खोटाङमा गोरु काटेर सामुहिक भोज, ४ जना पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

खोटाङ । खोटाङमा गोरु काटेर सामुहिक भोज खानरखुवाउनमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो ।

जालपाको मसानेडाँडामा चौंरमा गोरु काटेर स्थानीयलाई भेला गरेर भोज खाएरखुवाएको अभियोगमा चार जनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराज बरालले बताए । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ)का कार्यकर्ताले ‘मुलबासी मंगोल साँस्कृतिक क्रान्ती अभियान’ लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए ।

गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्नेलगायतका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये तेजबहादुर टोल बिकास संस्थाको अध्यक्ष हुन् । गोरु काटेर खान बोलाएपछि स्थानीय मसानेडाँडा पुगेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका टंकबहादुर मगरका अनुसार फुटेर गएको बिरलाल राई र जीवन मंगोल राई पक्षको मङ्गोल नेसनल अर्गनाइजेसन–डिजिजि समुहले गोरु काट्ने अगुवाई गरेका हुन् । गोरु काट्नमा अगुवाई गर्नेपक्षलाई छाडेर सहयोगी भूमिका निभाउने स्थानीयलाई पक्राउ गरिएको वडाध्यक्ष राईले गुनासो गरे ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार