धर्मसिंहको डोको दैनिकी

मुगु । हिउँदको चिसो कठाङ्ग्रिने जाडो होस या तातो सिजनको गर्मी, बनतिर निगालोको खोजी गर्ने घरमा ल्याउने र चोया निकालेर डोको बुन्ने धर्मसिंह विश्वकर्माको दैनिक हो । बुनेका डोकाहरु गाउँ–गाउँमा लैजाने र बेच्ने त्यसबाट भएको आम्दानीले धर्मसिंह जीविका चलाउँछ ।

धर्मसिंह मात्रै नभई निगाले गाउँमा बस्ने अधिकांश दलित घरधुरी निगालोको चोयाबाट बुनिने डोका, छाप्री, थुन्चे सुपा, टोकरी, थुन, रुडीजस्ता सामाग्रीहरु बुन्ने गर्दछन् । तर धर्मसिंह प्रतिनिधि पात्रमात्र हुन् । धर्मसिंहले आफूलगायत आफ्नो पाँच जनाको परिवार निगालोबाट बुनिएका डोको गाउँ–गाउँमा लगेर बेचेर जीविका चलाएको बताए । उनीले डोको बुनेर बेच्ने गरेको करिव एक दशक भयो । आफूले बर्षकै १२ महिनामै डोको बुन्ने र अन्य गाउँमा लगेर बिक्री गर्ने गरेको उनले बताए ।

विश्वकर्माले आफूले बुनेका डोकाहरु कहिल्यै नगदमा बेच्ने त, कहिले बस्तु बिनिमय गर्छन् । धान, कोदो, गहु, जौ काउनीजस्ता अन्नसँग साँट्ने गरेका छन् । साना डोका प्रति गोटा ३ सय ५० रुपैयाँ र ठूलो ५ सयदेखि ६ सय ५० रुपैयाँसम्म बिक्री गर्छन् ।

अन्नमा साट्दा १ डोकोको मूल्य पाँचदेखि ६ पाथी अन्नमा बिक्री गर्ने गरेको उनले सुनाए । डोकोे बुन्ने सिप नै पुर्खेयौलीजस्तै भएको छ उनको । निगालो बनमा पाइएमा ठीकै हुने दुख गरे मिठैफल पाइन्छ उनले भने, ‘निगालो बनमा पाइएमा, घरमा छिटो डोका बुनेमा र बिक्री धेरै भएमा प्रति महिनामा ६ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।

धर्मसिह भन्छन– ‘छायानाथ रारा–३ निगाले गाउँका दलित बस्तीका गाउँबासीलाई कुनै पनि संघ, संस्था, स्थानीय निकाया उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र केन्द्र तथा प्रदेश सरकारले वास्ता गरेको छैन । निगालोबाट बुनिने सिपमुलक आयआर्जन जस्ता कार्यक्रम राखे निगालोबाट बन्ने सामाग्रीलाई प्रबिधिमुलक उत्पादन तथा निमार्णमा जोड दिए धेरै राम्रो हुने बिश्वकर्मा भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार