विश्वकै सबैभन्दा लामो -याप्टिङ प्रतियोगिताको तयारी

दैलेख । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई छुँदै बग्ने कर्णाली नदीमा विश्वको सबैभन्दा लामो अन्तर्राष्ट्रिय ¥याप्टिङ दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको सबैभन्दा लामो ¥याफ्टिङ दौड प्रतियोगिता दैलेखको आठविस नगरपालिकादेखि कैलालीको दौलतघाटसम्म हुन लागेको हो । २ सय ४८ किलोमिटर ¥याप्टिङ दौड प्रतियोगिता द गे्रट कर्णाली क्वेस्टले २०२४ मार्च ८ देखि १३ तारिखसम्म नेपालको सबैभन्दा लामो नदीमा कर्णाली नदीमा हुने भएको हो ।

सधै रोग, भोक, अशिक्षा, अन्धविश्वासले चिनिने कर्णालीमा प्राकृतिक सौन्र्दय, संस्कृतिको प्रचार हुन नसक्दा सोचेजस्तो पर्यटकले कर्णालीमा पाइला टेकेका छैनन् । कर्णाली सुनको शिरानीमा सुतेर नुनको खोजीमा वर्षाैंदेखि भौतारी रहनु नै विडम्बना हो । पृथ्वीको रक्तनली र पाकृतिक उपहार मानिने कर्णाली नदी साहसिक जल पर्यटकका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

कर्णाली नदी ¥याफ्टिङका लागि विश्वको पाँच स्थानमा पर्ने ¥याप्टिङ व्यवसाय बताउँछन् । स्वच्छ, सुन्दर र प्राकृतिले उपहार मानिएको कर्णाली नदी धार्मिक आस्थालाई लिएर बग्छ भने माथिल्लो कर्णालीमा भोटे संस्कृति, मध्यभागमा खस संस्कृति, तल्लो भागमा राउटे, राजी, थारू, सोनाहा संस्कृतिसँग घुलमिल हुन्छ । कैलाश पर्वतको दक्षिणतिरमा मयुरको मुखबाट बग्ने यो नदीलाई (माप्चा खम्बाब) भनिन्छ । धार्मिक आस्था रहेको यो नदी कैलाश हँुदै गंगामा मिसिन्छ ।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसीटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुन हो । प्रतियोगितामा १६ टिमका लागि फेबु्रअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको पनि आयोजकले जनाएको छ ।

कर्णाली नदी धार्मिक आस्था उत्तिकै महत्वपूर्ण छ । कैलाश पर्वतबाट मुहान रहेको यो नदी गंगामा गएर मिसिन्छ । नदी सुन्दरतासँगै सांस्कृतिक र धार्मिक हिसाबले महत्वपूर्ण भएकाले यस नदीलाई विश्व सम्पदामा सूचीकृत गर्न द ग्रेट कर्णाली क्वेस्टले विश्वकै लामो ¥याप्टिङ दौड प्रतियोगिता गर्न लागेको द ग्रेट कर्णाली क्वस्टका अध्यक्ष मेघ आलले बताए ।

‘हामी नदी, खोला भनेकै गिट्टी बालुवा र विद्युतका लागि मात्र हुन भनेर बुझ्छौं तर विकल्प खोज्दैनौं । यो नदीलाई संरक्षण गरेर सम्पदामा सूचीकृत गरे भावी सन्ततिका लागि उपयुक्त हुनेछ । हिन्दू धर्मको आस्था कैलाश, कर्णाली र गंगा हुन् । कैलाशदेखि निस्किने एक मात्र नदी कर्णाली धेरै सभ्यता र संस्कृतिको मुहान पनि हो,’ आलेले भने ।

‘नदी भूगर्भ जैविक विविधता र जलवायुको संग्रहालय हो । ‘यो दुर्लभ नदी हो, जसलाई हामीले विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेछ । जसले विश्वलाई नयाँ सन्देश दिन सक्छ । समृद्धिको द्वारसँगै पर्यटक र कृषि क्षेत्रको पनि द्वार यही नदी हो,’ उनले थपे ।’

विश्वका देशको राफ्ट दौडका लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए । द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्रान्ड, आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने दैलेख आठविस नगरपालिका नगर प्रमुख तर्कबहादुर बडुवालले बताए ।

द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुनेछ भने द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४ सय ५० डलर शुल्क तिर्नुपर्नेछ । द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।

साहसिक जलयात्रा गर्ने यात्रीले विभिन्न सांस्कृति, जंगल र जंगली जनावरको पनि अवलोकन गर्न सक्छ । कर्णाली नदीमा ५०औंपटक ¥याप्टिङ गरेका रिभर गाइड महेन्द्र सारुले विदेशीले मन पराउने नदी कर्णाली भएको बताए । यहाँको सुन्दर स्वच्छ हावापानी, ठाउँठाउँमा ठुला ठुला बिच क्याम्प भएको र सँगै विभिन्न जातजातिको सांस्कृति पनि हेर्न मिल्ने भएकाले विदेशीले यो नदीमा ¥याप्टिङ गर्न धेरै मन पराउने सारुको भनाइ छ ।

नदीको सुन्दरता जोगाइ राख्न तीनै तहका सरकार र नागरिकले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने कर्णाली नदीको जलयात्रामा भेटिएकी अमेरिकन हटसन रिभरकी अध्यक्ष टे«सी ब्राउन बताउँछन् । हामीले हडसन नदीलाई पुरानो लयमा फर्काउन ६० वर्षसम्म लागिरह्यौं । अहिलेसम्म पुरानो लयमा आउन सकेको छैन । नदीसँगै नागरिकको जीवन जोडिएकाले नदीलाई स्वतन्त्र बग्न दिँदा वातावरण बिगिँ्रदैन,’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय ¥याप्टिङ दौड प्रतियोगिताले नदीलाई विश्वमा चिनाउनुका यो नदीमा जलयात्रा गर्ने पर्यटक बढने स्थानीयले गाउँघरमै रोजगारी पाउने आशा गरिएको छ । यसअघि ब्राजिलको एमाइजन नदीमा १ सय ८० किलोमिटर विश्वकै सबैभन्दा लामो -याफ्टिङ रेस भएको थियो । २ सय ४८ किलोमिटर -याप्टिङ दौड प्रतियोगिता सम्पन्न भए नेपालले गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक