दैलेख । दैलेखको नौमुले गाउँपालिका स्वास्थ्यकर्मीलाई गाउँपालिका छोड्न धम्की दिएका छन् । नौमुले गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दिपक सुवेदी लगायतका स्वास्थ्यकर्मीलाई गाउँपालिका छोड्न धम्की दिएका हुन् ।
शुक्रवार गाउँपालिका सवारी चालक कुलविर खत्री,गणेश थापा तारमी, र दिनेश चन्दले मदिरा सेवन गरि स्वास्थ्यकर्मीलाई गाउँपालिका छोडन धम्की दिएका हुन् ।
विरामीको हात समातेर उपचार किन नगरेको भन्दै ती तीन जनाले धम्की दिएको डाक्टर सुवेदीले बताए । “कोरानाको त्रासले अत्यावश्यक बाहेक ओपोडि सेवा वन्द गर्न गाउँपालिकाले हामीलाई निर्देशन दिएपछि हामीले त्यही ग-यौं ।’ सुवेदीले भने ‘गाउँमा भारतबाट आएका मानिस धेरै छन् । दुरी कायम गरेर औषधी दिने गरेका थियौं ।’ स्वास्थ्य केन्द्रमा आउँदा फोन गरेर मात्र आउन सुुझाब दिएको छ ।
कोरोनाका कारण छोएर उपचार गर्न सक्ने अवस्थामा नभएको भन्दा तीन जनाले हातपातको प्रयास गर्नुको साथै अभद्र व्यवहार गरेको सुबेदीको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर निराञ्ज पन्तले संक्रमण बेला स्वास्थ्यकर्मीलाई धम्की दिनेलाई पक्राउ गरि कारवाही गर्न अनुरोध गरेको बताए । ‘प्रमुख जिल्ला अधिकारीलाई धक्की दिने तीन जना व्याक्तिलाई पक्राउ गरि कारवाही गर्न माग गरेको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले ढिलो खबर आएकाले भोली नै पक्राउ गर्न आदेश दिएको बताए ।






