चिसोले बस्न नसक्दा दुई दशकदेखि बस्तीमा मानव शुन्य

मुगु । जिल्लाको पुर्विउत्तरी भेगमा पर्ने कार्मारोङ्ग गाउँ पालिकाको १ नम्बर वडामा पर्ने हिमालको खोचमा रहेको एक गाउँ चिसोकोे कारण देखाउदै बसाई सरेपछि गाउँ नै मानव रहित भएको छ ।
वारीपारी ठुलाठुला हिमाल, विच खोल्सामा वस्ती, जहाँ दिनको तिन घण्टा मात्र वस्तीमा घाम लाग्ने हुदा चिसोको कारण देखाउदै २० वर्षदेखि स्थानियले गाउँ छाड्दै गएपछि मुगुको उच्च हिमाली बस्तीमा रहेको एउटा गाउँ डेढ दशक देखी मानव रहित भएको हो ।

कार्मारोङ्ग गाउँपालिकाको १ नं वडा भित्र ७५ घरधुरी रहेको वाङग्री गाउँमा वर्षमा ३ महिना चैत्र, वैशाख,जेठमा मात्र घाम लाग्ने गरे पनि उता हिउँदका दिनमा भने २ घण्टामात्र गाउँमा घाम लाग्ने साथै हिउँ जमिरहने भए पछी गाउमाँ चिसो अत्याधिक हुने हुदा गाउँमा वस्न कठिनाई झेल्नु परेकाले स्थानीय सिङ्गो गाउँवासी नै वस्ती सरेर जुम्लाको चौधविस, भारतको कुल्लुमनाली र केही काठमाडौ तिर वसाई सरेका हुन ।

चौपायलाई वैशाख,जेठ,अषाढ वाहेयक अन्य महिना पाल्न कठिनाई हुने ,मान्छेलाई पनी चिसोले असर पार्दै जाने भएकाले उक्त गाउँमा भिरालो जमिन र खाद्यन्न उत्पादनमा आलु ,फापर वाहेयक केही नहुने हुदा खाद्यन्न जोहो गर्न कठीनााई झेल्दै आएकाले त्यसवाट स्थानिय वासीले सामाना गर्न नसकेपछी वाध्य भएर गाउँ छाडेको स्थानिय वाङग्री वासी गुरु छिरीङ तामाङले जानकारी दिए ।

गाउँलेहरुले जाडो छल्नकै लागी गएको ६० साल वाटै एक,दुई घरधुरी गरेर गाउँ छाड्दै जाँदा हाल आएर गाउँमा स्थानिय बासी शुन्य भएको तामाङले भने । र बढी गाउँबासी जुम्लाको चौधबिस तिर बस्ने गरेको तामाङले बताए ।

उक्त वाङग्री गाउँ जिल्ला सदरमुकामदेखि दुई दिन पैदल यात्रामा पुगीने गाउँ हो । गाउँमा रहेको खेती योग्य जमिन बाँझिदै गएको छ भने घरहरु भत्किदै गईरहेका छन । वसाई सरेर गएपनी स्थानीयहरु चुनावमा मतदान गर्न, जडीवुटी कोर्न, गाउँपालिको वडामा हुने विकास निमार्णको काम सम्पन्न्न गर्न तातो सिजन जेठ महिनामा बस्तीमा एक महिनाका लागी मात्र गाउँले आउने गरेको कार्मारोङ गाउँपालिका अध्यक्ष छिरीङ क्याप्ने लामाले बताए ।

यसै गाउँको वनपाखामा जडीवुटी, तथा खनिज वस्तुको पचुर रुपमा पाईने गर्दछ, साथै वन्यजन्तुको पछिल्लो समयमा वढ्दो चोरी शिकार हुने गरेको बताइएको छ । हाल आएर उक्त गाउँका घर पनि जीर्णवस्थामा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस संसदीय दलको नेता चयनमा सकस