मन्त्रिपरिषद् हेरफेर गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्श थालेका छन् । मन्त्रीहरूका काम’bout सत्तारूढ दलका साथै सर्वसाधारणबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् हेरफेरको गृहकार्य थालेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड यतिबेला जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ मा भाग लिन यूएईको दुबईमा रहेका छन् । दुवईबाट नेपाल फर्किएपछि थप छलफल गर्दै मन्त्रिपरिषद् हेरफेर गर्ने बालुवाटार स्रोतको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व सम्हालेको आगामी ११ पुसमा एक वर्ष पुग्दै छ । एक वर्ष पुग्नै लागेपछि मन्त्रिपरिषद् हेरफेर गर्दै सत्तारूढ दलका अन्य नेतालाई समेत मन्त्री बनाउनुपर्ने दबाब उनलाई रहेको छ ।

दुबई जानुअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किएपछि मन्त्रिपरिषद् हेरफेरको गर्ने भएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा रास्वपालाई समेत सरकारमा सहभागी गराउने, जसपाले सरकारबाट बाहिरिँदा नरोक्ने रणनीतिमा प्रचण्ड रहेका छन्

प्रधानमन्त्री प्रचण्ड दुबई जानुअघि मन्त्रिपरिषद् हेरफेर’bout सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेतासँग छलफल गरेका थिए । दुबईको कार्यक्रम सकेर नेपाल फर्किएपछि थप छलफल गर्दै उनले मन्त्रिपरिषद् हेरफेर गर्ने उच्च स्रोतले जनाएको छ ।

कांग्रेस सभापति देउवाले मन्त्रिपरिषद् हेरफेर’bout छलफल गर्दै कांग्रेस त्यसको बाधक नबन्ने जवाफ प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् । कांग्रेसभित्रको आन्तरिक समीकरणसमेत मिलाउन देउवा पनि मन्त्रिपरिषद् हेरफेरका लागि सहमत भएका हुन् ।

‘मन्त्रिपरिषदको पुरै सेट नै हटाएर नयाँलाई अवसर दिने कि राम्रो काम गर्नेलाई राख्दै प्रभावकारी काम नगर्ने, विवादित भएकालाई मात्रै हटाउने’bout अन्य नेतासँग थप छलफल हुन्छ,’ बालुवाटार स्रोतले भन्यो ।

मन्त्रिपरिषद् हेरफेर गर्दा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रधानमन्त्रीले दुबई जानुअघि छलफल गरेका थिए । मन्त्रिपरिषद् हेरफेर हुँदा अरूलाई नै गृहमन्त्री बनाउनुपर्ने अवस्थामा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि श्रेष्ठ उनीहरू असन्तुष्ट भएका थिए ।

मन्त्रिपरिषद् हेरफेर गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समेत सरकारमा सहभागी गराउने’bout आन्तरिक गृहकार्य प्रधानमन्त्री प्रचण्डले गरेका छन् । सो’bout उनले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग चरणबद्ध छलफल गरेका छन् । जवाफमा लामिछानेले आफूहरूले उपप्रधानसहित गृह मन्त्रालय पाए थप छलफल गर्दै सरकारमा सहभागी हुन सक्ने सकारात्मक जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ ।

सभापति लामिछाने नेतृत्वको रास्वपा सरकारमा सहभागी भए जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिन सक्ने आँकलन गरिएको छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबिच सम्बन्ध चिसिँदै गएको छ । यादवले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्ने’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि दुई नेताको सम्बन्धन बिँग्रदै गएको हो ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबिच सरकार ढाल्ने’bout पटकपटक छलफल भएको सूचना आफूले पाएको निकटतम नेतासँग बताउँदै आएका छन् । तर, गठबन्धन बलियो भएकाले उनीहरूको सपना पूरा हुन नसकेको बुझाइ उनको छ ।

रास्वपालाई सरकारमा जसरी पनि ल्याउने र जसपा सरकारबाट बाहिरिँदा प्रचण्डले नरोक्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराएपछि उपेन्द्र उनीबाट रुष्ट हुँदै आएका छन् ।

रास्वपाका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई समेत सरकारमा ल्याउने’bout गृहकार्य भए पनि राप्रपा अहिले नै सरकारमा सहभागी हुने’bout सकारात्मक छैन । यद्यपि, प्रधानमन्त्री प्रचण्डले सरकारसँग बहुमत भए पनि सरकारबाहिर रहेका केही दललाई सरकारमा भिœयाएर गठबन्धन थप बलियो बनाउने प्रतिपक्षीलाई खेल्न नदिने रणनीतिअनुसार अगाडि बढ्न खोजेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 599 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने