तनाव कसरी कम गर्ने ?

तनावको परिचयः
तनाव एक संवेग हो । मनको तरंग, मनको तर्कना हो । मनको उतारचढावले तनाव पैदा गर्दछ । तनाव घटना होइन, घटनाप्रति व्यक्ति व्यक्तिको अलगअलग प्रतिक्रिया हो । तनाव व्यक्ति आफंैभित्र, परिवारमा, समाजमा, संगठनमा र राज्यसँग सम्बन्धित हुन्छ । कुनै व्यक्तिले कुनै घटनालाई सहज रूपमा लिन्छ भने कसैले घटनालाई असमान्य, संवेदनशील र तनावको रूपमा लिने गर्दछ ।

अहिले नेपाली समाज मात्र नभएर विश्वसमाज नै तनावग्रस्त छ । बहत्तरको भूकम्प जाँदाका बखत होस् वा २०७६ सालको कोरोनाको सन्त्रासले होस् मान्छेको मतिष्कमा तनावले बास गर्न पुगेको देखिन्छ । जब कुनै रोगको महामारी छ र त्यसको उपचार भेटिएको छैन भने, व्यक्तिको अगाडि अवसर छ तर त्यसमा रूकावट छ भने वा व्यक्ति अवसर प्रयोग गर्न चाहान्छ तर त्यसको परिणाम अनिश्चित हुन्छ भने वा परिवर्तनले व्यक्तिको पद, प्रतिष्ठा र सुविधा सबै धरापमा पर्दछ भने व्यक्तिमा तनाव पैदा हुन्छ । अनुभव गरेको वर्तमान परिस्थिति र पढेको एकेडेमिक सन्र्दभको आधारमा यस लेखको संगठन गरिएको छ ।

तनाव व्यक्ति र सामाजिक, आर्थिक, राजनीतिक, प्रविधि तथा प्रशासनिक वातावरणबीचको अन्तरक्रिया हो । वातावरणलाई कसरी लिने भन्ने सोचका सम्बन्धमा एउटा उदाहरणको सन्र्दभ जोड्न उचित हुन्छ । दुई साथी एकैसाथ रोलर कोस्टर चढे । एउटाले डरले दुवै हातले चपक्क बारलाई समात्यो र अर्कोले दुवै दात आकाशतर्फ उठाउँदै रमायो । डराउने तनावमा भयो भने रमाउने स्वच्छन्द । एकेडेमिक अध्धयनअनुसार तनाव चिन्ता होइन, केवल घटनाप्रतिको मानसिक बुझाइ मात्र हो ।

सबै तनाव खराब हँुदैनन् । तनावले व्यक्तिलाई सक्रिय बनाउँछ । जीवनमा आउने तनावले व्यक्तिलाई सुरक्षित रहन उत्प्रेरित गर्दछ । संगठनमा आउने तनावले एकहदसम्म व्यक्तिलाई केही नवीन काम गर्न उत्साहित गर्दछ । समाजमा आउने संकट वा अनिश्चितताले व्यक्तिलाई कसरी जीवन सुरक्षित गर्ने भन्ने तनाव पैदा गर्दछ । ऊ पैसा, खाद्यन्न, पानी, ऊर्जा, औषधी जस्ता अत्यावश्यक वस्तुको जोहो गर्न थाल्दछ । तर, तनावको मात्रा बढी भयो भने सामान्य व्यक्ति वा पेसाकर्मी कर्मचारीको शारीरिक, मानसिक एवं बौद्धिक स्वास्थ्यमा नकारात्मक असर पार्दछ । जीवनविरुद्ध देखिएको एउटै समाचार सुन्दासुन्दा र पढ्दा पढ्दा पनि व्यक्ति तनावमा पर्दछ । तनाव मानव जीवनको एक अवश्यंभावी घटना हो जो आइरहन्छ र त्यस्तो तनावको व्यवस्थापन गर्न सकिन्छ ।

तनाव राज्य, संगठन र पारिवारसँग सम्बन्धित हुन्छ । तनाव देखिने र नदेखिने गरी दुई प्रकारको हुन्छ । तनावको आप्mनै एउटा चक्र हुन्छ । व्यक्ति तनावमा छ भने उसले दैनिक व्यवहारमा केही विशिष्ट चरित्र देखाउन थाल्दछ । काम गर्दा झोक्किने, रिसाउने, दिक्क मान्ने संकेत आउनु तनावको पहिलो चरण हो । तनावमा रहेको व्यक्ति स्वयंलाई तनावको अनुभूति हुन्छ र ऊ आफंै तनावको प्रतिरोध गर्न थाल्दछ । यो तनावको दोस्रो चरण हो । तनावको प्रतिरोध गर्न असफल बन्दै गएपछि तनावले मानिसलाई गाल्दै लैजान्छ । व्यक्ति थकित हुन्छ । काम गर्ने जाँगर हँुदैन । उत्पादकत्व घटन थाल्दछ । कुलतमा लाग्न सक्छ । मनमा भय, ईष्र्या, आक्रोश, हीनताबोध तथा असफलताको पीडा पैदा हुन थाल्दछ । यसलाई तनावको तेस्रो चरण भनिन्छ । तनावबाट मुक्त हुन व्यक्तिले काउन्सेलिङ वा मानसिक उपचार गर्नुपर्ने हुन्छ । यो तनावको चौथो चरण हो ।

तनावका कारणः
मानिसको जीवनमा तनाव वातावरणीय कारण, संगठनात्मक कारण र व्यक्तिगत कारणले पैदा हुने गर्दछ । राजनीतिक, आर्थिक सामाजिक, पारिवारिक अवस्था, प्रविधि परिवर्तनले मानिसको जीवनमा प्रभाव पार्दछ । भूकम्पले ल्याएको भय तथा कोरोनाले ल्याएको अनिश्चितता र त्रास तनावका वातावरणीय कारण हुन् । संकट आफंैमा तनावको एउटा जवरजस्त कारण हो । संगठनमा संरचनागत परिवर्तन, रिलोकेसन, अस्पष्ट भूमिका, नेतृत्व परिवर्तन, जिम्मेवारी परिवर्तन, सूचना सञ्चार प्रविधिको प्रयोग र नयाँ सिपको खोजी, प्राइभेसीको ठाउँमा पारदर्शिता, ज्ञानको अपर्याप्तता, ओभरटाइम काम गर्नुपर्ने बाध्यता, मेरिट पे ल्पान, तनावका संगठनात्मक कारण हुन् । पारिवारिक समस्या गाउँमा बाबुआमा र सहरमा बालबच्चाको रेखदेख, गरिबी, स्वास्थ्य समस्या, सामाजिक सहयोगको कमी, संगठनका कर्मचारी साथीबीच व्यक्तित्व टकराहट, द्वन्द्व, व्यक्तिगत संयमको कमी, आफू असहाय भएको अनुभव हुनु तनावका व्यक्तिका कारण हुन् ।

तनाव व्यवस्थापनः
तनाव व्यवस्थापनको व्यवस्थापनको क्षेत्रको वर्तमान समयको जल्दोबल्दो विषय हो । तनावको सम्बन्ध व्यक्तित्व विकास, वृत्तिउन्नति र जीवनसँग हुन्छ । तनाव व्यक्तिभित्र, परिवार, समाज र कार्यस्थलमा हुने गर्दछ । तनाव किन हुन्छ ? तनावबाट नागरिकको जीवनमा, कर्मचारी र संगठनको जीवनमा के असर परेको छ ? तनाव कम गर्न संगठनले के गर्न सक्छ र व्यक्तिले के गर्नुपर्छ सबै विषयको गहन र विहङगम दृष्टिले व्यवस्थापन गर्नु तनाव व्यवस्थापन हो । सामाजिक तनाव व्यवस्थापन गर्न सरकारले जनताको विश्वास र साथ आर्जन गर्दै प्रभावकारी कदम चाल्नुपर्छ भने संगठनको तनाव कम गर्न नेतृत्वले कर्मचारीको साथ लिएर काम गर्नुपर्ने हुन्छ । तनाव मानसिक क्रिया प्रतिक्रिया भएकाले तनाव व्यवस्थापनको महत्वपूर्ण पक्ष मनलाई शान्त राख्नु हो । मनलाई स्थीर राख्ने वा शान्त राख्ने दुई तत्वहरू छन् । पहिलो आध्यात्मिक ज्ञान र दोस्रो जीवनको वातावरणीय पक्षको व्यवस्थापन गर्नु हो ।

सत्य पहिचान गर्नु आत्मामा विश्वास गर्नु अर्थात् आत्माज्ञानी हुनु आध्यात्मिक दीक्षा प्राप्त गर्नु आध्यात्मिकता हो । आत्माले कर्मेन्द्रीय र ज्ञोनेन्द्रीयको परिचालन गर्दछ । ज्ञानेन्द्रीयको कर्मभन्दा माथि निर्लोभ, निर्मोह र निष्पृह रहने भावको वकालत गर्ने दर्शन नै आध्यात्मिकता हो । आध्यात्मिकताको दर्शनबाट व्यक्ति काम, क्रोध, लोभ, भय र मोहवाट टाढा रहन अर्थात् व्यक्ति विविध शंका उपशंकाबाट मुक्त रहन सक्षम हुन सक्छ । कर्मेन्द्रीय र ज्ञानेन्द्रीयको कर्मभन्दा माथि अदृश्य, अमूक, अपारदर्शी स्वभावको तर भावनाबाट प्रेरित कार्यबाट सन्तुष्ट हुने र निर्लोभ, निर्मोह र निष्पृह रहने भावको वकालत गर्ने दर्शन आध्यात्मिकता हो । यसले व्यक्तिलाई काम, क्रोध, लोभ र मोहबाट टाढा अर्थात् मुक्त राख्दछ । आध्यात्मिकताले व्यक्तिलाई आत्मिक सन्तुष्टिको अवस्थामा पु¥याइ आफंैलाई चिन्न बुभ्mन सक्ने ज्ञानी बनाउँछ ।

आत्माले व्यक्तिको मन पूर्णरूपेण नियन्त्रण गर्न सकेको हुँदैन र त मानिस भयातुर, लोभी, कामी, दुःखी, क्रोधी, र तनावयुक्त हुन्छ । पदार्थवादी चिन्तन यसले प्रमाणमा आधारित कार्य वा घटना वा चिन्तनमा विश्वास गर्दछ । जसले देख्ने, सुन्ने, स्वाद लिने, छुने, वास्ना सुध्ने जस्ता बाह्य देखिने तत्वमा आधारित हुन्छ । आध्यात्मिक चिन्तन आध्यात्मिक चिन्तन दृश्यभन्दा अदृश्य तथा कर्मेन्द्रीयको अनुभवभन्दा धेरैमाथिको चिन्तन हो । मानव लोभ, मोह, काम, र क्रोधमुक्त भएको अवस्था हो । चिन्तन भावनामा व्यक्त हुन्छ । सकारात्मक सोचाइको प्रवद्र्धन गर्दछ । व्यक्तिको जीवनको, सोचको र कार्यको रूपान्तरण गर्दछ । आध्यात्मिकताको ज्ञान हासिल गर्नु भनेको आफंैले आफंैलाई चिन्नु, स्वभाव नियन्त्रण गर्नु र भौतिक जीवनका सुखदुःखका सबै कोणबाट मुक्त रहनु हो ।

मनलाई शान्त राख्ने दोस्रो पक्ष वातावरणीय जीवनका घटना, प्रकोप र परिवर्तनले ल्याएको वा ल्याउने परिस्थितिको व्यवस्थापन गर्नु हो । मानव सामाजिक प्राणी हो । समाजमा हुने प्रत्येक गतिविधि, चाहे त्यो राम्रो होस् वा नराम्रो होस्, त्यसले प्रत्यक्ष वा परोक्ष रूपमा व्यक्तिको जीवनमा प्रभाव पार्दछ । नराम्रा घटनाले तनाव पैदा गर्दछन् । वातावरणीय जीवनमा हुने घटना, महामारी वा परिवर्तनको व्यवस्थापन भएको महसुस नभएसम्म मानिसले आफू र आफनो परिवार सुरक्षित भएको महसुस गर्न सक्दैन र मन शान्त राख्न पनि सक्दैन । यस कारण, सरकार वा संगठन वा समाजले व्यक्तिको जीवन सुरक्षित हुने विश्वास खडा गर्नुपर्छ, । तब मात्र व्यक्ति तनावमुक्त हुन सक्छ ।

तनाव व्यवस्थापनमा सरकार, समाज, संगठन र व्यक्ति सबैको महत्वपूर्ण भूमिका रहन्छ । तनाव व्यवस्थापन गर्नु भनेको मुख्य कुरा व्यक्तिले तनाव ल्याउने घटना वा परिस्थितिबाट आफूलाई अलग राख्नु हो । परिस्थिति सिप्mट गर्नु आफंैमा तनाव व्यवस्थापनको एक कडी हो । अर्को महत्वपूर्ण पक्ष उत्पन्न परिस्थितिलाई अर्कै ढंगले लिने र अर्कै ढंगले सोच्ने हो भने पनि तनाव आफंै कम भएर जान्छ । यसका अतिरिक्त चिन्तनबीच वा कामबीच थकाइ मार्ने वा ब्रेक लिने वा मन बहलाउने, वा रमाइला कुराहरू गर्ने बानी व्यवहार र सावधानीले व्यक्तिको तनाव कम हुन्छ । जीवनप्रतिको आशा तनावको खराब परिणामबाट बचाउने रणनीति हो । तनावको समयमा राज्य, सरकार, समाज र परिवारले आशा जगाउन र विश्वासिलो भरोसा दिनुपर्छ ।

शारीरिक अभ्यास, व्यायाम तथा पैदल यात्रा तनाव कम गर्ने अचुक उपाय हुन् । खानपान र रहनसहनलाई स्वास्थ्यनुकूल बनाउने, आप्mनो समयको आफंै व्यवस्थापन गर्ने, नेटवर्किङ बढाउने, सामाजिक रूपमा घुलमिल हुने, नैतिक रूपमा गैरकानुनी काम, दोधारे काम नगर्ने, अर्को कुनै व्यक्तिको मन दुखाउने काम नगर्ने, अनुशासनमा बस्ने र मेडिटेसन गर्ने गर्नाले तनाव कम भएर जान्छ । खासमा तनाव कम गर्न व्यक्तिले सरकार, समाज संगठनमाथि विश्वास गर्नुपर्छ । घटना र परिस्थितिलाई भिन्नभिन्न कोणबाट विश्लेषण गर्ने बानी बसाल्ने, कर्मचारीले आप्mनो जीवनको लक्ष्य र मूल्य स्पष्ट गर्नुपर्छ । आप्mनो स्वास्थ्यलाई महत्व दिँदै रिल्याक्सेसनका लागि एरोबिक, मेडिटेसन, मसल्स रिल्याक्सेसन, रमाइलोको कल्पना र अनुभव गर्ने गर्नुपर्छ भने आप्mनो सहयोगी समूहको विकास गरी उनीहरूसँग समय बिताउनुपर्छ । साथै, तनावको डिग्री कम नभएको अवस्थामा वा शारीरिक वा मानसिक समस्या देखिएमा उपचार हेतु स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा जानुपर्छ ।

सरकारले नागरिकको जीवन सुरक्षाको वातावरण निर्माण गर्नुपर्छ । नागरिकले आप्mनो सुरक्षाका लागि सरकार छ भन्ने विश्वास र भरोसा भएसम्म तनाव लिँदैन । साथै, संगठनको नेतृत्वले कर्मचारीको कार्यस्थल बाहिर पनि जीवन हुन्छ भन्ने मान्यतामा कर्मचारीले घरपरिवार र कामबीच कसरी सन्ुतलन कायम गरेको छ सो बुभ्mनुपर्छ । सोका आधारमा तनावको स्रोत पहिल्याई उपचार गर्नुपर्छ । कर्मचारीको तनाव कम गर्न वृत्ति योजना स्पष्ट गर्ने, पदस्थापन र सरुवा प्रणालीगत रूपमा गर्ने, कर्मचारीको कार्य लक्ष्य निर्धारण र भूमिका स्पष्ट गर्ने, कामको रिडिजाइन गर्ने, संगठनात्मक सञ्चार स्पष्ट गर्ने, टिम बिल्डिङ तथा सहभागितामूलक निर्णय प्रक्रियामा जोड दिने, संगठनमा तनाव कम गर्ने खालका काउन्सेलिङका कार्यक्रम सञ्चालन गर्ने, कार्यालयको काम र कर्मचारीको परिवारलाई एकीकृत गर्ने खालका विचार आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने र आध्यात्मिक ज्ञानको सम्प्रेषण तथा कर्मचारीको दैनिक जीवनलाई आध्यात्मिक जीवनशैलीमा रूपान्तरण गर्न कार्यस्थलमा आध्यात्मिकताको अभ्यास गर्ने जस्ता व्यवस्थापन प्रणाली संगठनमा विकास गर्नुपर्छ ।

नागरिकको तनाव व्यक्तिगत नभएर राज्यको हुन्छ । जनतालाई सुरक्षित महसुस गराइ जनताको तनाव कम गर्नु राज्य वा सरकारको धर्म र कर्तव्य दुवै हो । राज्य, समाज र व्यक्तिमा देखापरेको तनावको व्यवस्थापन गर्नु नेतृत्वको जिम्मेवारी हो । दैनिक व्यायाम गरी व्यक्तिले आफू स्वस्थ रहेको आत्मविश्वास बढाउँदै गर्नुपर्छ । साथै, राज्यले जनतालाई सूचना सम्प्रषित गर्ने, खाद्यन्न, औषधी तथा उपचार लगायतका विषयमा पूर्णतयारी गरी जनतालाई विश्वस्त तुल्याउन सरकार प्रतिबद्ध र कटिबद्ध हुनुपर्छ । संकटको व्यवस्थापनमा राज्य संयन्त्र इमानदारीसाथ खटनुपर्छ भने जनतालाई सही सूचना नियमित रूपमा प्रवाह गर्नु पनि पर्दछ । संकटको समय वा परिवर्तनको व्यवस्थापनमा आवश्यक सूचना प्रवाह र स्रोतसाधनको पर्याप्त परिचालन गर्नुपर्छ भने संगठन तथा पदाधिकारीका जिम्मेवारी पूरा गर्न नेतृत्वले प्रभावकारी सुपरीवेक्षण पनि गर्न आवश्यक हुन्छ ।

सारः
कोरोनाले सिर्जना गरेको जनताको तनाव एक किसिमको विश्वव्यापी संकट थियो । युक्रेन रसिया तथा इजरायल हमास युद्धले पनि उसैगरी आर्थिक सामाजिक जीवनका विविध पक्षमा विश्वव्यापी संकट ल्याएको छ । नागरिकको तनाव हरेक राज्य र सरकारको तनाव हो । संकटका समयमा असुरक्षा र अभावले जनतामा गहिरो तनाव सिर्जना गरेको हुन्छ । परिवारसँगै घुम्न जाने, घरायसी खेल बाघचाल, लुडो, चेर्कस, एकखुट्टे चेस, क्यारेम खेल्ने, परिवारका सबै सदस्यसँगै बसेर पुराना कुरा एकअर्कालाई सुनाउने, सबै मिलेर खानाखाजा बनाउने, कविता कथा लेख्ने र सुनाउने वा किताब पढ्ने गर्दा मन एउटा कुनै विषयमा टाँसिएर बसिरहँदैन, बहलिन्छ । तनाव हल्का हुन्छ । तनावको समयमा व्यक्तिले आप्mनो मनलाई स्थिर राख्नुपर्छ । राज्यले मन स्थिर राख्न सक्ने वातावरण निर्माण गर्नुपर्छ भने हरेक व्यक्तिले धैर्यधारण गर्न तथा आफंै सावधान रही परिस्थितिको सामना गर्न आध्यात्मिकताको सन्देशको आन्तरिकीकरण र अभ्यास गर्दै मनलाई स्थिर र दह्रो बनाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी