध क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ ।

यसका अतिरिक्त त्यससम्बन्धी क्रियाकलापबाट नागरिक समाजमा पर्ने तथा पर्न सक्ने ऋणात्मक असर’bout सचेतनात्मक जानकारीहरू शैक्षिक प्रचारप्रसारका माध्यमबाट सम्प्रेषण गर्नुपर्ने हुन्छ । जसको सकारात्मक परिणामस्वरूप कुनै कारणवस भवितव्यमा परी प्रस्तुत प्रवृत्तिका समूहमा अवोधरूपमा फस्न सक्ने सम्भावनालाई न्यून गर्न सकिने अवस्था पैदा हुनेछ । जुन सचेतात्मक सूचनामैत्री व्यवहारको विकासबाट मात्र सम्भव रहनेछ ।

गलत मार्गलाई अपनाएर अवैध व्यापारको अत्यधिकताले समाजमा न्यून मूल्यमा सामानहरू उपलब्ध हुने प्रवल सम्भावना रहन्छ । जसले तस्करीमा रहेका समूहलाई क्षणिक आर्थिकलाभ प्राप्त हुने भएता पनि उक्त वस्तु तथा सेवाको उत्पादन गर्ने समूह भने अत्यधिक व्यापारघाटाको जोखिममा पर्न सक्ने तथ्यले आंैल्याउँदै आएको पाइन्छ ।

जसलाई राजस्व छलिको अर्को पाटो समेत मान्न सकिनेछ । यसबाट स्वतन्त्र प्रतिस्पर्धात्मक बजारीकरणको अवधारणामा गतिरोध सिर्जना हुनेछ । किनकि, राजस्वरहित उपलब्ध भएका वस्तुसँग राजस्वसहित उपलब्ध भएका वस्तु तथा सेवाले सहजरूपमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था पक्कै पनि रहने छैन भन्दा त्यति अत्युक्ति नहोला ।

अतः जीवन क्षणभंगुर हो, भौतिकरूपमा प्राप्त हुने सम्पत्ति निश्चितरूपमा नाशवान् रहने हँुदा व्यर्थमा गैरकानुनी धन्दामा आफ्नो स्वअस्तित्वसहितको व्यवसायलाई गुमाउन दिनुहुँदैन, आफूमा जे छ त्यसैमा रमाउन सिक्नेकला नै जीवनको सुन्दरपक्ष हो । तसर्थ, तस्करीजन्य व्यवसाय कुनै पनि हालतमा दिगो व्यवसायिक यात्रा होइन भन्ने तथ्यलाई मनन गर्दै सम्बद्ध क्षेत्रमा समृद्धि देख्नुभन्दा अलग रहनु स्वस्थ्य एवं प्रतिस्पर्धात्मक व्यवसायलाई बढवा दिनुसरहको अवस्था हो भन्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार